५० हजारमा बेचिँन्छन नेपाली चेली, मुख्य दलाल भारतीय



हाम्रो इकोनोमि

 

२१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए ।

 

 

दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो ।

 

उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो ।

 

उद्दार गरिएकामा झापाका १० जना छन् । कास्की, काभ्रे, सुनसरी, सप्तरी, कपिलवस्तु, दैलेख, मोरङका दुई÷दुई जना छन् । सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयपुर, रामेछाप, काठमाडौं, दाङ, इलाम, तेह्रथुमलगायकाका जिल्लाका एक÷एक जना रहेको माइती नेपालले जनाएको छ । उनीहरू कम्तीमा २१ वर्षदेखि बढीमा ४२ वर्षसम्मका छन् ।

 

उद्दारकर्ता माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार यी महिलालाई भारतको अवैध बाटोबाट खाडी मुलुकमा रोजगारीमा पठाउने भन्दै लगिएको थियो । पाण्डेले भने, ‘एकजना महिला पठाए वापत मुख्य दलालले खाडीका साहुबाट ४ लाख भारु पाउने रहेछन् ।

 

त्यो रकममध्ये काठमाडौंस्थित दलालको भागमा एक लाख, गाउँमा महिला सम्पर्क गराउनेदेखि दलालको सम्पर्कमा ल्याउनेलाई पाँच हजारदेखि २० हजार दिइने गरेको थियो ।’

 

सित्तैमा जान पाइने र मनग्गे कमाउने आशामा नेपाली महिला दलालको फन्दामा पर्ने गरेको माइती इण्डियाले जनाएको छ । यसरी लैजाने महिलालाई कुबेत, साउदीलगायतका खाडी मुलुकमा अवैध बाटोबाट पुर्‍याइने रहेछ । उद्दार गरिएकाहरूलाई दुई दिनदेखि दुई महिनासम्म नयाँ दिल्ली नजिकै गाजियाबादमा परिवारलाई सम्पर्क गर्न नदिएर राखिएको थियो ।

 

६ जना भन्दा बढी यसअघि गइसकेर फर्केका थिए । उद्दार गरिसकेपछि पनि उनीहरू दलालकै बचाउमा उत्रेका थिए । महिलालाई दलालले भारतीय बजारमा किनमेल गर्न जाने भन्दै बिर्तामोड, निजगढ, सुनौली, बर्दियालगायतका नाकाबाट भारत पुर्‍याएका थिए ।

 

 

मुख्य दलाल भारतीय

माइती इण्डियाका अनुसार केदार नामका भारतीयले नेपाली चेलीलाई भारती बाटो हुँदै खाडी मुलुकमा बेच्ने गरेको खुलेको छ । यो कार्यमा थप दुई भारतीय र २ जना नेपाली संलग्न गिरोह सक्रिय छ ।

 

यसअघि केदारले बेच्न लगेका मध्ये दिल्लीको महिपालबाट ५७ जना र पहाडगन्जबाट २४ जनाको उद्दार गरिएको थियो । उद्दार गरिएका २ जना महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले केदारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

 

 

गाजियावाद जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको पाण्डेले बताए । गिरोहका रहेका दुई नेपाली सदस्य फरार छन् । एक जना काठमाडौं र अर्का दुबइमा रहेकाले उनीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेको छ ।

 

कोठीबाट तीनको उद्दार

टोलीले भारतको नयाँ दिल्लीस्थित जीबीरोडको वेश्यालयमा बेचिएका तीन जना महिलाको पनि उद्दार गरेको छ । दुई जना सिन्धुपाल्चोक र एक जना नुवाकोटका छन् । उद्दार टोलीले केही दिन दिल्लीकै नारी निकेतनमा राखेर अन्य महिलासँगै नेपाल ल्याइएको थियो ।

 

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले १५ जना महिलालाई काठमाडौं, २१ जनालाई झापा, भैरहवा र मोरङको माइती नेपालमा पठाएर बाँकी ४ जनालाई नेपालगन्जमा राखेर काउन्सिलिङ गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...