दुनियाँ दशैँ-तिहारमा रमाउने बेला कमाउने छोरो बाकसमा आएपछि….



हाम्रो इकोनोमि

 

सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ ।

 

त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन् ।कमाउन गएको छोरो १० महिनापछि बाकसमा आउँदा कसको मनले थेग्ला र ? सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरको परिवार शोकमा मात्र छैन, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ ।

 

२६ वर्षको लक्का जवान जसले सात समुद्रपारिको भूमिमा प्रचण्ड घामको बेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुँडी खाउला, अलिक हेर्न हुने भए पनि घर बनाउला, स्वास्थ्य उपचार गराैँला र भाइबहिनी र छोराको शिक्षामा लगानी गरौंला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सीमित बनेको न्युज स्टाेरी अाजकाे राजधानी दैनिकमा छ ।

 

१० महिनाअघि काठमाडौंको एक म्यानपावरबाट हेल्पर काम गर्न मलेसिया पुगेका रतन मगरको दशैँको टीकाको दिन मृत्युको खबर आएपछि परिवार यतिबेला विक्षिप्त छ । दसैंको टीकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवारले आशा गरिरहेका थिए, त्यो स्वाभाविक पनि थियो ।

 

स्वदेशमै हुँदा त चाडबाडको बेला घरमा आउन नसक्दा फोनबाट दुःखसुखका कुरा हुन्छ । झन् विदेशमा रहेकाको नहुने कुरै भएन ।

 

कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौंला भन्ने सोचमा रतनकी २३ वर्षीया श्रीमती मीना थिइन् । त्यसो त उनी मात्र होइन, उनकी ५५ वर्षीया सासू मंगलीमाया मगरको पनि त्यही सोच थियो ।

 

टीकाको दिन छोरासँग कुरा गरौंला भन्ने उनको चाहना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहना पनि उही थियो । तर, त्यो चाहना पूरा हुन सकेन ।

 

हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गरिरहेका जापानीसहित चारजना पक्राउ

धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर उनीहरु धर्म प्रचारमा हिँडेका थिए ।

 

हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । स्थानीय पूर्ण पौडेलको टोलीले उनीहरुलाई नियन्त्रण लिएर वडा प्रहरी कार्यालयमा बुझाएको हो ।

 

बुटवलका सुकुम्बासी इसाई धर्म प्रचारका लागि ठूलो टोली नै खटिएको स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिराखेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्लीबहादुर मल्लले जानकारी दिए ।

 

उनीहरुले राहदानीसमेत साथमा नराखी धर्म प्रचारमा लागेको बताइएको छ । प्रहरीले कोठामा राखेको राहदानी ल्याउन आग्रह गरेको छ ।

 

बुटवलको सुकुम्बासी बस्तीहरुमा पछिल्लो समय धर्म प्रचारका गतिबिधि बढेका छ । प्रगतिनगरमा निशुल्क ट्युसन पढाउने भन्दै इसाई धर्मको प्रार्थना गराउने गरिएको स्थानीयले बताएका छन् ।

 

आइतबार पक्राउ परेका यी दुई महिला एक महिनादेखि धर्म प्रचारमा हिँडेको प्रहरीले जनाएको छ । धर्म परिवर्तन गराए वापत आर्थिक सहयोग गर्ने प्रलोभन देखाउने गरिएको स्थानीयले बताए ।

 

नेपाली एजेण्टको सहयोगमा धर्म प्रचारको गतिबिधि भएको हो । जर्वजस्ती वा आर्थिका प्रलोभनका धर्म परिवर्तन गर्न नपाइने कानुनी मान्यता रहेको छ ।

 

पक्राउ पर्नेमा जापानिज दुई महिला ४९ वर्षीया यासुको ओबा, ४५ वर्षीया मारी क्युरा छन् । त्यस्तै गोरखा घर भइ बुटवल बस्ने तीर्थमाया घले र तिलोत्तमाकी पुष्पा घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...