सेनापति थापाज्यू, सेनाको खरिदमा भएको अनियमितता टुलुटुलु हेर्ने कि कारबाही गर्ने ?



 

 

नेपाली सेनाका हरेक प्रधानसेनापति पदबहाली गर्दा भ्रष्टाचार अन्त्य गर्ने डिङ हाँक्छन् । तर पदबाट अवकाश हुने बेलामा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्दै बदनाम भएर बिदा हुने गर्दछन् । राजेन्द्र क्षेत्रीले पनि पद सम्हाल्दा भ्रष्टाचार नियन्त्रणदेखि सुधारका ठूलै ठेली प्रस्तुत गरेका थिए, तर अवकाश हुने बेलामा उनी भ्रष्टाचारका कारण यसअघिका सेनापति भन्दा बदनामीको भारी बोकेर गए ।

 

त्यसअघिका गौरबशमशेर राणा, छत्रमानसिंह गुरुङ, रुक्मांगद कटवाल सबै बिदा हुने बेलामा अनियमिततामा मुछिन पुगे । धेरथोर अलग कुरा हो । तर प्रायः हरेक सेनापति अवकाश हुने बेलामा अनियमिततामा मुछिएका छन् । सेनाभित्र ठूलो भ्रष्टाचार हुने गरेको कुरा जगजाहेर बिषय हो ।

 

सेनामा सार्वजनिक खरिद ऐन नियम लागू हँुदैन, हुन सकेको छैन । टेण्डर सूचना निकालेपछि सेटिङ नभएका ठेकेदार टेण्डर फारम लिन जंगीअड्डाभित्र प्रवेश नै गर्नसक्दैनन् । जुन ठेकेदारसँग सम्भाररथीका हाकिमहरुको सेटिङ हुन्छ उसैले टेण्डर फर्म किन्नसक्छ । सेनाको खरिद पारदर्शी गर्न २०४६ देखि २०७२ को संघीय गणतान्त्रिक सरकारले समेत सकेका छैनन् ।

 

वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता ब्यक्त गरेको एक महिना नबित्दै ३५ हजार थान वेभ इक्युपेमन्ट ब्याग खरिदमा घोटाला भएको छ । वेभ इक्युमेन्ट ब्याग (गोलीगट्ठा, रासन र पानी बोक्ने) खरिदका क्रममा सबैभन्दा कम दरमा टेण्डर हाल्ने कम्पनीलाई नदिई बढी दर पेश गर्ने न्यू क्रियसनलाई ठेक्का दिइएको छ ।

 

 

बढी दरमा टेण्डर हाल्ने न्यू क्रियसनले मापदण्ड अनुसारको ब्याग नदिई पानी छिर्ने गुणस्तरहीन ब्याग सेनालाई बुझाउने तयारी गरेको छ । जबकि सैनिकका लागि रासन र कपडासमेत बोक्नुपर्ने भएकाले वाटरप्रुफ वेभ इक्युपमेन्ट ब्याग आवश्यक भएर टेण्डर गरेको हो । सार्वजनिक खरिद ऐन नियम अनुसार कम दरमा प्रस्ताव हाल्ने कम्पनीलाई ठेक्का दिनुपर्छ । तर सेनाले सार्वजनिक खरिद ऐन नियम मिचेर बढी कबोल गर्ने न्यू क्रियसनलाई ठेक्का दिएको छ ।

 

प्रधानसेनापति थापाले बढी दरमा हाल्ने कम्पनीलाई दिएको टेण्डरका बारेमा चासो राखेर छानबिन गर्ने अपेक्षा गरिएको छ । उसनले उक्त ठेक्का रद्द गर्ने वा कम दरमा हालेकोलाई दिनेतर्फ पाइला चाले उनले भ्रष्टाचारविरुद्ध सून्य सहनशीलता अपनाएको कुरा पृुष्टी हुनेछ । अन्यथा उनको भनाइ एउटा गराई राजेन्द्र क्षेत्रीकै जस्तो रहेछ भन्ने सन्देश जानेछ । अरबौं अरबको खरिद हुने सेनामा वेभ इक्युपेमन्टको ठेक्का जम्मा १२ करोड बराबरको हो ।

 

तर रकम सानो भए पनि कम दरमा हाल्नेलाई नदिई बढी दरमा बोलपत्र हाल्नेलाई दिनुले भ्रष्टाचार नियन्त्रण गर्ने सेनापतिको कटिबद्धता अनुसार खरिदमा पारदर्शीता नभएको पुष्टी हुनेछ । न्यू क्रियसनका संचालक बिजय श्रेष्ठको पूर्वसेनापति राजेन्द्र क्षेत्रीको निवासमा सामान आपूर्ति गर्दागर्दै सेनामा पहुँच स्थापित भएको हो । त्यहीकारण उनले वेभ इक्युपमेन्ट ब्यागको टेण्डर पाएका हुन् ।

 

बढी दरमा टेण्डर हाले पनि सेटिङमा ठेक्का पाएका उनले गुृणस्तरहीन ब्याग चीनबाट उत्पादन गरी ल्याइसकेका छन् । पानीजति सबै झोलाभित्र छिर्ने ब्याग उनले बुझाउने तयारी गरेका छन् । सेनाका लागि वाटरप्रुफ वेभ इक्युपमेन्ट ब्याग हुनुपर्छ । ठेक्का सम्झौतामा वाटर प्रुफ ब्याग नै उल्लेख छ । तर न्यू क्रियसनले चीनबाट ल्याएर सेनालाई बुझाउन लागेको ब्याग वाटर प्रुफ नभएको स्रोतले बताएको छ ।

 

स्रोतका अनुसार ब्यागको बारेमा केही थाहा नभएका श्रेष्ठ देखावटी ठेकेदार मात्र हुन् । वेभ इक्युपेमन्ट ब्यागका वास्तविक ठेकेदार पिताम्बर मुन्का हुन् । गतबर्ष मुन्काले नै ३५ हजार थान वेभ इक्युपमेन्ट ब्याग सेनालाई बुझाएका थिए । मुन्काले समयमा सामान बुझाएनन्, बुझाएको पनि गुणस्तरहीन भएपछि भुक्तानी रोकिएको थियो । तर तत्कालीन संभाररथीका प्रमुख पूर्ण सिलवाल मिलाएर मुन्काले भुक्तानी लिएका थिए । यो बर्ष न्यू क्रियसनका बिजय श्रेष्ठले राजेन्द्र क्षेत्रीसँगको पहुँचका कारण वेभ इक्युपमेन्ट ब्यागको ठेक्का पाएका छन् ।

 

बिजय श्रेष्ठ बाहिर देखिए पनि यो ठेक्कामा पिताम्बर मुन्का नै वास्तविक ठेकेदार भएको अनुमान सेनाभित्र गरिएको छ । ब्याग उत्पादन गर्ने उद्योगमा सेनाको सम्भाररथीबाटै प्रमुख सेनानी, महासेनानी, सहायकरथी, उपरथीसहितको टोली जाने गथ्र्यो । मुन्काले कटन सर्ट लगायतको सामानको ठेक्का पाउँदा तत्कालीन सम्भाररथी विभाग प्रमुख(हालका प्रधानसेनापति) पूर्णचन्द्र थापालाई नै लगेका थिए ।

 

तर अहिले सम्भाररथीको टोली ब्याग उत्पादन स्थलमा नलगी कालिकास्थानमा रहेको सेनाको बहुब्यवसायी उद्योग मेजर राजकुमार लामाको टोलीलाई चीनको ब्याग कारखाना अनुगमनमा लगेको छ । ठेकेदार बिजय श्रेष्ठ र उनका पार्टनर ज्ञानेन्द्र बस्नेतले मेजर लामाको टोलीलाई चीन लगेको थियो । संभाररथीबाट टोली कारखानामा नलानुले थप आशंका उत्पन्न गरेको हो ।

 

चीन गएको टोलीले कारखाना निरीक्षण गरी ब्यागको नमूना ठीक भएको भनी फर्किए । नमूना लिएर जंगी असवाफखाना(सेनाको स्टोर)मा चेक गर्दा गुणस्तरहीन र वाटरप्रुफ देखिएन । रासन र कपडा बोक्नुपर्ने ब्यागमा पानी छिर्ने गुणस्तरहीन पाइयो । तर हतार हतार पहिला कुनै जमानामा ल्याएको अर्को नमूना लिएर गई पास भएको भनी वेभ इक्युपमेन्ट ब्याग बुझाउने दाउमा ठेकेदार श्रेष्ठ लागेका छन् ।

 

सैनिक मुख्यालयको सम्भाररथी र लेखामा सीसीटीभी, ठेकेदारहरुको भागाभाग

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र सुधारको थालनी गरेका छन् । उनको सुधार अभियान कार्यकालको अन्तिमसम्म रहने हो कि पूर्ववर्ती राजेन्द्र क्षेत्री जस्तै उनी भ्रष्टाचारको आहालमा डुब्ने हुन् भन्ने आशंका गर्ने ठाउँ छ ।

 

किनकि क्षेत्रीले पनि सुरुमा सेनामा सुधारको डंका पिटेर अन्तिममा बदनाम भए । वर्तमान सेनापति थापाले सेनाका हाकिमका श्रीमतीलाई रानी साब भन्ने प्रचलन हटाएर सुधारको थालनी गरेका छन् ।

 

सेनापति थापाले सेनाको संभाररथी विभाग र लेखामा सीसीटीभी राखेर भ्रष्टाचार बिरुद्ध निगरानी सुरु गर्न लागेका छन् । उनले दशैंअघि सेनामा भ्रष्टाचार छ, अब सून्य सहनशीलता अपनाउँछु भनेका थिए ।

 

त्यसैअनुरुप उनले सम्भाररथी र लेखामा सीसीटीभी जडान गर्न लागेका छन् । सम्भाररथी र लेखामा ठेकेदारहरुसँग सेटिङ हुने गरेको गुनासो सार्वजनिक भएपछि उनले सीसीटीभी जडान गर्न लागेका हुन् ।

 

सीसीटीभी जडानको कुराले सेनामा सेटिङ गरी ठेक्का लिने ठेकेदारहरुको भागाभाग हुने भएको छ । टेण्डर खुलेदेखि नै सेनाको सम्भाररथी र लेखामा ठेकेदारहरुको सेटिङ हुने गरेको बिषय बारम्बार संचारमाध्यममा आउने गरेको छ । सम्भाररथीमा सेटिङ हुने ठेकेदारले मात्र टेण्डर फर्म लिन सेनाको जंगीअड्डामा जान पाउँथे । सेटिङ नहुनेले टेण्डर फर्म लिन कार्यालयभित्र प्रवेश नपाउने अवस्था विद्यमान छ ।

 

सेनाभित्र टेण्डरको सूचनासमेत गोप्य रुपमा छापिने गरेको छ । बजारमा जाने दैनिक पत्रिकाको कपीमा सूचना नछापी गोप्यरुपमा विज्ञापन राखी टेण्डरको सूचना छापेर सेटिङ नभएका ठेकेदारहरुलाई थाहै नदिई ठेक्का दिइने गरेको छ । यसमा पनि सेनापतिले ध्यान दिएर विद्युतीय खरिद निर्देशिकाअनुसार ई टेण्डर गरे सेनाको खरिद पारदर्शी हुने छ ।

 

 

सेनापति क्षेत्रीले ठेकेदारहरुसँग अवकाशपछि मात्र भेट्ने जनाउ दिइसकेका छन् । उनीसँग भेट गर्न चाहने ठेकेदारहरुलाई उनले ३ बर्षपछि भेट्नु भन्ने जवाफ दिने गरेको स्रोतले बताएको छ ।

 

पूर्वसंभाररथी प्रमुख पूर्ण सिलवाललाई पनि उनले ठेकेदारहरुको बारेमा धेरै दबाब नदिन उनले सचेत गराइसकेका छन् । सिलवाल उनका ज्वाई हुन् । सिलवालले ठेकेदार बिजय श्रेष्ठको वेभ इक्युपमेन्ट ब्याग र डीएमएस बुटमा बढी दररेट भए पनि ठेक्का दिन दबाब दिएपछि उनले हस्तक्षेप नगर्न भनेका हुन् ।

 

 

वेभ इक्युपमेन्ट ब्यागको ठेक्कामा कम दरमा प्रस्ताव हाल्ने कम्पनीलाई नदिई बढी दरको बिजय श्रेष्ठको न्यू क्रियसनलाई दिइएको बिषयमा धेरै विवाद भएको छ । डीएमएस बुटको ठेक्का पनि बिजय श्रेष्ठलाई नै दिन सेनापतिमाथि चर्को दबाब छ । जबकि बिजय श्रेष्ठको न्यू क्रियसनको भन्दा २ वटा फर्मले कम दरमा दिने टेण्डर प्रस्ताव गरेका छन् । तेस्रो बढी दरको न्यू क्रियसनलाई दिनका लागि ठूलो चलखेल भइरहेको छ ।

 

सेनापति क्षेत्रीले सेनाभित्र नक्कली शैक्षिक प्रमाणपत्रको बिषयमा नकारात्मक कुरा बाहिर आएपछि उनले छानबिन गर्ने भएका छन् । र, सबै सैनिक अधिकृतहरुको प्रमाणपत्र उनले सैनिक मूख्यालयमा झिकाएर छानबिन गर्न लागेका छन् ।

 

रथी हुुनुपर्ने अनोजबहादुर बस्नेतको नक्कली प्रमाणपत्रकै कारण बढुवा रोकिएको छ । बस्नेतमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएर बढुवा हुँदै उपरथी भएको आरोप छ । सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि सेनाले आन्तरिक छानविनलाई अघि बढाएको हो ।

 

नेपाली सेनामा यसअघि केहि उच्च अधिकृतहरुले नक्कली प्रमाणपत्र र उमेर किर्ते गरेको देखिएपछि जागिर समेत गएको थियो । थापाले सेनामा भ्रष्ट्राचार नियन्त्रणका लागी सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरुको छानविन गर्ने, फाष्ट ट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO