ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र



 

तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ ।

ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताउनुभयो ।

पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ड्रागन हीरा एण्ड नमिता जेभीले रु चार करोड सात लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुलको हालसम्म दुवैतर्फको पिल्लरमात्र उठेको छ । सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर कर्ण केसीले पुल निर्माण कार्य सञ्चालन गर्नका लागि निर्माण व्यवसायीलाई म्याद थपका लागि पत्राचार गरिएको जानकारी दिनुभयो ।

उहाँले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गरेपछि मात्र जरिवाना तिराएर म्याद थप गर्ने वा कालोसूचीमा राखेर पुनःबोलपत्र आह्वान गर्ने प्रक्रिया शुरु हुने जानकारी दिनुभयो ।

ढिलाइप्रति सांसदको चासो

यसैबीच पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गर्नुभएको छ ।
सांसद सिग्देलले पुलको निरीक्षण गर्दै विकासमा निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने र उक्त पुल प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले बजेट अभाव नहुने आश्वासनसमेत दिनुभयो ।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले निर्माण व्यवसायीको केही कमजोरीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्दै अब धमाधम काम शुरु हुने बताउनुभयो ।
उहाँले वर्षा अगाडि नै पुलको ढलान गरिसक्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ

गणतन्त्रविरोधी हर्कतलाई हामीले सामूहिकरूपमा जवाफ दिन जरुरी : कावा प्रधानमन्त्री खड्का

    कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक

कांग्रेस प्रचण्डपथको भरिया बनेको छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि