पत्नी विना मगरले भनिन तिम्रो तस्वीर देखाउँदै छोराले बुवा भन्छ अनि तस्वीरमा म्वाइँ खान्छ



 

नेपाली राजनीतिको केन्द्रमा रहने नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका अभिन्न सदस्य थिए साकार दाहाल ‘प्रकाश’ । गत वर्ष मंसिर ३ गते प्रकाशको निधन भएपछि प्रचण्ड पुत्रशोकमा परे ।

 

प्रचण्ड परिवारमाथि बज्रपात भएको १ वर्ष पुगेको दिन सोमवार स्व. प्रकाशको प्रथम स्मृति दिवसमा कार्यक्रमको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम अवधीभर आमा सीता दाहाल रोइरहेकी थिइन् । दाहाल परिवारका सबै सदस्य भावुक देखिएका थिए ।

 

प्रकाशको निधनले कञ्चनपुरको निर्वाचन क्षेत्रमा चुनावी अभियानमा रहेकी नेतृ बिना मगरलाई पतिशोक पर्यो । मतदान हुनुभन्दा केही दिनअघि भएको दुःखद घटनाले विना मगर विक्षिप्त भइन् । परिवारमा सबैभन्दा निकट रहेकी पत्नी विना मगरको सम्झनामा मात्रै छन् अहिले प्रकाश ।

 

सगरमाथा आरोहणका क्रममा प्रकाश र विना मगरको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो । त्यसपछि अनेक विवादबीच विना दम्पत्तिले सहज जीवनयापन शुरू गरिसकेका थिए, प्रचण्डलाई राजनीतिक यात्रामा सघाइरहेका थिए ।

 

 

प्रकाशको निधन हुनुअघि विना दम्पत्तिसँग सपना थिए । बिना मगर संसदीय राजनीतिमा स्थापित हुन संघर्ष गरिरहेकी थिइन् । तर विना मगरसँग पति प्रकाश थिए । पति प्रकाशको निधन लगत्तै भएको निर्वाचनबाट विना मगर प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । त्यसपछि संघीय सरकारमा खानेपानी मन्त्री बनिन् । तर अहिले विना मगरसँग पति प्रकाश छैनन् ।

 

 

प्रकाशलाई सम्झिँदै खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मा सम्हालेकी धर्मपत्नी विना मगर भन्छिन्, ‘प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै ।

 

 

नेतृत्वलाई सिध्याउन गरिएका लाखौं प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै । यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला ।

 

तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।

 

प्रकाश दाहालको स्मृतिमा प्रकाशित स्मारिकामा बिनाले लेखेकी छिन्,‘…प्रकाश तिमिले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षत्हरु बिते । १२ महिनाले पालो फेर्‍यो ।मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर ।’

 

उनी लेख्छिन्,‘…अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुवा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बावुको बुवा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।’

दिवंगत छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड,  रोईन सिता

छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्षसमेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे ।

 

उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् ।

 

प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए । कार्यक्रमको सुरुदेखि नै प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल देखिन्थिन् । मन्चमा बसेको बेला सीतालाई छोरीहरुले सम्हालेका थिए ।

 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

 

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

 

प्रचण्डको एकमात्र छोरा प्रकाशको गत वर्ष आजकै दिन निधन भएको थियो । त्यसको एक वर्षअघि प्रचण्डकी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल