पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला



हाम्रो इकोनोमि

 

पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् । जिल्लामा करीब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन् ।

विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइन्छ । सङ्ख्यागत हिसाबले खुल्नेको सङ्ख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधार रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...