पाल्पा र स्याङ्जा जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा



हाम्रो इकोनोमि

 

पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीको गौरीघाटको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाको वडा नं ६ र चापाकोट नगरपालिकाको वडा नं ७ जोड्ने सो पुल आउँदो फागुनभित्रमा सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

अहिलेसम्म ८० प्रतिशत पुल निर्माणको काम सकिएको छ भने बाँकी २० प्रतिशत काम फागुनभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले २०७२ साल फागुन १६ गते शिलान्यास गरेर पुल निर्माण अगाडि बढाएको हो ।

शिलान्यास भएको तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई तीव्र रुपमा अगाडि बढाएको छ । १७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा सम्झौता भई निर्माण बुरु भएको हो । अहिले पुल निर्माणमा तीन वटा स्काभेटर र २५ जना कामदार परिचालन गरिएको निर्माण कम्पनीका प्रतिनिधि एवम् चापाकोट नगरपालिका–७ का वडाध्यक्ष एकदेव भट्टराई बताउनुहुन्छ ।

“पाल्पाको भागमा सबै काम सकियो, अहिले स्याङ्जातर्फको भागमा डाइभर्सन र फिलिङ गर्ने काम भइरहेको छ, बिहान ६ देखि साँभm अबेरसम्म कामदार निरन्तर काममा खटिएका छन्,” उहाँले भन्नुभयो । कालीगण्डकीमा निर्माण भएका पक्की पुलमध्ये गौरीघाटको पुल यस क्षेत्रकै नमूनाका रुपमा निर्माण भएको रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

पुल निर्माणमा ठेकेदार कम्पनीले धेरै ठाउँमा आलटाल गरी पटकपटक म्याद थपेर काम गरेका बेला यहाँ तीव्र रुपमा निर्माण भइरहेको देखेर स्थानीयवासी दङ्ग छन् । पुल यति छिट्टै बन्छ भनेर हामीले सोचेका थिएनौँ, निर्माण कम्पनीले पुल शिलान्यास भएदेखि नै निरन्तर काम गरिरहेकाले निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीयवासी सुन्दर देवकोटाले बताउनुभयो । “धेरै ठाउँमा ठेकेदारले शिलान्यास गर्ने, बीचमै काम छाडेर अन्यत्र कामको जिम्मा लिने गरेको देखेको, त्यस्तै यहाँ पनि होला भनेर शुरुमा यति चाँडो बन्छ भन्ने आशा थिएन, तर सोचेभन्दा विपरीत भयो,” उहाँले भन्नुभयो ।

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिकालगायत स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यो पुल निर्माण सम्पन्न भएपछि रामपुर नगरपालिका र चापाकोट नगरपालिकाको विकासमा ठूलो टेवा पुग्नेछ । गौरीघाट नजीकै रहेको रामपुर नगरपालिकाको प्याक्लुक र चापाकोट नगरपालिकाको दामाचौर जोड्ने प्याक्लुक दामाचौर पक्की पुल भने लामो समय भइसक्दा पनि अझै निर्माण शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको...

विगतको समीक्षा नगरी पार्टीलाई अगाडि बढाउन सकिँदैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका...

एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढछ : विद्या भण्डारी

    नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत...

बझाङमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

    बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य...