पूर्व महाराजा ज्ञानेन्द्र र प्रकाश मान सिंहबीचको भेटघाटले ल्यायो तरंग !



हाम्रो इकोनोमि

 

२०७५ कात्तिक २६  होटेल सोल्टीमा पूर्व राजा ज्ञानेन्द्र शाह र नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर  एकका नेपाली कांग्रेसका सांसद तथा  नेता प्रकाश मान सिंहबीचको   भेटघाट काठमाडौंमा चर्चा विषय बनेको छ।  पूर्व राजा ज्ञानेन्द्र शाह आन्तरिक र पारिवारिक कामको सिलसिलामा सोल्टी होटेल पुगेको समयमा सांसद सिंहसंग जम्का भेट भएको विषयले राजनीतिक क्षेत्रम चर्चा पाएको छ।

 

छठ पर्वपछि नेपालको राजनीतिमा ”उतार चडाव’ को हल्ला पनि चलेको छ।  साथै नेपाली कांग्रेसका निर्वाचित महामन्त्री शशांक कोइराला स्वयम् बाट   हिन्दू राष्ट्रको माग पनि उठेको छ।

 

कांग्रेसका निर्वाचित महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाश मान सिंह, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. रामशरण महतहरुको राजनीतिक छलफल भएकै दिन कात्तिक २६ गते पूर्व राजा शाह र प्रकाश मान सिंहबीच भेटघाट अवश्य पनि संयोग मात्रै मान्ने पक्षमा पर्वेक्षकहरु छैनन्।

 

एकातिर राजतन्त्रवादी पूर्व पंचहरु पनि एकीकृत हुनका लागि हतार गर्दैछन्। अर्कोतिर भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ सन् २०१९ को मार्चमा हुन गैरहेको भारतको आम निर्वाचन अघि नै नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको चर्चाले पनि नेपालको राजनीतिमा स्थान पाइरहेको छ।

 

नेपली कांग्रेस संस्थापक नेता बिपी कोईराला राजाको गर्धन तल मेरो गर्धन(नेपाली कांग्रेस) माथि भनेर भारतको निर्वासित जीवन त्यागेर  स्वदेश   फर्किएका बिपीका छोरा नेपाली कांग्रेसका निर्वाचित महामन्त्री शशांक कोइरालाले हिन्दू राष्ट्रको वकालत गर्नुलाई आश्चर्य पनि मान्नु पर्ने पनि छैन।  हिन्दू राष्ट्रसंगसंगै  राजतन्त्र  पनि पछि पछि आउने सम्भावना भएकाले महामन्त्री कोइरालाले हिन्दू राष्ट्रको वकालत गरेको चर्चा पनि गरिदैछ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...