त्रिविमा लापरवाही : तलब सरकारी-पढाउने निजीमा, स्व. तुलाधरको अन्त्यष्टि आज



 

वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ । मष्तिस्कघातका कारण केही समययता बिरामी परेका तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकाक्रममा ७८ बर्षको उमेरमा निधन भएको हो ।

 

तत्कालीन बिद्रोही माओवादी र सरकारबीच मध्यस्थकर्ताको भूमिका निभाएका तुलाधर पूर्व मन्त्री समेत हुन् । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा उनी श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए ।

 

यसैबीच, स्वर्गीय तुलाधरप्रति सरकार र विभिन्न राजनीतिक दलका शीर्ष नेताले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस, नेकपाका शीर्ष नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रले राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज गुमाएको बताएका छन् ।

 

 

तुलाधरको शव अस्पतालबाट आइतबार निजी निवास लाजिम्पाट लगिएको छ । उनको परम्पराअनुसार सोमबार शोभा भगवतीमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ  । स्वर्गीय तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 

त्रिविमा प्राध्यापकहरूको लापरबाहीः तलब सरकारी, पढाउने निजीमा
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक–कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् ।

 

विमानस्थल स्तरोन्नतिको काम अघि बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रिह्याबिलिटेसन’को प्रक्रिया अघि बढेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग सोमबार निर्माण सम्झौता हुने भएको हो ।

 

कांग्रेसको केन्द्रीय समिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले कात्तिक २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।

 

 

कर्णालीका जनप्रतिनिधिको सेवासुविधा पारित
कर्णाली प्रदेशको सरकार गठन भएको नौ महीनापछि मुख्यमन्त्री, पदाधिकारी तथा सांसदको सेवासुविधासम्बन्धी विधेयक कर्णाली प्रदेशसभाबाट आइतबार पारित भएको छ । यो विधेयक पारित भएसँगै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सांसदलगायतका पदाधिकारीलाई सेवा सुविधा लिने बाटो खुल्नेछ ।

 

 

प्रदेशसभाले पारित गरेको विधेयक कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रुपमा लागू हुनेछ । विधेयकमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलको नेता, समितिका अध्यक्ष, प्रमुख सचेतक, सचेतक, सांसदहरुको पारिश्रमिक तथा सेवासुविधा तोकिएको छ । सांसदलाई नायब सुब्बासरहको स्वकीय सचिव नियुक्त गर्न विधेयकमा व्यवस्था गरिएको छ ।

 

 

कर्णाली प्रदेशका मुख्यमन्त्रीले मासिक पारिश्रमिकबापत रु ६० हजार ९७० मन्त्रीले रु ५२ हजार, राज्यमन्त्रीले रु ४९ हजार र सहायक मन्त्रीले रु ४७ हजार पारिश्रमिक पाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी  दिइन् ।

 

 

ष्ट्र बैंकले अर्ब बढी लगानी गर्ने 
नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४३ करोड १२ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि मुद्धती निक्षेपमा त्रैमासिकरुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ ।

 

 

बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी पेश गर्न आग्रह गरेको छ ।

 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु एक अर्ब १४ करोड ५० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकलाई रु २१ करोड ४६ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड १६ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले यही कात्तिक २० गते मङ्गलबार अपराह्न ३ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।

 

 

राप्रपा एकताका लागि निर्णय लिन अध्यक्षलाई अधिकार 
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशम्शेर जबरालाई दिएको छ ।

 

 

चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकमा अध्यक्ष राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलसँग एकताका लागि अहिलेसम्म भइरहेका अनौपचारिक छलफलबारे जानकारी गराएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

 

 

उक्त पार्टीले पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) सँग एकता गर्नका लागि समन्वय र सहकार्य गर्दै आएको छ ।

 

 

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट आइतबार पक्राउ गरिएको हो ।

 

 

आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले युगज्योति माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

 

विराटनगरको बुधनगर रेल आइपुग्यो 
भारतको बथनाबाट विराटनगरको बुधनगरस्थित कष्टम याडसम्म रेल आइपुगेको छ । आइतबार दिउँसो पौने दुई बजे बथनाबाट गुडेको रेल कष्टम याडमा पौने ३ बजे आइपुगेको हो ।

 

आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगरको कष्टम याडमा आइपुगेको हो । रेलमा भारतीय सरकार तथा भारतीय रेलवेका प्रतिनिधि सवार थिए ।
पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भइसकेको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ । तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ ।

 

 

निर्मलाको परिवारद्वारा आन्दोलनको घोषणा 
कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको एक सय दिन नाघिसक्दा समेत अपराधी पत्ता नलागेको भन्दै पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन् ।

 

 

कञ्चनपुरस्थित आफ्नै निवासमा  पत्रकार सम्मेलन गरी निर्मलाका परिवारले यही कात्तिक २५ गतेसम्म पनि अपराधी पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले यतिका दिनसम्म पनि छोरीको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन नसकेको भन्दै न्यायका लागि तिहारपछि आन्दोलनमा उत्रने जानकारी दिए ।

 

 

पिपिएल : पोखरा र चितवन फाइनलमा भिड्ने
पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आइतबार भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको हो ।

 

 

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा घरेलु टोली पोखराले भने यसअघिनै समूह चरणमा शीर्ष स्थानमा रहँदै मङ्गलबार हुने फाइनल खेलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताको विजेताले नगद रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

 

 

उक्त आयोजनाबारे आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) उच्च अधिकारीबीच प्रस्तुतीकरण गरिएको थियो । मन्त्री अधिकारीसहित सञ्चारकर्मीको टोलीले क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले गरिरहेको कामको स्थलगत अवलोकनसमेत गरेको थियो ।
 

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड रन्वे कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।

 

 

उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् । यसैकारण पठनपाठन प्रभावित भएको छ । सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने प्राध्यापकले ३/४ वटा कक्षा मात्रै लिइरहेको प्रतिवेदनले देखाएको छ । सातामा स्नातक तहलाई २४ र स्नातकोत्तरलाई २१ पिरियड पढाउनुपर्ने प्रावधान हटाएर क्रमशः १५ र १२ मा झारिएको थियो । सेमेस्टरमा १२ र ९ पिरियड पढाउनुपर्ने व्यवस्था छ ।

 

 

स्थायी प्राध्यापकको कार्यभार घटाउँदै जाने र अस्थायीरकरारमा नियुक्ति बढाउँदा त्रिविलाई आर्थिक भार थपिँदै गएको केन्द्रले औंल्याएको छ । त्रिविमा ७ हजार ९ सय २० प्राध्यापक छन् । तीमध्ये १ हजार ४ सय १० जनाले अन्य निकायमा अध्यापन गर्न अनुमति लिएका छन् ।

 

‘त्रिविका शिक्षकले तोकिएअनुसार क्याम्पसमा नपढाउने र हाजिर गरेर निजी कलेजहरूमा पढाउन गएको देखियो,’ केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भने, ‘अनुमति नलिई पढाउने शिक्षक पनि थुप्रै भेटिए, यसले गर्दा त्रिविका विद्यार्थीको पढाइमा बाधा पुगेको छ ।’,

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु