अब निजी क्षेत्रका कर्मचारी–कामदारलाई पनि पेन्सन



हाम्रो इकोनोमि

 

अब सरकारी क्षेत्रमा मात्र नभई निजी क्षेत्रका कर्मचारी र कामदारले पनि पेन्सन सुविधा पाउने भएका छन् ।

निजी क्षेत्रमा लामो समय सेवा गरे पनि जागिरबाट निस्किएका बेला रितो हात हुनुपर्ने समस्या भोग्दै आएका हजारौं निजी क्षेत्रका कर्मचारी र कामदारलाई यो सुविधाले आफ्नो वुढ्यौली र अवकासपछिको जीवन गुजारा गर्न सहज हुने भएको छ ।

सरकारी कर्मचारीसहित सबैलाई योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने गरी सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न बनेको नियमावलीमा व्यवस्था गरिएको छ ।

यो योजना कार्यान्वयन गर्नको लागि सामाजिक सुरक्षा कोष बन्ने र त्यसलाई सञ्चालन गर्न एउटा समिति बन्ने छ ।

समितिको सिफारिसअनुसार निर्माण क्षेत्रमा काम गर्ने कामदारहरु, निजी जुनसुकै कार्यालयमा काम गर्ने कर्मचारीहरु तथा आफ्नै व्यवसाय सञ्चालन गरेका उद्यमी पनि सहभागी हुन पाउने छन् ।

यो योजनामा सहभागी हुने कामदार तथा कर्मचारीले कोषमा रकम भने जम्मा गर्नुपर्नेछ । कर्मचारी सञ्चय कोषमार्फत नै योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयन हुने जनाइएको छ ।

सरकारी कोषबाट तलब खानेहरु समितिले सञ्चालन गरेका सामाजिक सुरक्षा योजनामा सहभागी हुने छन् । त्यसमा विभिन्न तहका सरकारले रकम हालिदिने छन् ।

आधा रकम सरकारी कर्मचारीहरुले नै योगदान दिनुपर्नेछ । अनौपचारिक क्षेत्रका कामदारको कोषमा पनि सरकारले रकम थपिदिने छ ।

त्यस्तै अनौपचारिक क्षेत्रका कामदारहरुलाई उत्प्रेरित गर्नको लागि कोषले ल्याएका योजनामा स्वरोजगार नागरिक पनि सहभागी हुन पाउने छन् । आफ्नै व्यवसाय गरेर बसेका उद्यमी वा कर्मचारी यसमा सहभागी हुन सक्ने छन् ।

कोषले सातव टा योजना सञ्चालन गर्नेछ । जसमा औषधि उपचार तथा स्वास्थ्य, मातृ सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता योजना सञ्चालन हुने छन् ।

वर्षेनी राज्यबाट सरकारी कर्मचारीका लागि छुट्याइने पेन्सनमा रकम बढ्दै गएपछि सरकारले योगदानमा आधारित पेन्सन प्रणाली लागू गरेको हो ।

यसअघिको व्यवस्थाअनुसार पेन्सनका लागि भनेर सरकारी कर्मचारीले आफ्नो तर्फबाट पैसा जम्मा गर्नु पर्दैनथ्यो । सरकारले नै पूरै व्यहोर्ने व्यवस्था रहँदै आएको थियो । यस्तो व्यवस्थामा गत आर्थिक वर्ष करिब ४० अर्ब रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...