सचिवलाई गार्ड राखेर ओलीले मन्त्रीहरूको परीक्षा लिएपछि सिंहदरबारमा हंगामा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि समीक्षा शुरू भएको छ ।

 

प्रधानमन्त्री ओलीले मन्त्रीको परीक्षा लिने भनेर चर्चा चलेझै बुधवार मन्त्रीको प्रगति विवरण मागेका छन् । तर मन्त्रालयका सचिवकै सामुन्ने मन्त्रीलाई अपमानित गर्दै प्रधानमन्त्री ओलीले परीक्षा लिएपछि मन्त्रीहरू असन्तुष्ट बनेका छन् ।

 

ओलीको यस्तो कार्यशैलीबाट आक्रोशित मन्त्रीहरूका कारण सिंहदरबारमा हंगामा मच्चिएको छ । सचिवसामु मन्त्री हेपिएपछि सिंहदरबारभित्र सरकारी कर्मचारीले मन्त्रीलाई टेर्न छाडेको गुनासो गरिएको छ । मन्त्रीको निर्देशन अनुसार सचिवले काम नगरेपछि प्रभावकारी काम हुने कल्पना समेत गर्न सकिँदैन ।

 

मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलासुस्ती स्वीकार्य नभएको बताए । बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठनको नौ महिनासम्म पनि पुरानै बानी नहटेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

 

‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ?’ मन्त्री तथा सचिवहरू उपस्थित बैठकमा उनले भने ।

 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाटै ढिलासुस्ती भएको भए पनि भन्न आग्रह गरे । ‘ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ,’ उनले भनेका छन्, ‘तर अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य छैन ।’

 

विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ भनेर उन्कन नपाउने उनले बताए । ‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै निजी सचिवालयले भनेको छ, ‘आफ्ना कमजोरीहरुलाई तर्कको लेपनले टाल्न नखोज्नुहोस् भन्नुभएको छ ।’

 

प्रधानमन्त्री ओलीले कार्यप्रगति सुधार गर्न निर्देशन दिएपनि उनको प्रस्तुतीले मन्त्रालयको कामकारवाही झनै प्रभावित हुने देखिएको छ । सचिवकै सामु मन्त्रीहरू अपमानित भएपछि भोलिदेखि मन्त्रालयमा मन्त्री र सचिवको द्वन्द्व झनै बढ्ने देखिएको छ ।

 

बैठकमा भौतिक पूर्वाधार, सूचना प्रविधि, उर्जा, कृषि, उद्योग मन्त्रालय र पुननिर्माण प्राधिकरणका सचिवले आ–आफ्नो चौमासिक प्रगति विवरण पेश गरेका थिए ।

 

प्रधानमन्त्रीसँगको छलफलपछि एक मन्त्रीको सचिवालयका सदस्यले भने, ‘यो त प्रधानमन्त्रीज्यूबाट सचिवलाई गार्ड राखेर मन्त्रीको परीक्षा लिएजस्तै भयो । यस्तो गरेपछि सचिवले मन्त्रीलाई कसरी टेर्छन् ?’ प्रधानमन्त्री ओलीको व्यवहारले सचिवहरूले अपमानजनक शैली अपनाएको महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...