विश्वका यी देश जहाँ कमार्इको आधा भन्दा बढी कर तिर्नुपर्छ



हाम्रो इकोनोमि

 

 कर सबै देशको मूल आम्दानीको स्रोत हो । मुलुकलाई आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको एकमात्र आधार भनेको नै कर हो । कर पनि देशका जनताहरुको तिर्न सक्ने क्षमताको आधारमा लगाईन्छ ।

 

यसको दर मुलुक अनुसार त भिन्न हुन्छ नै एउटा भ्याट मुलुकभर सबै एकै भएपनि स्थानीय करहरु एउटै मुलुकभित्र पनि फरक फरक हुन सक्छ । तर, हामीले यस्तो १० देश बताउँदैछौं । ती देशहरुले आफ्ना जनतासँग एकदमै धेरै मात्रामा कर उठाउने गरेका छन् ।

 

क्यारेवियाइ 
अरबको एक यस्तो देश जहाँ सबैभन्दा बढी प्रतिशत कर उठाईन्छ । आम्दानीमा यहाँ ५८ दशमलव ९५ प्रतिशतसम्म कर उठाउने गरिएको छ । झण्डै ३ करोड ७५ लाख जनसंख्या रहेको सो देश क्यारेबियाइ क्षेत्र अन्ध महासागरमा स्थित एक द्वीप समूह हो। यह द्वीपसमूह ४ हजार २० किलोमिटर लम्बाई तथा २६७ किलोमीटर चौडाईको क्षेत्रमा छ ।

 

स्वीडेन 
स्वीडन ट्याक्सको मामलामा दुनियाँमा दोस्रो नम्बरमा तथा यूरोपमा पहिलो नम्बरमा पर्दछ । यहाँ कूल आम्दानीको ५६ दशमलव ६ प्रतिशत ट्याक्स तिर्नु पर्दछ । स्वीडेन उत्तरी युरोपको एक देश हो । यसको राजधानी स्टकहोम यसको मुख्य व्यापारिक क्षेत्र हो । यो एक संबैधानिक तथा लोकतान्त्रिक राजतन्त्र रहेको देश हो ।

 

डेनमार्क
धेरै करको दर रहेका मुलुकहरुमा तेस्रो नम्बरमा डेनमार्क पर्दछ । यो देशमा कूल आयकरको ५५ प्रतिशतसम्म कर तिर्नुपर्छ । यो उत्तर यूरोपको एउटा देश हो। यहाँ ५४ लाख मानिस बस्दछन। डेनमार्कमा थुप्रै टापु छन , तर कुनै पहाड छैन। डेनमार्क एउटा राजतन्त्र भएको देश हो र त्यसको राजधानी कोपनहेगन हो।

 

नेदरल्याण्ड 
नेदरल्याण्ड पनि धेरै करको दर रहेका मुलुकहरुको तेस्रो नम्बरमा पर्दछ । यो देशमा कुल आयको ५२ प्रतिशत कर तिर्नुपर्छ । यो देश युरोपको उत्तर पश्चिम क्षेत्रमा पर्ने देश हो । यहाँ एक करोड ७२ लाख भन्दा बढी जनसंख्या रहेको छ ।

 

बेल्जियम
बेल्जियम पनि धेरै करको दर तोकेको सूचीमा पाँचौं नम्बरमा छ । यो देशमा कूल आयको ५० प्रतिशत कर तिर्नुपर्छ । यो उत्तर(पश्चिमी यूरोपमा पर्ने देश हो । यो यूरोपीय संघका संस्थापक सदस्य हो ।

 

अष्ट्रिया
झण्डै ८ करोड मानिस बसोबास गर्ने अष्ट्रिया यूरोपको सबैभन्दा बढी ट्याक्सको दर भएको देशमा पर्दछ । यहाँ ७४ हजार ४ सय ४२ डलरको कमाइमा सालानाला ५० प्रतिशत भन्दा बढी कर तिर्नु पर्छ ।

 

जापान 
अर्को मुलुकमा जापान पनि अधिक करको दर रहेको मुलुक हो । जापानको टोकियो शहर यस्तो शहर हो । जहाँ धेरै अरबपतिहरु बस्छन् । यहाँ कर पनि आफैं तिर्दछन् । यहाँ सरकारले आय करको दर ५० प्रतिशत तोकेको छ ।

 

संयुक्त अधिराज्य बेलायत 
संयुक्त अधिराज्य बेलायतमा पनि आफ्नो कमाईको सालानाला ५० प्रतिशत कर राज्यलाई तिर्नुपर्छ । यो देशमा २ लाख ३४ हजार ४ सय ८४ डलरको आयमा सालाखाला ५० प्रतिशत ट्याक्स तिर्नु पर्छ ।

 

फिनल्याण्ड 
फिनल्याण्डको औसत आयो ३१ हजार डलर प्रतिव्यक्ति आय छ । तर, ८७ हजार २ सय २२ डलर प्रतिव्यक्ति आय भएका व्यक्तिले ४९ दशमलव २ प्रतिशत ट्याक्स दिनुपर्छ ।

 

आयरल्याण्ड 
धेरै करको दर तोक्ने मुलुकमा १० औं देश हो आयरल्याण्ड १० औं नम्बरमा पर्दछ । यहाँ ४० हजार ६ सय ९६ डलर भन्दा ज्यादा आय भएका व्यक्तिले ४८ प्रतिशत ट्याक्स तिर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...