विराटनगरमा प्रचण्डलाई भब्य स्वागत, भने मोदी नेपाल नआएपनि केहि फरक पर्दैन
विराटनगरमा नेकपाका कार्यकर्ताले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मालाले आखाँ हेर्नै गार्हो हुने गरि स्वागत गरिएको छ ।
उनीसंगै पुगेका पार्टी महासचिव विष्णु पाैडेललाई भने थोरै माला लगाइ दिएपनि अत्यन्तै खुशी देखिएका छन् ।
नेपालीहरुको महान दोश्रो चाड तिहार सुरु भएको छ आज कुकुर तिहार समेत परेको छ भने प्रचण्डलाई भव्य मालाले स्वागत गरेपछि उनी निकै हर्षित बनेका छन् ।
यसै क्रममा उनले पत्रकारहरुसंग कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदी नेपाल नआएपनि कुनै नयाँ समाचारको विषय नबन्नेर भनेर सनसनीपूर्ण कुरा गरेका छन् । खादा र मालाले उनलाई बाटो हेर्न समेत अप्ठेरो भएको सजिलै देख्न सकिन्छ ।
भने, महासचिव पाैडेलले प्रचण्डलाई अहिले व्यापक साथ दिइरहेकाले समेत प्रचण्डले पार्टीमा पूर्वएमालेका नेता कार्यकर्तालाई समेत आफ्नो चंगुलमा पारन सफल भएको भन्दै खवरहरु बाहिर आउन थालेका छन् ।
सरकार तीव्र गतिमा अघि बढिरहेको छ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको उनले बताए ।
अध्यक्ष प्रचण्डले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिलेनै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको बताए ।
केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझाव अनुसारनै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उनले पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको जानकारी दिए ।
सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले वर्षा सकिएकाले अब सरकारको काममा तीव्रता आउने धारणा व्यक्त गरे ।
सरकारको लोकप्रियता घटेको हो कि भन्ने प्रश्नको जवाफमा लोकप्रियता खोज्नेभन्दा पनि राष्ट्र र जनताको वृहत्तर हितका लागि वर्तमान सरकार दीर्घकालीन फाइदा हुने काममा लागेको बताए ।