दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण



हाम्रो इकोनोमि

दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।

गहुँ उत्पादनको पकेट क्षेत्र मानिने देउखुरीमा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो ।

परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ४६ क्विन्टल विजय, आदित्य र गौतम जातका गहँुको बीउ अनुदानमा उपलब्ध गराइएको छ ।

“कृषि उत्पादनका लागि बीउ गुणस्तरीय हुनुपर्छ, बाहिरबाट बीउ खरीद गर्दा कमजोर पनि पर्न सक्छ ।”

नगरपालिका प्रमुख कुलबहादुर केसीले भन्नुभयो, “सहुलियतमा उन्नत जातको गहुँको बीउ वितरण गर्दा धेरै कृषक उत्साहित हुनुभएको छ ।”

किसानलाई गहँुको खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले यो वर्ष नगरपालिकाका नौ वटै वडाका ४६० कृषक र एउटा कृषक समूहलाई गहुँको बीउ वितरण गरिएको हो ।

अनुदानमा गहुँको बीउ प्राप्त गरेपछि कृषक खुशी भएका छन् ।

बजारमा गहुँको बीउ खरीद गर्दा महँगो पर्ने तथा बीउ गुणस्तरीय नहुने नगरपालिका–२ वनकटुवाका कृषक खोजानी चौधरीले बताउनुभयो ।

“नगरपालिकाले अनुदानमा बीउ दिएपछि हामीलाई सजिलो भयो, खुशी लागेको छ,” चौधरीले भन्नुभयो, “यो वर्ष गहुँ उत्पादन बढ्न सक्छ ।”

वडाको सिफारिसका आधारमा उन्नत जातको गहुँको बीउ अनुदानमा उपलब्ध गराइएको हो ।

बीउको मूल्य प्रतिकेजी रु ३० का दरले वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...