हिरासत भित्रै प्रहरीको यातना, गोली हानेर मार्ने धम्की



हाम्रो इकोनोमि

 

जिल्ला प्रहरी कार्यालय बाजुरामा हिरासतमा राखिएका व्यक्तिहरुलाई यातना दिन थालेको खुलासा भएको छ । प्रहरीले विभिन्न उजुरीबाट पक्राउ परेकाहरुलाई प्रहरीले बन्दी रुपमा यातना दिन थालेको हिरासतमा रहेका एक व्यक्तिले  बताएका छन् ।

उनले आफु जे उजुरीमा पक्राउ  गरेका भएपनि हिरासतमा  विभिन्न खालका अपशव्द बोल्दै प्रहरी नायव उपरिक्षक (डिस्पी) उद्धवसिंह भाटले यातना दिने गरेको नाम नबताउने सर्तमा बताए ।  हिरासतमा रहेका करिव २० भन्दा बढी रहेको पाइएको छ ।

 

हिरासतमा रहेका बन्दीहरुलाई विभिन्न नेताहरुको फोन गराउने नाम समेत केही नेताको मिल्न गएका अरुको अपमान गर्ने भन्दै कुटपिट गर्ने र कुटपिट गरेको कसैलाई भने गोली हानेर मार्ने प्रहरी प्रमुखले धम्की दिने गरेको आइतबार मात्र जिल्ला अदालत बाजुराबाट धरौटीमा छुटछेका बडीमालिका नगरपालिका–८ का पदम राववले दु:खेसो गरेका छन् ।

 

 

उनले गएको भदौमा तिजमा झगडामा आरोप लगाइए पक्राउ भएको थिए । तर जिल्ला अदालत बाजुराले मलाई आइतबार धरौटीमा छोडे पनि डिएसपी सावले प्रहरी कार्यालयको मुद्धा फाँटमा हस्ताक्षर गर्नु पर्छ भन्दै बोलाएर गाली गलौज र गोली हान्दै मार्ने धम्की दिएको रावलको भनाई रहेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय बाजुरामा आएका हिरासतका बन्दीहरुले विहान बेलुका प्रहरी प्रमुखले एक एकगरी बोलाउदै आफ्नै कार्यकक्ष अगाडी लाठीले कुटपिट गर्ने र कसैलाई भने गोली हान्ने मन्त्रालयको आदेश छ ,भन्दै हिरासतमा फर्काउने गरेको हिरासतका रहेका बन्दीहरुले गुनासो गरेका छन् ।

 

 

हिरासतमा भएका बन्दीहरुलाई विभिन्न कसुरको मुद्धा लागेर पक्राउ भएपनि कुटपिट गर्न नपाईने भएपनि प्रहरी प्रमुखले भने यातना दिदै आएको बताइएको छ ।

 

 

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं  भाटले हिरासतमा रहेका कुनै पनि बन्दीहरुलाई कुटपिट र यातना नदिएको बताए  । आफुलाई फसाउने पुर्वाग्रही रुपमा कुटपिट गरेको आरोप गलत भएको बताएका छन् । विभिन्न उजुरीमा पक्राउ गरिएका व्यक्तिका विषयमा पार्टी समेतको दवाव आउन गरेको प्रहरी प्रमुख भाटले बताए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...