प्रचण्ड निवासमा कान्छी बुहारी विनाले गरिन् जेठी बुहारी सृजनाको अपमान !



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक मात्र पुत्र प्रकाश दाहालको सोमबार निधन भएको एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार स्मृति सभाको आयोजना गरिएको थियो । सो स्मृतिसभामा प्रकाशको निधन ताजा भएर आउँदा सबैको आँखा रसाएको थियो भने दाहाल परिवार अझै शोकमा डुबेको थियो ।

 

स्वर्गीय प्रकाशका बुवा प्रचण्ड आमा सीता, दिदी रेण, श्रीमतीद्वय सृजना र विनाको आँखाबाट आँशु बगिरहेको देखिन्थ्यो । तर, सबैमा शोकको पीडा त छँदै थियो, त्यसमाथि सृजनाले झनै बेसी पीडा सहनु परेको खुल्न आएको छ ।

 

प्रकाशको प्रथम पुण्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा प्रचण्डकी बुहारी प्रकाश पत्नी खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले अर्की प्रचण्डकी बुहारी तथा प्रकाश पत्नी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ । बिनाले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो ।

 

प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मारिकामा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्रै नाम राखिएको, तर सृजनाको नाम उल्लेख नगरिएको बताइएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।

 

साथै सोमबार प्रचण्ड निवासमा भएको स्मृतिसभाको मञ्चमा बसेकी सृजनामाथि विनाले अपमान गरेको आरोप लागेको छ । आफू भन्दा पछाडी बसेकी सृजनालाई विनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भनेर प्रश्न गरेको चर्चा भएको छ । ‘मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए ।

 

त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए । सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ ।

 

बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन्’ अनलाइनखबरले समाचार प्रकाशित गरेको छ । सृजना पट्टीको छोरा प्रचण्ड निवासमै बस्छन् भने सृजना छुट्टै बस्दै आएकी छन् । सोमबारको स्मृतिसभामा पनि उनलाई आमन्त्रण नगरिएको पनि बताइएको छ ।

 

यद्यपी यसबारे हालसम्म दाहाल परिवारबाट कुनै प्रतिक्रिया आएको छैन । सृजनाले यसबारे बोल्न नचाहेको बताइएको छ भने विनाले पनि कुनै प्रतिक्रिया दिएकी छैनन् ।

रुपन्देहीमा कार र मोटरसाइकल ठोक्कियो, २ जनाको मृत्यु प्रकाश आचार्य

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बुधवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

 

सैनामैनाको मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बर कार पूर्वपश्चिम राजमार्गअन्तर्गत सोरौंलीमा विपरीत दिशाबाट आउँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको इलाका प्रहरी कार्यालय रन्यौंराले जनाएको छ ।

 

उनीहरूको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका वडा नं. ८ बस्ने तिलक सुनार रहेको प्रहरीले जानकारी दिएको छ । अर्का एकको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले

    नेकपा (एमाले) ले सरकारद्वारा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’ बाट...

पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा प्रश्न उठ्यो : नारायणकाजी

  नेकपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको...