पत्नी सीताको उपचारका लागि गृहमन्त्रीसहित म्याग्दी पुगे प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सोमबार बिहान म्याग्दीको तातोपानीमा पुगेका छन् । पत्नी सीता दाहालसहित अध्यक्ष प्रचण्ड तातोपानी पुगेका हुन् ।   पत्नी सीताको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष प्रचण्ड परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुग्नुभएको श्रोतले बताएको छ ।

 

म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ । सोही विश्वासका कारण मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

 

अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् ।  उनका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी जीवन संगिनी नैनकला थापा पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...