नेकपा नेताको प्रश्न : ‘पार्टी अध्यक्षले जे गरे पनि हुने ?



 

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने?’

 

पूर्वएमाले र माओवादी पार्टीबीच एकता भएको सात महिना बितिसक्दा समेत नेतृत्वले सही गति लिन नसकेको आरोप लगाई उनीहरूले पार्टीको शीर्ष नेतृत्वलाई बुधबार ज्ञापन बुझाउँदै यस्तो असन्तुष्टि पोखेका हुन् ।

 

प्रधानमन्त्रीले वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने, पार्टीको केन्द्रीय कमिटी, स्थायी समिति कतैबाट पनि निर्णय नै गर्नु नपर्ने स्वेच्छाचारी प्रणालीको विकास गर्ने कि कमिटीगत निर्णय गरेर हामीले अभ्यास गर्दै आएको जनवादलाई सम्मृद्ध गर्ने ?’, ज्ञापनपत्रमा भनिएको छ– ‘संसदीय दलमा पनि लोकतान्त्रिक अभ्यास छैन ।

 

नेकपाः केन्द्रीय कमिटी बैठक माग गर्दै ज्ञापनपत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही युवा नेताले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बुधबार पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

 

उनले बिहीबार बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरिएको बताए । बैठक बोलाएर केन्द्रीय कमिटीको कार्यविभाजन गर्नुपर्ने उनको भनाइ छ । ज्ञापनपत्रमा पोटिलब्यूरो गठन, सरकार र पार्टीबीच सम्बन्ध सुधार गर्नुपर्नेलगायतका माग राखिएका छन् ।  नेकपाको सचिवालय बैठक बिहीबार बस्दैछ ।

 

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमको पहिलो चौमासिक समीक्षा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको बैठकको समीक्षापछि सरकारले समग्रमा पूँजीगत खर्च १८ प्रतिशतको हाराहारीमा देखिए पनि सन्तुष्ट हुने आधार नभएकाले सुधार गरेर लैजानुपर्नेमा जोड दिएको छ ।

 

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट तथा नीति कार्यक्रमका सबै लक्ष्य चालु आवभित्रै शत्प्रतिशत पूरा गर्ने ढङ्गले अघि बढ्न बैठकमा सहभागी मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । बजेट तथा नीति कार्यक्रममा भएका कार्यक्रमलाई द्रूतगतिले कार्यान्वयन गर्न तथा प्रथम चौमासिकमा राखिएका लक्ष्य पूरा हुन नसकेका विषयलाई अर्काे चौमासिक समीक्षा अवधिसम्ममा शत्प्रतिशत लक्ष्य प्राप्त गर्नेगरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

 

बैठकमा भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यप्रगतिको समीक्षा भएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो । बैठकमा मन्त्रालयको आन्तरिक तथा अन्तर मन्त्रालयको कार्यप्रगतिको समीक्षाका साथै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा देखिएका समस्याबारे छलफल भएको पनि उहाँले  जानकारी दिनुभयो ।

 

पूँजीगत खर्चमा सन्तोषजनक प्रगति हासिल गर्न नसकेका मन्त्रालयबाट गैरबजेटरीको समेत माग भइआउने गरेकामा औचित्य पु¥याइएका आधारमा मात्रै अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेको जानकारी दिँदै अर्थमनत्री डा खतिवडाले भन्नुभयो, “अप्ठेरो परेको खण्डमा आफ्नै मन्त्रालय मातहतका आयोजनाको बजेट रकमान्तरण गर्न सक्ने सुविधा दिइएको छ ।”

 

निर्धारित समय पालना गर्न आदेश
उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले बुधबार टिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो ।

 

आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ । जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै टिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

 

राजदूत नियुक्तिको मापदण्ड माग्ने निर्णय
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको छ । सरकारले भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदूतमा क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो ।

 

समितिले उनीहरुको संसदीय सुनुवाइ गर्नुअघि राजदूतका योग्यता लगायतका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पछिल्लो समय बनाएको मापदण्ड अध्ययनका लागि सरकारसँग माग गर्ने निर्णय पनि गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

१० किलो चामल किन्न सीडीओको तोक
तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे ।

 

हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष पदम लामाले अर्को सिफरिस बनाइदिए । सिफारिस पत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ ।’ गाउँपालिका अध्यक्षको त्यही सिफारिसपत्र बोकेर कात्तिक ३० मा हुम्ला सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारी सिडिओ कार्यालय पुगे ।

 

सिडियो माधवप्रसाद ढुंगाना बिदामा थिए। त्यसपछि सहायक सिडिओ महेशकुमार पोखरेलको कार्यकक्षमा पुगे । घरमा चामल नभएको र तीन महिनादेखि चामल किन्न नपाएको गोपालको गुनासो र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्षको सिफारिस पढेपछि सहायक सिडिओ पोखरेलले त्यही सिफारिसपत्रको पछाडि तोक–आदेश लगाए। त्यसमा लेखे, ‘श्री ने.खा.संस्थान, १५ केजी चामल दिने ।’

 

सहायक सिडिओको तोक–आदेश बोकेर नेपाल खाद्य संस्थानको हुम्लास्थित कार्यालय पुगेका गोपालले १५ किलो चामल पाए । त्यो भने गाउँपालिका अध्यक्ष लामाले सिफारिसमा भनेजस्तो सहयोग थिएन । गोपालले नगद नै तिरेर १५ किलो चामल खरिद गरे । ‘गरिब भए पनि सित्तैमा चामल त कसले दिन्छ ? त्यही पनि तीन महिनादेखि किन्न पाएको थिइनँ । सिडिओसा’पले तोक लगाइदिएपछि किन्न पाएँ,’ गोपालले खुसी हुँदै भने ।, नयाँ पत्रिकामा खबर छ ।

 

मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषामा कार्यरत प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सहायक हवल्दार गिरीले रु ११ हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो ।

 

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरी बुधबार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरण, सखुवा वितरण केन्द्र जनकपुरमा कार्यरत फोरमेन विमलदेवी शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगसहित विशेष अदातमा मुद्दा दायर गरेको छ ।

 

माओवादीका पूर्व लडाकूले गृहमन्त्रीकै अगाडि गरे विष सेवन
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भएका एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि विष सेवन गरेका छन् । बुधवार गृहमन्त्री थापालाई भेट्न गृह मन्त्रालय पुगेका कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् । गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए ।

 

भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरियो । गृह मन्त्रालय स्रोतका अनुसार भट्टराई बाहिरबाटै पनि विष पिएर गृह मन्त्रालय पुगेका थिए । उनले गृहमन्त्रीसँग भेट्ने समय पाएर कुरा गर्दा पनि स्पष्टसँग बोल्न सकेका थिएनन् ।

 

गृहमन्त्रीसँग भेटेको करिब २ मिनटमै उनले सोफामा बसेकै बेला विष सेवन गरेका स्रोतले बतायो । वीर अस्पताल स्रोतका अनुसार भट्टराईले साइपरमेथ्रिन नामक विष सेवन गरेका छन् । उनको अहिले उपचार भइरहेको छ ।

 

 

काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव
अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्ने महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ ।

 

 

महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ भने १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ । समाजका अध्यक्ष एनबी गुरुङले पछिल्लो समय विकास भएका विभिन्न प्रविधि तथा कला कौशलको यस क्षेत्रमा भइरहेको प्रयोगलाई अन्तर्राष्ट्रिय तहका कलाकारबाट अनुभव आदान प्रदान गर्न महोत्सवले सहयोग गर्ने जानकारी दिए ।

 

 

तीस तोला सुनका गहना चोर्ने पक्राउ 
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो ।

 

घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

संसदीय दलको हरेक बैठक केही नेताको भाषण सुनाएर समापन गर्ने गरिएको छ । कुनै छलफल, समीक्षा वा आलोचना नै हुन नदिएपछि कसरी गल्ती–कमजोरी पत्ता लाग्छन् ? कसरी सुधार हुन्छ ?’ पार्टी महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापनपत्रमा एकीकरण, सरकारसँगको सम्बन्ध, केन्द्रीय समितिको बैठक, प्रधानमन्त्रीको कार्यशैलीलगायतका विषय केन्द्रित गरेर ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य ठाकुर गैरेले पुष्टि गरे ।,

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल