नवलपुर ३ स्थानमा सवारी दुर्घटना, १ को मृत्यु, ३ जना गम्भीर



हाम्रो इकोनोमि

 

नवलपुरको गैंडाकोटमा गएराति भएको छुट्टा–छुट्टै ३ सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोटको खत्रिफिडनजिकै दुई अटो एक आपसमा ठक्कर खाँदा लमजुङ घर भएकी लुरी सार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा गएराति १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, गैंडाकोटले जनाएको छ ।

 

त्यसैगरी, गैंडाकोटकै सडक दस्तुर लिने ढाटनजिकै एच आर ३८ यु ९७८१ नम्बरको भारतीय कन्टेनरले ना ३ च ८४१५ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य ३ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यता कावासोती नगरपालिका–१५, बरौली टोलस्थित भित्री सडक खण्डमा लु ४० प २३३३ को मोटरसाइल र विपरीत दिशाबाट आइरहेको ना २३ प ७८७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना गम्भीर घाइते भएका छन् ।

 

घाइते हुनेहरुमा कावासोती १२ का राजु गुरौ, कावासोती–१४ का समिल थापा मगर र सोही स्थानका वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...