हेटौडामा पल्टियो ट्रक, दुई जनाको मृत्यु



 

हेटौडा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नं ९ स्थित पशुपतिनगरमा ट्रक पल्टदा दुई जनाको मृत्यु भएको छ ।

 

वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक राजमार्गमा पल्टदा दुई जनाको मृत्यु भएको हो । ट्रकले अटो र मोटरसाइकललाई थिचेको थियो ।

 

ट्रकले थिच्दा घाइते भएका उनीहरुलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

भरतपुरमा टिपरको ठक्करबाट बालकको मृत्यु

भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् ।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहनुभएको छ । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् ।

 

बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

 

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उहाँले बताउनुभयो । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ । बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो ।

चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी

चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्राङ्गणमा राखिएको क१झ १ नंको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

 

राति करीब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताउनुभयो ।

 

 

घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास ग¥यौँ, पछि प्रहरी र सेना आएर आगो निभाएको उहाँले बताउनुभयो । गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाउनुभयो । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।

 

यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । डिजिटल गाउँपालिकाको रुपमा लाखाँैका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ । केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उहाँले बताउनुभयो ।

 

यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यता घटनाको विवरणसहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

एक बालकले ६१ वर्षेलाई गोली ठोकेर मार्यो

 अमेरिकाको न्युजर्सीमा एक १६ वर्षे बालकले ६१ वर्षको मानिसलाई गोल हानेर मारेको छ । १६ वर्षेेले बिहीबार राति भारतीय मुलका सुनील एडलालाई गोली हानेर मारेको हो ।

 

 

तेलंगनाका एडला आफ्नी आमाको ९५ औं जन्मजयन्ती मनाउन परिवारसहित अर्को महिना भारत आउँदै थिए । स्थानीय मिडियाका अनुसार नाइट सिफ्टको जागिर खानका लागि अफिस जाँदै गर्दा बेंन्टनोर शहरमा उनको गोली हानी हत्या भएको हो ।

 

 

पुलिसले आरोपीलाई शनिबारै पक्राउ गरेको छ । नाबालिग भएका कारणले उसको नाम भने नखुलाइएको प्रहरीले बताएको छ ।एडला ३० वर्षदेखि हस्पिटालिटी उद्योगमा काम गर्दै आएका थिए ।

 

पोष्टमार्टम रिपोर्ट अनुसार एडलामाथि थुप्रै गोली प्रहार भएको थियो र घटनास्थलमै ज्यान गएको थियो । आरोपमा भारतीय मुलका सीईओ सिलिकन बैलीलाई पनि गिरफ्तार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्