अरनीको राजमार्ग सफाई अभियानमा गृहमन्त्री थापादेखि सांसद बस्नेतसम्म झारु लिएर सडकमा



हाम्रो इकोनोमि

 

भक्तपुरमा आजबाट एक महिने अरनीको राजमार्ग सफाई अभियान शुरु गरिएको छ । स्वच्छ, सुरक्षित, शान्ति, तथा अमनचयनलाई स्थापित गर्ने मुख्य उद्देश्यका साथ आजदेखि शूरु गरिएको हो । काठमाडौ र भक्तपुरको सिमानामा रहेको मनोहारा पुलदेखि शुरु भएको उक्त कार्यक्रममा फोहोर फाल्नेलाई २४ घण्टा हिरासातमा राख्ने गरि अभियान शूरु गरिएको हो ।

 

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले समृद्ध नेपाल सुखी नेपाली बनाउन वातावरणलाई प्रदुषण मुक्त बनाउनु पहिलो कार्य भएको बताउनुभयो । उहाँले सफाईसँगै कुलत तथा दुव्यसनिका कारण नेपालमा महिला हिंसा, बलत्कार तथा हत्या हुने मुख्य कारण भएकाले यसको अन्त्य गर्नु अपरिहार्य भएको बताउनुभयो । उहाँले अभियानमा आफ्नो आवश्यकता अनुसार सहभागिता हुने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले विशेष योजनामा शुरु गरिएको उक्त कार्यक्रममा हनुमन्ते नदीको साथमा राजमार्ग समेत सफाई अभियानलाई अघि बढाइएको बताउनुभयो ।

 

सिंगो भक्तपुर जिल्लालाई सफा बनाउने अभियान अन्तर्गत एक महिने अरनिको राजमार्ग सफाई अभियान आजदेखि शुरु भएको अभियानले भक्तपुरको लागि मात्र नभई नेपालको नै उदाहरणिय र मार्गदर्शकको रुपमा हुने बताउनुभयो ।

 

उहाँले फोहोर फाल्नेलाई सजाय दिने कानून नभए सार्वजनिक मुद्धा लगाएर भएपनि कारबाही गर्ने नीति लिएको बताउँदै उहाँले यसबारेमा प्रमुख जिल्ला अधिकारी र प्रहरीसँग छलफल भईसकेको बताउनुभयो । गाडीबाट फोहोर फाल्ने व्यक्ति र चालकलाई समेत कारबाही गरिने बताउदै उहाँले खोला, नदी र सडकमा फोहोर गरे कारबाहीको भागिदार हुनुपर्ने बताउनुभयो ।

 

त्यस्तै प्रतिनिधिसभाका सदस्य प्रेम सुवाल, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राजमार्गमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु समेत हटाउनुपर्ने बताउनुभयो ।

 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले राजमार्गमा मात्र नभई समग्र भक्तपुर जिल्लामा भएका विकृति र विसंगतिको अन्त्य गर्न यो एक महिने अभियान मार्गदर्शकको रुपमा रहने बताउनुभयो । उहाँले अभियानका क्रममा अनुगमनका कार्यहरु पनि हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...