काठमाडौंमा रिभल्बरसहित २ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार छन् ।

 

उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।

 

उनीहरु सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको वोगटीले जानकारी दिए ।

 

भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए ।

 

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध र हातहतियार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...