कृत्रिम सूर्य बनाउँदै चीन, वास्तविक सूर्यभन्दा ६ गुणा तातो



हाम्रो इकोनोमि

 

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा तयार पार्ने उद्येश्यका लागि एक कृत्रिम सूर्य निर्माणमा लागेका छन्। चीनका वैज्ञानिकहरूले निर्माण गर्न लागेको सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा तातो हुने बताइएको छ। हामीले देखिरहेको वास्तविक सूर्यको तातो १.५० करोड डिग्री सेल्सियससम्म रहेको छ। चीनले निर्माण गर्न लागेको सूर्यको तातो १० करोड डिग्री सेल्सियससम्म हुने बताइएको छ।

 

चीनको एकेडेमी अफ साइन्सको इन्स्चिट्युट अफ प्लाजमा फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण जारी रहेको छ। उक्त सूर्यको नाम ‘एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक’ (ईस्ट) नाम दिइएको छ।

 

यसको डिजाइन पनि सूर्यको जस्तै गरिएको छ। यसले सौर्य मण्डलको बीचमा रहेको कुनै ताराको जसरी ऊर्जाको भण्डार उपलब्ध गराउने बताइएको छ। कृत्रिम सूर्यलाई एक मेसिनको माध्यमबाट चालू गर्ने बताइएको छ। मेसिनको बीचमा खाली राखिएको छ।

 

 

जसमा न्यूक्लियर फ्यूजनको माध्यमबाट ताप उत्पन्न गरिनेछ। उक्त मेसिनलाई एक दिनका लागि चालू गर्ने खर्च १५ हजार अमेरिकी डलर लाग्नेछ। हाल उक्त मेसिन चीनको अन्हुइ प्रान्तमा रहेको साइन्स द्वीपमा राखिएको छ। कृत्रिम सूर्यलाई पृथ्वीको ऊर्जाको विक ल्पका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।

 

यसलाई भविष्यमा स्वच्छ ऊर्जा उत्पादनको महत्वपूर्ण स्रोतका लागि उपयोग गरिने बताइएको छ। विश्वमा न्यूक्लियर फ्युजन मार्फत ऊर्जा तयार गर्ने विश्वभर चलिरहेको छ। तर, न्यूक्लियर फ्युजनबाट निस्किने विषालु फोहोर मानव स्वास्थ्य र वातावरणका लागि खतरानाक हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।

 

चीनले यसअघि नै कृत्रिम चन्द्रमा निर्माण गर्ने योजना तयार बनाएर कार्यान्वयनमा लगेको छ। जसका माध्यमबाट रातमा उज्यालो बनाउने योजना रहेको छ। जसका लागि ठूलाठूला स्याटेलाइटको प्रयोग गरिएको छ। जसका माध्यमबाट पनि ऊर्जा बचाउने लक्ष्य रहेको छ। उक्त काम सन् २०२२ सम्म पूरा गर्ने र लक्ष्य राखिएको छ।

कपाल झरेर हैरान हुनुहुन्छ ? यसरी रोक्नुस घरमै बसी बसी यस्तो बिधि अपनाएर

कपाल झरेर दिक्क हुनुभएको छ ? कुनै पार्लरमा गएर हेयर टि्रटमेन्ट गरेर कपाल र्झनबाट जोगाउने सोँचमा हुनुहुन्छ ?

 

 

त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपाइँको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पूराउनेछ :

 

 

१.तातो तेलले मालिस गर्ने : तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

 

 

२.लसुन वा अदुवाको रस : बेलुका सुत्ने बेलामा कपालमा कपालमा लसुन, प्याज वा अदुवाको रस लगाएर मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को विहान कपाल धुनुहोस् ।

 

३.टाउकोमा दिनहुँ हल्का रुपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।

 

४.गि्रन टी पानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । गि्रन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल र्झनबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पूराउँछ ।

 

५.योगा गर्नुहोस् : विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...