शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड



हाम्रो इकोनोमि

 

काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।

काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो ।

उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रशन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले बताउनुभयो ।

काठमाडौँबाट करीब १६ किलोमिटरको दूरीमा रहेको सो मन्दिर हाल दक्षिणकाली नगरपालिकामा पर्दछ । काठमाडौँ उपत्यकाको चार नारायणमध्ये शेषनारायणलाई प्रसिद्ध धार्मिक स्थलकारुपमा लिइएको छ । शेषनारायणको उत्पत्तिका कारण यही नै हो भन्नेबारे प्रष्टता छैन, यसको महत्वबारे विभिन्न किंवदन्ती पाइन्छ । शीतल अनि शान्त वातावरणमा रहेको उक्त मन्दिरलाई बौद्ध धर्मावलम्बीले पनि सम्मान प्रकट गर्दै विशेष महत्वका साथ दर्शन गर्ने गरेका छन् ।

बिहानैदेखि भीड लागेको मन्दिर सर्वसाधारणको दर्शनका लागि साँझसम्म खुल्ने आयोजकले जनाएको छ । हिन्दू धर्मावलम्बीले हरिशयनी एकादशीका दिन रोपेको तुलसीको पूजासमेत आजको दिनमा गर्ने चलन छ । अन्य नारायणका मन्दिरमा पनि आजको दिनमा धार्मिक गतिविधि तथा चहलपहल हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...