सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको तयारीमा राजपा



 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ ।

 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताए ।

 

‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि नै भन्दै आएका छौं,’ भण्डारीले भने, ‘माग पनि पूरा नगर्ने तर सरकारले हामीबाट समर्थन पनि खोजिराख्ने हो भने अब त्यस्तो हुँदैन ।’

 

मंगलबार (भोलि) अध्यक्ष मण्डलको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था विश्लेषण गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भण्डारीले बताए ।

 

अध्यक्ष मण्डलको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने विषयमा विस्तृत छलफल हुने बताउँदै उनले अब सरकारलाई समर्थन गरिराख्नुपर्ने जरुरी नभएको बताए ।

 

राजपा नेपालका महासचिव केशव झाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टीले पहिलो चरणको दबाबमूलक आन्दोलन गर्ने बताए । पहिलो चरणको आन्दोलनका क्रममा प्रशिक्षण, समान्य ¥याली, विरोधसभालगायतका कार्यक्रम हुने उनले बताए ।

 

‘हामीले पटक–पटक आग्रह ग¥यौं र सत्तारुढ दलका नेताले संविधान संशोधन गर्ने पनि बताउँछन् तर प्रगति केही भएन,’ महासचिव झाले भने, ‘अब सरकारलाई कहिलेसम्म समर्थन गरिराख्ने ? हामीसमक्ष आन्दोलनको विकल्प पनि रहेन ।’

 

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने पार्टीको निर्णयअनुसार अगामी कार्यक्रम तय हुने बताए । अध्यक्ष मण्डलको निर्णयका आधारमा समर्थन फिर्ता लिने वा नलिनेबारे छलफल गरेर पार्टी अगाडि बढ्ने उनले बताए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा नेपालले समर्थन फिर्ता लिने चेतावनी यसअघि दिएको थियो । दशै, दीपावाली तथा छठसम्ममा माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन गर्ने चेतावनी दिएपछि पार्टीको अध्यक्ष मण्डलको बैठक बस्न लागेको हो ।

 

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए । राजपा नेपालले उठाउँदै आएको माग सम्बोधन गर्ने सहमति पछि सरकारलाई समर्थन गरेको तर माग सम्बोधन नभएपछि आन्दोलन गर्ने दबाब पार्टीमा बढ्दै गएको नेताहरू बताउँछन् ।

 

संविधान संशोधन, सांसद रेशम चौधरीको शपथ एवं रिहाइ, मधेस आन्दोलनका क्रममा लगाइएको झूठा मुद्दा फिर्तालगायतका माग गर्दै राजपा नेपालले संघर्ष गर्दै आएको छ । माग सम्बोधन गर्ने आश्वासनमा राजपा नेपालले प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै संसद्मा विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।