नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसगको भेटमा उहाले सो कुरा बताउनुभएको हो ।

 

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनु भयो । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै उहाँका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले भन्नुभयो ।

 

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण समेत गर्नु भएको छ । ‘हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं’ प्रधानमन्त्रीले भन्नुभएको छ ‘हामी भूगोल, संस्कृति, रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’ चीनिया मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको जानकारी गराउनु भएको छ ।

 

गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनु भयो । ‘नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चीनियाहरु बढी आकर्षित छन्’ मन्त्री सुगाङको भनाइ उधृत गर्दै डा.भट्टराईले भन्नुभयो, ‘भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...