नेपाल प्रेस युनियन दाङले, देउसी भैलोको रकमबाट अक्षयकोष स्थापना



हाम्रो इकोनोमि

 

 

नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ ।

युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषबाट जम्मा भएको ब्याजले पत्रकार अप्ठेरोमा परेका समयमा सहयोग गरिने बताइएको छ ।

देसी भैलोबाट सङ्कलित रु तीन लाख रकममध्ये रु एक लाखको अक्षयकोष स्थापना गर्ने र बाँकी रकम भवन निर्माणमा लगाउने निर्णय भएको युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

पितृ शोकमा रहेका युनियनका सदस्य अमरराज आचार्यको परिवारलाई रु १० हजार आर्थिक सहायता प्रदान गरिएको छ । आचार्यका बुबा मणिराम आचार्यको निधन भएको आज पाँचौँ दिन हो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...