श्रीमानलाई त्रिशुलीमा कसले डुबायो मतलब छैन, तर १८ करोडको गाडीको यति धेरै महत्व ? आखिर किन



 

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले देशको ढुकुटी रित्याएको भन्दै वृद्ध भत्ता बढाउन नसकेको अभिव्यक्ति दिए। आफू समृद्ध नेपाल बनाउन आएको भन्दै तत्काल वृद्ध भत्ता नबढाउने तथा राज्यको ढुकुटी बढाउने घोषणा गरे।

 

तर, कांग्रेसलाई ढुकुटी रित्याएको आरोप लगाउने ओली नै कम्युनिस्ट सिद्धान्त नै लत्याउँदै राज्यको ढुकुटीबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको गाडी किनिदिँदैछन्। आइतबार अन्नपूर्ण पोस्टले यसबारे विस्तृत समाचार प्रकाशित यो विषय सार्वजनिक भएको हो।

 

ओलीले गुपचुप राष्ट्रपतिलाई १८ करोडको गाडी किनिदिँदै थिए। कुनै बेला राष्ट्रपति भण्डारीका पति मदन भण्डारी साइकल चढेर जनताको मनमा बस्न सफल भएका थिए। तर विद्या भने त्यसको ठिक विपरित विलासितातिर लम्किरहेकी छिन्। उनको चाहनालाई पूरा गर्न लागेका छन प्रधानमन्त्री ओली।

 

ओलीले सरकारले प्रक्रिया पुर्याएर सेनामार्फत राष्ट्रपति भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गरिदिन लागेको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ।

 

गाडी किन्ने प्रक्रिया २०७४ सालमै अघि बढेपनि कांग्रेसबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए। विलासी गाडी किन्न रोकेर ढुकुटी जोगाउने देउवा नेतृत्वको कांग्रेसलाई ओलीले ढुकुटी रितयाएको आरोप लगाएको थियो। तर अहिले आफै ढुकुटी रित्याउने खेलमा ओली सरकार लागेको छ।

 

स्रोतका अनुसार गाडी खरिदका लागि अर्थ मन्त्रालयबाट १८ करोड रुपैयाँ निकासा समेत भइसकेको छ। देउवाले यसरी रोकेका थिए:

 

२०७४ असार २६ को व्यवस्थापिका संसद्मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीका लागि १६ करोडको गाडी किन्ने कुनै प्रस्ताव नआएको दाबी गरेका थिए। विलासी गाडीबारे चर्को आलोचना हुँदा तत्कालीन प्रधानमन्त्री देउवाले जवाफ दिएका थिए।

 

रास्ट्रपति ज्यु, तपाइँ येति साधारण परिवारको मान्छे, कहाबाट आयो १८ करोडको गाडीको सोख ?
रास्ट्रपति ज्यु, गरिब जनताको करले १८ करोडको गाडि चढ्दा तपाइलाइ स्वर्गीय मदन भण्डारीको आत्माले नसराप्ला ? रास्ट्रपति ज्यु, तपाइँ येति साधारण परिवारको मान्छे, कहाबाट आयो १८ करोडको गाडीको सोख ? कसरि तपाइँ जनताको करको रकम माथि राज गर्ने सोच्न सक्नु भयो ?

 

गरिबीको रेखामुनि बसेका जनतालाई समेत असर पर्ने गरि कर उठाएर त्यो उठेको करबाट तपाइँ १८ करोडको गाडी चढ्छु भन्दा तपाईलाई अलिकति लाज टा पक्का लाग्न पर्ने हो रास्ट्रपति ज्यु !! देशमा येत्रो अराजकता हुदा, महिला हिंशा हुदा , बलात्कार हुदा छु नबोल्ने हजुरले किन १८ करोडको गाडी चढ्न परेको ?

 

जे होस्, तपाइको बिगतका केहि फोटो हरु इन्टरनेट मा हेरियो , ति फोटो देख्दा तपाइँ निकै साधारण किसिमको मान्छे लागेको थियो तर सोचे भन्दा बिल्कुलै उल्टो नतिजा पाइयो

तपाइको जीवन शैली त अति साधारण थियो नि ? मदन भण्डारीको मृत्यु पछी आज येतिका वर्ष पछी कहाबाट आयो हजुरमा १८ करोडको गाडी चढ्ने सोख ?

 

तपाईलाई थाहै होला , आजभोली कम्युनिस्ट सरकारले लगाएको करले जनताको ढाड सकिएको छ, दुख गरेर कमाको अलिअलि पैसा कर तिर्दै आधा जान्छ, अनि त्यो उठेको करबाट तपाई १८ करोडको गाडी चाड्चु भन्न तपाइलाइ तपाइको नैतिकताले कसरि दियो ?

 

गरिब देशको एक महिला रास्ट्रपति भएर तपाइबाट जनताले आशा येस्तै गरेका हो त ? ??
निर्मलाको बलात्कार भएको ११५ दिन पुग्यो , बलात्कारी अझै सज्जाए बात मुक्त छ , हजुरले आज सम्म एक शब्द निर्मलाको न्यायका लागि बोल्नु भाको छ ? केहि पहल गर्नुभाको छ ? खै कानुन ? खै सजाए ?

अनि जनतालाई दिन रात रुवाएर हजुरलाई १८ क्करोडाखो गाडीमा सरर हिड्दा रमाइलो लाग्छ होला है रास्ट्रपति ज्यु ??

 

जनताले सोच्दै छन् अब त, कतै मदन भण्डारी लाइ मारेर १८ करोडको गाडी चढ्ने सोख राख्नु भएको त हैन ? जनता बाटो बाटो मा भोकै छन् , युवाहरु रोजगारी नपाएर विदेशिने क्रम बडेको छ , राज्य संग बिकासमा लगानी गर्ने अर्थतन्त्र छैन अनि हजुरलाई चाइ गरिब मुलुकको रास्ट्रपति भएर १८ करोड कै गाडी चड्न पर्ने ??

 

तपाइको नैतिकतालाई कसले मान्छा र खै ??

आज सम्म नेपालमा २ जना रास्ट्र पति भए , हजुरलाई मन पराउने जनता एकदम न्युन छन् । उही केपी ओली बा, र अन्य सिमित मान्छे ले होलान हजुरलाई मन पराउने नत्र जनताले रास्ट्रपति ज्यु माथि आक्रामक भएर बोलेका करोडौ कुराहरु सामाजिक संजालमा यत्रतत्र छन् ।।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी