नेपाल प्रेस युनियन दाङले, देउसी भैलोको रकमबाट अक्षयकोष स्थापना



हाम्रो इकोनोमि

 

 

नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ ।

युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषबाट जम्मा भएको ब्याजले पत्रकार अप्ठेरोमा परेका समयमा सहयोग गरिने बताइएको छ ।

देसी भैलोबाट सङ्कलित रु तीन लाख रकममध्ये रु एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने निर्णय भएको युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

पितृ शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई रु १० हजार आर्थिक सहायता प्रदान गरिएको छ । आचार्यका बुबा मणिराम आचार्यको निधन भएको आज पाँचौँ दिन हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...