गोकर्णको नजरमा प्रदिप र प्रदिपकाे नजरमा गोकर्ण



हाम्रो इकोनोमि

 

प्रदीप ज्ञवालीको नजरमा गोकर्ण विष्ट

व्यक्तिगत स्वभाव
गोकर्णजी विनम्र, मिलनसार र सहृदयी व्यक्ति हुनुहुन्छ । उहाँ नेपाली रानीतिकै तुलनात्मक रूपमा एउटा युवा प्रतिनिधि हो । उहाँ विकास–निर्माणमा लाग्ने मानिस हो । त्यस्तै, निरन्तर जनसम्पर्कमा बस्ने गर्नुहुन्छ उहाँ ।

 

जनता तथा कार्यकर्तासँगको सम्बन्ध
हामी एउटै जिल्लाका भएकाले मैले निकट रहेर पनि काम गरेको छु । विकास–निर्माणसँग जोडिएका इस्युमा उहाँ जनतासँग सहज रूपमा सहकार्य गर्नुहुन्छ । कार्यकर्ताले उहाँ अलि औपचारिक खालको हुनुभयो भन्ने गरेका छन् । तैपनि, उहाँ जनता र कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने नेता हो ।

 

नेता तथा सहकर्मीसँगको सम्बन्ध
नवौँ महाधिवेशनअघिको समयमा पार्टीमा अलि समूहगत तिक्तता थियो । उहाँ एउटा प्यानलबाट उठ्नुभयो । तर, महाधिवेशन सकिएपछि ‘साथीहरू सबै मिलेर एउटै ढंगले काम गरौँ’, भन्नुभयो ।

 

महाधिवेशनअघि एउटा पक्षमा उभिए पनि पछि पार्टी एकतामा जोड दिनुभयो । फरक मतका बीच पनि उहाँ फराकिलो मनको नेता हो । सबै नेतालाई सम्मान गर्नुहुन्छ । कसैको पार्टीमा केही चित्त बुझेन भने सार्वजनिक रूपमै टीकाटिप्पणी गर्ने बानी छ । तर, उहाँको त्यस्तो बानी छैन ।

 

पारिवारिक जिम्मेवारी
गोकर्णजी र म दुवैजना सामान्य परिवारबाट आएका हौँ । उहाँका दाजु लक्ष्मण गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । दाजु गाउँमै रहेकाले उहाँलाई पारिवारिक बोझ परेन होला । यसका बीच पनि उहाँ पारिवारिक जिम्मेवारी लिने मानिस हो । आमा बिरामी भएका वेला

 

काठमाडौंस्थित घरमै लामो समयसम्म राखेर उपचार गर्नुभयो, स्याहार–सुसार गर्नुभयो । केही समयअघि उहाँको परिवारमा एउटा भयानक दुर्घटना भयो । परिवारका महत्वपूर्ण सदस्यहरू दुर्घटनामा बित्नुभयो । यस्तो परिस्थितिमा पनि गोकर्णजीले हरेस खानुभएन । अहिले पनि उहाँ व्यस्तताका बीच पनि घर–परिवारलाई समय दिनुहुन्छ भन्ने मेरो जानकारीमा छ ।

 

राम्रा पक्ष
गोकर्णजी राजनीतिमा स्वच्छता र इमानदारिता बोकेको नेता हो । विकासप्रेमी छवि भएकाले उहाँ लोकप्रिय हुनुहुन्छ । उहाँको सफलताले उहाँको लोकप्रियता देखाउँछ । उहाँ एउटा आशालाग्दो युवा नेता हो ।

 

संसद्मा उहाँको काम गराइ प्रशंसायोग्य छ । पछिल्लो समयमा मन्त्री भएपछि उहाँ श्रम समस्या समाधानका निम्ति निरन्तर चिन्तित रहेको पाएको छु । परिणाम पनि आएको छ । मेनपावरका नाममा भएका विकृति हटाउन उहाँ निरन्तर लागिरहनुभएको छ ।

 

सुधार्नुपर्ने पक्ष
पार्टीकै कतिपय साथीले गोकर्णजी अलि बढी औपचारिक हुनुभयो भन्ने गरेको सुनेको छु । बढी औपचारिक भएका कारण कार्यकर्ताले सहज ढंगले भेट्ने वातावरण नबनेको सुनिन्छ । यो सुधार गर्न अनुरोध गर्छु ।

 

गोकर्ण विष्टको नजरमा  प्रदीप ज्ञवाली

व्यक्तिगत स्वभाव

प्रदीपजी अत्यन्तै सरल हुनुहुन्छ । उहाँको सरलता मलाई मनपर्छ । उहाँ मिहिनेती र मृदुभाषी हुनुहुन्छ । उहाँ तुलनात्मक रूपमा कम रिसाउने  मान्छे हो ।

 

जनता तथा कार्यकर्तासँगको सम्बन्ध
उहाँको कार्यकर्तासँग मात्र नभएर जनतासँग पनि राम्रो सम्बन्ध छ । कार्यकर्तासँग राम्रो सम्बन्ध भएर नै त उहाँ महाधिवेशनमा अत्यधिक मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै, जनतासँग पनि राम्रो सम्बन्ध भएकैले चुनाव जित्नुभएको मेरो बुझाइ छ । कार्यकर्ताको पहुँचका लागि उहाँ सहज मान्छे हुनुहुन्छ ।

 

नेता तथा सहकर्मीसँगको सम्बन्ध
उहाँको सम्बन्ध पार्टीका सबै नेताहरूसँग ठीकै छ । सबैसँग सहकार्य गरेर हिँड्ने खालको उहाँको स्वभाव छ । त्यसैले, पार्टीका प्रायः सबै नेतासँग उहाँको राम्रो सम्बन्ध छ होला भन्ने लाग्छ । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच राम्रो सम्बन्ध चाहिन्छ । किनकि, यी दुई एक–अर्काका सम्बन्धित मन्त्रालय हुन् । त्यहीअनुरूप हामीबीच सरसल्लाह हुने गर्छ ।

 

पारिवारिक जिम्मेवारी
पहिले भूमिगत राजनीतिक कालमा के भयो म विश्लेषण गर्न सक्दिनँ । तर, खुला राजनीतिमा आएयता भने उहाँले परिवारलाई समय राम्ररी दिएको पाएको छु । उहाँ मिहिनेती भएकाले परिवारका सबैसँग सौहाद्रपूर्ण सम्बन्ध रहेको पाएको छु । उहाँ सरल स्वभावको रहेकाले आर्थिक कुरामा पनि परिवारसँग राम्रो सम्बन्ध रहेको महसुस गर्छु ।

 

राम्रा पक्ष
प्रदीपजी मिहिनेती हुनुहुन्छ । अध्ययनशील हुनुहुन्छ । मृदुभाषी हुनुहुन्छ । ज्यादै कम रिसाउनुहुन्छ ।

 

सुधार्नुपर्ने पक्ष
कमजोरी सबै व्यक्तिमा हुन्छन् । सायद, प्रदीपजीमा पनि केही त होलान् । पार्टीमा प्यानल प्रतिस्पर्धाको सन्दर्भमा काम गर्दा अझ फराकिलो दायरामा रहेर काम गर्दा धेरै राम्रो हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...