हजार किलोको फर्सी फलाएर एक किसानले राखे किर्तिमान



हाम्रो इकोनोमि

 

अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको छ ।

यो फर्सी विश्वमा अहिलेसम्मकै फलेको दोश्रो ठूलो फर्सी बनेको छ ।

४४ औँ World Champoinship Pumpkin Weigh-Off मा प्रदर्शित उक्त फर्सी जोएल होल्लार्ड नामक किसानले फलाएका हुन् ।

फर्सी प्रतियोगितामा उनको यो सातौँ जित हो ।

यो फर्सी फलाउने किसानले २३६३ पाउण्ड तौलको फर्सीको प्रति पाउण्ड तौल बराबर ७ अमेरिकी डलरका हिसाबले १६५४१ डलर पुरस्कार पाए ।

विश्वमा अहिलेसम्म फलेको सबैभन्दा वजनदार फर्सी चाहीँ बेल्जियमको हो ।

बेल्जियमका किसान माथाइस विलेमिज्नसले गत वर्ष ११९० किलो तौलको फर्सी फलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...