महानगरको ‘मोनोरेल’ परियोजना अलपत्र, यसरी तुहियो महानगरवासीको रेल चढ्ने सपना



हाम्रो इकोनोमि

 

काठमाडौंको अस्तव्यस्त शहरमा निकै चर्चा थियो मोनोरेलको । नेताको चुनावी अभियानमा समेत सहयोगी बनेको मोनोरेल सपना अन्ततः तुहिएको छ ।

 

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिको नीति तथा कार्यक्रमै मुख्य एजेण्डाको रुपमा मोनोरेललाई राखेका थिए । तर, पुर्वअध्ययन विना नै मोनोरल कुदाउने अभियान चलाएको काठमाडौं महानगरले अन्ततः मोनोरेल निर्माण बनाउन नसक्ने भन्दै हात झिकेको छ ।

 

गत जेठ ११ गते काठमाडौं महानगरपालिकाले चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययनको जिम्मा चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपलाई दिएको थियो । सम्झौताअनुसार कम्पनीले चक्रपथमा मोनोरेल चलाउन आर्थिक, प्राविधिक तथा दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने तथा प्राप्त सम्भावनाका उपयुक्त विकल्प सिफारिस गर्ने तय भएको थियो ।

 

कम्पनीले प्रारम्भिक अध्ययन गरेर महानगरलाई प्रतिवेदन समेत बुझाएको थियो । तर, सपना बाँडे जस्तो त्यसलाई कार्यान्वयन गर्न पक्कै समस्या झेल्नुपर्छ, त्यस्तै भइदियो पनि ।

 

प्रारम्भिक अध्ययनको रिर्पोटले मोनोरेल निर्माणमा १ खर्ब १६ अर्ब ५८ करोड ८७ लाख ४० हजार रुपैयाँ खर्च हुने प्रतिवेदन बुझाएको थियो । तर, त्यति धेरै बजेटमा मोनोरेल निर्माण गर्न नसकिने भन्दै यतिबेला मोनोरेलको विषय महानगरलाई घाँडो हुन थालेको छ ।

 

चीनियाँ कम्पनीले भने नेपाल सरकारले जिम्मा दिए दुई वर्षभित्र मानोरेल सञ्चालन गरिदिने ठोकुवा गर्दै आएको छ । कुल २७ दशमलव २२ किलोमिटर चक्रपथ खण्डमा निर्माण गरीने मानोरेलको गोर्खुदेखि कलंकीसम्म १७ स्थानमा स्टेशन रहने छन् ।

 

सुपारीको आयात घटाउने सरकारी प्रयास असफल

सुपारी आयातलाई कम गर्न सरकारले कर बढाएको छ । पूर्वी नेपालका भन्सार नाकाको तथ्यांक हेर्दा खासै आयातमा कमी भने आउन सकेको छैन । यद्धपि अबका दिनमा आयात कम हुन सक्ने सरोकारवाला निकायको दाबी छ ।

 

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा मात्रै ३० करोड ८ लाख मूल्य बराबरका ८ सय ११ मेट्रिक टन सुपारी नेपाल भित्रिएको छ । आर्थिक बर्ष २०७५-७६ को बजेटमा सरकारले सुपारी आयातमा पाँच प्रतिशत भन्सार महसुल बढाएपछि आयातको दरमा केही कमी आएको देखिएको छ । तर, तुलनात्मक रुपमा आयात ह्वातै घटेको देखिदैन ।

 

सुपारी आयात
चालु आर्थिक बर्षको तीन महिनाः रु. ३० करोड ८ लाख
आर्थिक बर्ष २०७४-७५ः रु. २ अर्ब २२ करोड
आर्थिक बर्ष २०७३-७४ः रु. १ अर्ब ११ करोड
नेपालमा मासिक १० करोड रुपैयाँको दरले सुपारी आयात

 

सुपारी निर्यात
आर्थिक बर्ष २०७४-७५ मा ११ हजार मेट्रिक टन
आर्थिक बर्ष २०७३-७४ मा १३ हजार मेट्रिक टन
आर्थिक बर्ष २०७२-७३ मा १४ हजार मेट्रिक टन

 

भारतको निरन्तर दबाबपछि आर्थिक वर्ष २०७२-७३ देखि सुपारी आयातमा भन्सार शुल्क वृद्धि गरिएको थियो । भारततर्फ तस्करी निरुत्साहित गर्न भन्सार वृद्धि गरेपछि तेस्रो मुलुकबाट आउने सुपारी आयातमा भने कमी आएको भन्सार विभागले जनाएको छ ।

 

यसअघि भन्सार महसुलबापत प्रति किलो ४५ रुपैयाँ र भ्याट १३ प्रतिशत रहेको सुपारीमा ५ प्रतिशत महसुल थपिएपछि आयात घटेको हो ।

 

र्थिक वर्ष २०७१-७२ मा विराटनगर नाकाबाट सुपारीको पैठारी ३७ हजार मेट्रिक टन भएको थियो । सुपारीको आयातमा सरकारले आर्थिक वर्ष २०७१र७२ सम्म भन्सार महसुलवापत प्रति किलो ३० रुपैयाँ र भ्याट १३ प्रतिशत लिँदै आएको थियो ।

 

नेपालमा मात्र उत्पादन हुने सुपारीको परिमाण वर्षमा पुग–नपुग ५–६ हजार मे.टन मात्रै रहेको व्यापारीहरूको भनाइ छ, तर झापामा मात्र ९ हजारभन्दा बढी मे.टनको परिमाणमा निर्यातको सिफारिस गरिएको विगतमा देखिन्छ ।

 

सुपारी फल्ने भनिएका जिल्ला झापा र मोरङका बगानमा यतिको परिमाणमा सुपारी फल्नु आश्चर्यजनक बताइन्छ, तर पूर्वी क्षेत्रमा वार्षिक करिब १५ हजार टन सुपारी उत्पादन हुने अनुमान छ ।

 

नेपाली सुपारी उत्पादनका लागि आफ्नै मौलिक पहिचान छ, तर बाह्य देशबाट आयात भएका सुपारीको बोलवालाले स्थानीय उत्पादनमा असर गरेको छ । नेपालमा उत्पादन हुने काँचो सुपारी कुल उत्पादनको करिब २० प्रतिशत मात्रै स्वदेशमा खपत हुने र बाँकी ८० प्रतिशत आर्थिक बर्ष २०६४–६५ देखि पूर्वी भन्सार नाकाबाट भारत निकासी गर्न सरकारले अनुमति दिँदै आएको छ ।

 

अहिले सबै खर्च र राजस्व तिरेर सुपारी ल्याउँदा मूल्यबाहेक प्रति किलो ९० रुपैयाँ खर्च लाग्छ । नेपालमा सुपारीको मूल्य हाल प्रति किलो २ सय ५० रुपैयाँ र भारतमा भारु २ सय २० रहेको छ । आयात गरिएको सुपारी महँगो भएपछि कानुनी रूपमा सुपारीको भारत निकासी कारोबार समेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...