शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड



 

काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।

काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो ।

उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रशन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले बताउनुभयो ।

काठमाडौँबाट करीब १६ किलोमिटरको दूरीमा रहेको सो मन्दिर हाल दक्षिणकाली नगरपालिकामा पर्दछ । काठमाडौँ उपत्यकाको चार नारायणमध्ये शेषनारायणलाई प्रसिद्ध धार्मिक स्थलकारुपमा लिइएको छ । शेषनारायणको उत्पत्तिका कारण यही नै हो भन्नेबारे प्रष्टता छैन, यसको महत्वबारे विभिन्न किंवदन्ती पाइन्छ । शीतल अनि शान्त वातावरणमा रहेको उक्त मन्दिरलाई बौद्ध धर्मावलम्बीले पनि सम्मान प्रकट गर्दै विशेष महत्वका साथ दर्शन गर्ने गरेका छन् ।

बिहानैदेखि भीड लागेको मन्दिर सर्वसाधारणको दर्शनका लागि साँझसम्म खुल्ने आयोजकले जनाएको छ । हिन्दू धर्मावलम्बीले हरिशयनी एकादशीका दिन रोपेको तुलसीको पूजासमेत आजको दिनमा गर्ने चलन छ । अन्य नारायणका मन्दिरमा पनि आजको दिनमा धार्मिक गतिविधि तथा चहलपहल हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने

गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा

    झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष

नेपाललाई असफल देश बनाउन खोजिएको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै

न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद

    काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ