डोल्पामा जीप दुर्घटनामा १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार



 

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गरे ।

 

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले  बताए । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

फाईल तस्विर

 

अज्ञात समूहको गोली प्रहारबाट बर्दियामा एकको मृत्यु

 

बर्दियाको बढैयाताल गाउँपालिका- ३ स्थित गोबरियामा अज्ञात समूहको आक्रमणबाट मारिएका ३५ वर्षीय मोहन खटिकको हत्या गोली हानी भएको प्रमाणित भएको छ। मृतकको एक्सरे रिपोर्टमा गोली देखिएपछि गोली हानिएको पुष्टि भएको हो।

 

पोष्टमार्टमका क्रममा शरीरभित्र गोली नभेटिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायव निरीक्षक विनयबहादुर चन्दले बताए। उनले भने,’ पेटमा प्वाल जस्तो देखिन्छ एक्सरे रिपोर्टमा गोलीजस्तो देखिएकाले गोली प्रहार गरिएको पुष्टि भएको हो।’

 

घटनामा कुन हतियार प्रयोग गरिएको भन्ने सन्दर्भमा अनुसन्धान भैरहेको छ। उनले थपे मृतक राँगा व्यापारी भएकाले लेनदेनको विषयमा विवाद भएको हुनसक्छ।

 

प्रहरीले घटना बारेमा गहन अनुसन्धान भैरहेकाले चाँडै सत्यतथ्य बाहिर आउने बताएको छ।सोमबार राति २ बजे भएको घटनाबाट घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि लगिएको थियो। बिहान ४:४० बजे अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

 

मृतक खटिककी श्रीमतीले गोली प्रहारबाट श्रीमानको हत्या भएको प्रहरीसमक्ष जानकारी गराएकी थिइन्। घटनाको छानविन गर्न घटनास्थलमा कुकुरको प्रयोग गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए। उनले भने,’ घटनाबारे शोधपुछका लागि ४ जना नियन्त्रणमा लिएका छौं।’

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा