ज्ञानेन्द्रलाई राजा बनाएरै छाड्छौं, कम्युनिष्टलाई सडकमा फालिदिन्छौं भन्दै राजेन्द्र लिङ्देनले यसो भने
ज्ञानेन्द्रलाई राजा बनाएरै छाड्छौं, कम्युनिष्टलाई सडकमा फालिदिन्छौं भन्दै राजेन्द्र लिङ्देन समुहले राजा ज्ञानेन्द्र बनाएरै छाड्ने तर्क (भिडियो सहित हेरी शेयर गर्नुहोस्)
काठमाडौं । राप्रपाका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाएरै छाड्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो उद्धघोष गरेका हुन्।
उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउनेसमेत घोषणा गरेका छन्। ज्ञानेन्द्रलाई राजालाई बनाएर कम्युनिष्ट सरकारलाई फालिदिने लिङ्देनको ठोकुवा छ ।
झुन्डिएर आत्महत्या गर्नु अगाडि दुईपटक बुवालाई फोन गरेर भनेकी थिइन्, ‘बुवा मलाई लिन आउनु’
एक नव विवाहित युवतीले आइतबार विहान भुण्डिर आत्महत्या गरेकी छन्। माइती पक्षले आफ्नी छोरी विमारी हुँदा भएको खर्च र चरित्रलाई लिएर बारम्बार यातना दिएपछि आत्महत्या गरेको दाबी गरेको छ। यातनाबाट प्रताडित भएर आत्महत्या गरेको माइतीपक्षको आरोप छ। यो भारतको इन्दोरको खबर हो।
खुडैन प्रहरी चौकीका अनिल यादवका अनुसार मृतक युवतीको नाम मनीषा गुर्जर हो। मनीषा घरको पछाडि झुण्डिएर आत्महात्या गरेकी हुन्। बुढी सासूले उनलाई बोलाउन पुग्दा मनीषाले आत्महत्या गरेको थाहा भएको थियो। २४ अप्रील २०१७ मा उनको विवाह हरीशसँग भएको थियो। हरीश दूध बेच्ने काम गर्छन्। दुवैका साँढे तीन महिनाकी छोरी छन्।
महेश गार्डमा आरक्षक तथा मृतकका भिनाजु देवेन्द्र गुर्जरले डेलिभरी भएको तीन महिना पहिला मनीषालाई झण्डिस भएको थियो। त्यसपछि उनलाई माइत पठाइएको थियो। बच्चीलाई जन्म दिएपछि उनलाई हेर्न सासू ससुरा गएनन्।
त्यसपछि मनीषाको बुवाले उनलाई श्रीमानको घरमा पुर्याइदिए। त्यसपछि सानी नानी विमारी भइन् उनको उपचार गर्न दश हजार रुपैयाँ लाग्यो। सानी नानीको उपचार गर्न पैसा खर्च भएपछि मनीषालाई घरका सदस्यले हेला गर्न थाले। शनिबार राति पनि सासू र नन्दले मनीषालाई पिट्न खोजेका थिए। उनलाई खाना खान पनि दिएनन्।
मनीषाले विहान पाँच बजे आफ्ना बुवालाई फोन गरेर बोलाएकी थिइन्। त्यसपछि उनले विहान सात बजे फेरि फोन गरेर आफूलाई लिन आउन भनेकी थिइन्। एक दिन अगाडि आफूमाथि भएको व्यवहारका विषयमा सबै बुवालाई जानकारी दिएकी थिइन्। छोरीको कुरा सुनेपछि बुवाले १२ बजेसम्ममा लिन आउने बताएका थिए। तर दश बजे नै छोरीले आत्महत्या गरेको खबर आयो।
यी हुन् राजेश हमालका आफ्नै ३ दिदीबहिनीहरु, जो नेपाल देखि अमेरिकासम्म ठुला डाक्टर छन् !
म परिवारमा प्रेग्नेन्सीका हिसाबले दोस्रो क्रममा जन्मिएको बच्चा हुँ तर सन्तानको हिसाबले म तेस्रो हुँ । कसरी भन्नुहुन्छ भने मेरा दुईजना दिदीहरु जुम्ल्याहा हुन् ।
बुबा चूडामणि हमाल, आमा रेणु हमाल । आमाको नाम ‘र’बाट सुरु भएकाले मेरो बुबाले सबै सन्तानको नाम ‘र’ बाटै राखिदिनुभयो । जुम्ल्याहा दिदीहरुको नाम रीता र रेखा राख्दिनुभयो । भाइको नाम राकेश । अनि कान्छी बहिनीको नाम रुपा भयो । त्यसैले पनि मलाई लाग्छ, मेरो परिवार नै महिलाप्रधान हो (हाँस्दै) ।
मेरी दिदी रीता ओम नर्सिङ होम, चाबहिलमा पेडेस्ट्रियन (बच्चाको डक्टर) छ । ऊ अहिले सिंहसँग बिहे गरेर रीता सिंह भएकी छ । अर्की दिदी रेखा अमेरिकामा छ । ऊ जिसीसँग बिहे गरेर रेखा जिसी भएकी छ ।
ऊ त्यता गाइनोकोलोजिस्ट छ । उसको श्रीमान् मेरो भिनाजु खगेन्द्र जिसी त्यहाँको इमिग्रेसन लयर हुनुहुन्छ । त्यस्तै अर्की बहिनी रुपा पनि अमेरिकामै छ । ऊ भने दाँतको डाक्टर । उसले अमेरिकी नागरिकसँगै बिहे गरेकी हो ।
दिदी–बहिनी सबै मेडिकल फिल्डमा छन् । उनीहरु सबै डक्टर । ‘टर’ त म पनि ‘टर’ नै हो तर ‘एक्टर’ । भाग्यवश, ‘कन्डक्टर’ भइनँ (लामो हाँसोसहित) । नत्र त्यहाँ पनि ‘टर’ त ‘टर’ नै आउथ्यो नि !
हामी पाँच जनाको परिवारमा एकआपसको माया र आत्मियता भयंकर छ । तर त्यो हुँदाहुँदै पनि हामी पाँच जनामा चार जना एकातिर म अर्कोतिर जस्तो छ । हातमा त म पनि हातमै छु तर चार वटा औँला पूरै जोडिएका छन् भने म बूढी औँलाजस्तो छु । यसको अर्थ मायाप्रेम र स्नेह कम होइन ।
तर उनीहरु चार जनाबीच जति संवाद हुन्छ, त्यति मसँग हुन्न । कारण, म फाल्तु गफ गर्न रुचाउँदिनँ । चार जनाबीच के छ, कसो छ जस्तो गफ चलिरहेको हुन्छ । कम्युनिकेसन बढ्ता गर्छन् उनीहरु । म आवश्यकतामा मात्रै गर्छु ।
सानोमा उनीहरुले मलाई एकदमै बदमास ठान्थे । चार–पाँच कक्षा पढ्दासम्म अलिकति जिद्दी ठान्थे मलाई । म आफ्नै तालको मान्छे थिएँ । उनीहरु चार–जना एउटा स्कुलमा पढ्दा म अर्कोमा पढ्थेँ । त्यही भएर पनि घर फर्कदा उनीहरुको गफ मिल्थ्यो ।
१–२ कक्षा पढ्दासम्म चारैजना महाराजगञ्जको भानुभक्त स्कुलमा पढ्दा म सेन्ट जेभियर्स जावलाखेलमा जान्थे । त्यसैले गफ गर्ने कुरा उनीहरुको कमन हुन्थ्यो । मेरो दिनभरिको लोकेसन, अनुभव र वातावरण अर्कै हुन्थ्यो, उनीहरुको अर्कै हुन्थ्यो । त्यही भएर पनि उनीहरुबीच बढी संवाद हुन्थ्यो ।
तर फेरि पारिवारिक हिसाबले हामी सबै निकै क्लोज थियौँ । घरमा एक जना सदस्य छैन भने हामी खानपिन गर्दैनथ्यौँ । पर्खेर भए पनि सबै सँगै बसेर खान्थ्यौँ । घुम्न पनि सँगै जान्थ्यौँ । बरु कहिलेकाहीँ आमाबाउले संख्या धेरै भयो भनेर एक चोटी तीन जना, एकचोटी दुई जना गरेर लानुहुन्थ्यो ।
प्राइमेरी लेभलसम्म पढ्दा अलिअलि झगडा पनि भइरहन्थ्यो दिदीबहिनीसँग । केही कुरा चित्त बुझेन भने झगडा हुन्थ्यो । म कराइदिन्थेँ अनि ‘ममी मलाई यसले यस्तो ग¥यो’ भन्दै कम्प्लेन गर्न पुगिहाल्थे उनीहरु । बच्चाबच्चीको पारा यस्तै त हो (हाँस्दै) ! बच्चाको झगडा पनि खुब गथ्र्यौं रे हामी ! खाटमा राख्दा चिथोराचिथोरी खुब हुन्थ्यो रे !
न्युयोर्कमा बस्ने रेखा दिदी अलि व्यवहारिक छैन । मेडिकल लाइनतिर लागेकाले कुकिङ–सुकिङमा त्यति परिपक्व छैन । जुन गुण मेरी आमामा थियो । अहिले रुपामा त्यो गुण देखिन्छ । रेखाकोमा गयो भने त्यति व्यवहारिक देखिँदैन ऊ तर त्यो उसको नेचर हो ।
तर हाम्रो परिवारमा सबैको नेचरको सम्मान छ । कोही यस्तै हुनुपर्छ भन्ने छैन । भए पनि ठीक छ, नभएपनि ठिकै छ । जस्तो, मेरो नेचर यस्तै हो । म त्यति च्याटिङ गर्न रुचाउँदिनँ । फाल्तु गफ गर्न रुचाउँदिनँ तर मेरो नेचर सबैलाई स्वीकार्य भइसक्यो । परिवारमा मलाई सबैले राजु भनेर बोलाउँछन् । उनीहरु सबैलाई थाहा छ, राजुको नेचर यस्तो छ । त्यसैले गुनासो भन्ने हुँदैन ।
म दसैँतिहार प्रायः समय बाँडेर मनाइरहेको हुन्छु । कहिले भाइटीका लाउन अमेरिका पुग्छु, कहिले नेपालमै लगाउँछु । यस पटक दसैँमा अमेरिका गइनँ, यतै दिदीकोमा गएँ । यसपालि भाइटीका यतै रीतासँग लगाउँछु ।
अस्ति दसैँमा टीका लाउन पनि गएको थिएँ, उसको घर बालुवाटार । रीताभन्दा पनि मेरी भाञ्जी आस्थासँग बढी भेटघाट हुन्छ मेरो । ऊ पनि डाक्टर बन्दैछ । एमडी पढ्न फिलिपिन्स गएकी छ अहिले ।
अमेरिकामै जाँदा पनि मलाई कहिलेकाहीँ दिदीबहिनी भेट्न मुस्किल पर्छ । टाढा–टाढा छ दुईजना बस्ने लोकेसन । तैपनि गएको बेलामा दुवैतिर जाने प्रयत्न भने गर्छु । यसपालि दसैँतिहारमा म नजानुको कारण, यही वर्षको मार्चमा म अमेरिका गएको थिएँ । दिदीसँगै बसेको थिएँ न्युयोर्कमा । बहिनी पनि त्यहीँ आएकी थियो । रमाइलो भेटघाट भएको थियो ।
यो सिस्टर्स र ब्रदर्स बीचको सम्बन्ध बडो अजिबको हुन्छ । घरमा सँगै बस्दा, सँगै हुर्कंदा सबै एक ढिक्का हुन्छौँ । हाम्रो रहनसहन परिवारकै रहनसहन हुन्छ तर जब सिस्टरहरुको बिहा हुन्छ, त्यसपछि सुरुमा हामीलाई के लाग्छ भने एउटा रहनसहन, एउटा परिवारबाट अर्कोमा जाँदा उनीहरुलाई कस्तो फिल भइरहेको होला !
तर बिस्तारै उनीहरु उताकै कुरामा अभ्यस्त हुँुदै जान्छन् । बिस्तारै उतैको वातावरण, उतैको रहनसहन, उतैको स्वादमा घुलमिल हुन्छन् ।
मेरी आमाले ६ वर्षको अन्तरालमा हामी पाँच जनालाई जन्म दिइसक्नुभएको थियो । त्यसैले हामी सबै उस्ताउस्तै देखिन्थ्यौँ । उमेरको अन्तर थाहा हुँदैनथ्यो । अहिले पनि हामीलाई हे¥यो भने को जेठो, को कान्छो छुट्ट्याउन गाह्रो हुन्छ । बरु सबैभन्दा कान्छो मै देखिन्छु होला ! (हाँस्दै)
दिदीबहिनीमा मेरो कान्छी बहिनी रुपा एकदमै भर्सटायल छ । रुपा हमालबाट अमेरिकी नागरिकसँग बिहे गरेपछि उ अहिले रुपा स्मिथ भएकी छ । भर्सटायलको मतलब ऊ अलि बढ्दा मान्छेहरुसँग घुलमिल गर्न सक्छ । उसकोमा जाँदा ऊ अलि व्यवहारिक जस्तो पनि देखिन्छे ।
सुरुसुरुमा आफ्नो घर छोडेर गएजस्तो लाग्छ, पछि १०–१५ वर्षपछि त्यही घरमा आउँदा पाहुना आएजस्तो लाग्छ । उनीहरुको आफ्नै वातावरण, आफ्नै किसिमको मनस्थिति भइसकेको हुन्छ ।
म त जीवनको एउटा विन्दुमा पुगिसकेको मान्छे हो । उमेरले २०–२२ वर्ष को मात्रै भए पनि संसारमा त्यो भन्दा बढी भोगेको छु (हाँस्दै) । यो सब नोस्टाल्जियाहरु सुरुमा एउटा लाग्छ पछि समयले ‘डिक्टेट’ गर्दै लान्छ । अनि त्यो ‘वन्स अपन अ टाइम’ जस्तो लाग्न थाल्छ ।
कुनैबेला म बस्ने घरमा सबै दाजुभाइ र दिदीबहिनी सँगै बसेर खान्थ्यौँ । अहिले त्यो इतिहासजस्तो लाग्छ । सायद मलाई मात्रै होइन यस्तो दिदीहरुलाई पनि हुन्छ । अमेरिका बस्ने दिदीबहिनी कहिलेकाहीँ नेपाल आउँछन् ।
आउँदा पनि बढी उनीहरु भाइकोमै बस्छन् । कारण, मैले अघि नै भनिसकेँ, खानपिनमा पनि मेरो आफ्नै तरिका छ । किचनमा के–के पाक्यो, त्यही–त्यही खाने भन्ने हुन्न मेरो । राजु यस्तै छ भन्ने सबैलाई थाहा छ ।
दिदीबहिनीसँगको मेरो सम्बन्ध कस्तो हो भनेर सोध्नुहुन्छ भने एकदमै आत्मिय हो । उहाँहरुलाई मेरो आवश्यकता परेको बेला म सधैँ तयार हुन्छु तर दिदीबहिनी भन्दैमा फजुलमा ‘के छ दिदी, ल दिदी म आएँ, त्यो परिकार मीठो बनाउनुहुन्छ ल खुवाउनुस् त, के छ, कसो छजस्तो गफ म गर्दिनँ ।
मलाई चिन्ने सबैलाई थाहा छ । म फोनमा आधा मिनेटभन्दा बढी गफ गर्दिनँ । मिडियासँग कुराकानी नै गर्नुप¥यो भने अर्कै कुरा । अरु त अरु मधु (श्रीमती)सँग पनि त्यस्तै हो । आज मौसम यस्तो, आज मैले यस्तो गरेँ, मेरो मुड खराब भयो जस्ता गफ म फोनमा गर्दिनँ ।
दिदीबहिनीसँग मेरो एकखालको अन्डस्टुड प्रेम छ । जस्तो दिदीहरुले कहिलेकाहीँ फोन गर्नुहुन्छ, फलानो मान्छेले तिमीसँग भेट्न चाहेको छ, मेरो साथी हो, भेटिदेऊ है ! त्यसपछि म भेटिदिन्छु ।
पहिले–पहिले फिल्म सुटिङका बेला कहिलेकाहीँ चोट लाग्थ्यो । घाइते भइन्थ्यो । त्यतिबेला सुटिङ लोकेसनबाटै म रीता दिदीलाई फोन गर्थें । त्यसपछि उपचार गराउन सिधै उहाँ काम गर्ने ओम हस्पिटल पुग्थेँ । रीता मेरो डाक्टर पनि हो ।
दिदीबहिनीसँग भेट हुँदा हामी बितेका कुरा त्यति गर्दैनौँ । नयाँनयाँ कुरा नै हुन्छ । म फेरि कोठे राजनीतिक गफ गर्न पनि रुचाउँदिनँ । बसेर चर्काचर्की गफ ग¥यो तर त्यसले कुनै परिणाम ल्याउँदैन । परिणामविहीन गफ म रुचाउँदिनँ । मेरो भाइ त्यस्तो गफ गर्न अलि रुचाउँछ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनमा ऊ अध्यक्ष छ ।
परम्परा, रीतिरिवाजलाई म कहिल्यै भुल्न हुँदैन भन्ने मान्छे हो किनभने त्यो तपाईंको संस्कृति, भावनासँग जोडिएको कुरा हो । हरेकलाई आफ्नो रीतिरिवाज र संस्कृति प्यारो लाग्छ । यस्तै कुराले त हो नि, मान्छेलाई अस्तित्व, बेग्लै परिचय दिने । हामी उभिनलाई दह्रो बनाउने जड त्यही त हो नि !
मलाई दसैँतिहार मनपर्छ किनभने योसँग पारिवारिक सम्बन्धको इतिहास छ । संस्कृतिको इतिहास छ । परम्पराको इतिहास छ । रीतिरिवाजको इतिहास छ तर दुःखलाग्दो कुरा के भने अहिले पर्वलाई औपचारिकताको रुपमा मात्रै मनाउन थालिएको छ ।
तर यो मनाउनलाई मात्रै मनाउने होइन । यसका केही गतिविधिले त साँच्चिकै केही माने राख्छन् नि, बुझ्ने हो भने । बरु नेपाली मूलका विदेशीहरुले यसलाई बढी ठेट रुपमा मनाउँछन् । मैले धेरै देखेको छु ।
अहिले भाइटीका पनि त्यस्तै भइसक्यो । मलाई त्यस्तै फिल हुन्छ । आमा हुँदाको जस्तो ठेट रुपमा मनाउँदैनौँ । पहिले त जानेको मान्छे छेउमैै हुन्थ्यो । यसो गर, उसो गर भनेर सबै सिकाइरहेको हुन्थ्यो । पुरै रनिङ कमेन्ट्री नै चल्थ्यो तर अहिले त्यस्तो हुन्न ।
अमेरिकामा दिदीबहिनीसँग भाइटीका लाउँदा अहिले त पूरै रमाइलो हुन्छ । ‘अब यस्तो गर्नुपर्ने हो क्यारे, ए तिम्ले बिर्सेऊ, जाँदाखेरी ओखर फोडेर जानुपथ्र्यो क्यारे’ जस्तो कुराहरु हुन्छन् । अरे र होला बढी चल्छ अचेल । त्यतिबेला आमा हुँदाको भाइटीका खुब मिस हुन्छ ।
अर्को रमाइलो कुरा के भने पहिले दिदीबहिनीबाट गिफ्ट पनि पाइन्थ्यो । मीठा खानेकुरा पनि पाइन्थ्यो । अनि पैसा दिनेबेलामा पनि आफ्नो खल्तीको जाँदैनथ्यो, आमाले लुकाएर खाम दिनुहुन्थ्यो ।
आफ्नो ड्युटी त्यो खाम पास गर्ने मात्रै हुन्थ्यो । अहिले त आफ्नै खल्तीबाट दिनुपर्छ । हरेक साल बजार र महँगीलाई मध्यनजर गर्दै अलिकति बढाउनु पनि पर्यो ! तिहारको रमाइलो क्या ! (हाँस्दै)
(शुक्रवारकर्मी अनिल यादवसँगको कुराकानीमा आधारित