रारा घुम्न आएका मेयरसहित जनप्रतिनिधिले गरे कालीकोटमा बबाल, मेयरको टाउकोमा ५ टाँका, केहि घाइते



 

भ्रमणमा अाएको स्याङजाको चापाकोट नगपालिकाका टाेलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् । शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा घाइते भएका हुन् ।

 

घाइतेहरूलाइ अहिले जिल्ला अस्पतालमा उपचार गराइरहेको छ । नगरप्रमुख शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका, नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको स्रोतले जनायो ।

 

स्याङजाको टोलीको भक्तपुरबाट रारा भ्रमण आएको टोलीसँग च्याङग्राको मासु पोलेर खाने बेलामा अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको होटल स्रोतले बतायो ।

 

कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको हो । घटनाको यथार्थ बुझ्ने काम भइरहेको कार्कीले बताए ।

च्याङ्ग्राको मासु खाने विषयमा विवाद हुँदा स्याङ्जाका मेयर रारा तालमा कुटिए

स्याङ्जाका मेयर रारा तालमा कुटिएका छन् । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका शनिवार राति रक्सी खाएर विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।के भएको थियो ?

 

शनिवार राति करिब १० बजे मेयर गिरी सहितको टोली रारा ताल घुमेर फर्किएको थियो । राति कालिकोटमा रहेको सनलाइट होटलमा बास बस्न पुगेको थियो । मेयर गिरीको टोली स्याङजा बिहिवार रारा हिँँडेका थियो ।

 

होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेका थिए । भक्तपुर र काठमाण्डुबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो । होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षबीच झडप भएको डिएसपी शर्माले बताए ।

 

उनीहरुबीच राति वियरको बोतल र ढुङगा हानाहान भएको थियो । झडपमा परी नगर प्रमुख गिरीसहित उनका स्वकीय सचिव राजकुमार मल्ल र नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक घाइते भएका छन् ।

 

नगर प्रमुख गिरीको टाउकोमा ५ वटा टाँका, स्वीकय मल्ललाई १६ वटा टाँका लगाइएको र जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

 

भक्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोलीबीच मदिरा सेवन गरेर च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशब्द बोल्दै झगडा भएपछि कुटपिट गर्ने ८ जनालाई प्रहरी नियन्त्रणमा लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शर्माले बताए ।

 

रहस्यमय घटना : बुहारी खोज्न गएकी सासु र बुहारी सहित ६ जना मृत फेला

बुधबार साँझ बुहारी खोज्न भन्दै घरबाट निस्किएकी बैतडीको दोगडाकेदार गाउँपालिका ४ साउगाउँकी पार्वती भट्ट आज मृत फेला परेकी छिन् ।

 

५२ बर्षीया भट्ट दशरथभन्द नगरपालिका वडा नम्बर ४ को झल्कोट जङगलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । भट्ट सारीको डोरीमा झुन्डीएको घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गरीले जानकारी दिए ।

 

बुधबार साँझ बुहारी खोज्न घरबाट निस्केकी पार्वती बेपत्ता भएकी थिइन् । पार्वतीको बुहारी ३० बर्षीया निर्मला भट्ट भने बिहिबार बिहानै झुन्डीएकै अवस्थामै मृत भेटिएकी थिइन् ।

 

बुधबार दिउँसो घरबाट घास काट्न निस्केकी निर्मला साँझ सम्म नफर्केपछि उनकी सासु खोज्न गएकी थिइन् । घटना रहस्यमय भएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

यता काठमाडौं, गुल्मी, बाग्लुङ र लम्जुङमा शनिबार ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका९१३ बाफलस्थित प्रतिक्षालयमा काठमाडौं बनस्थली बस्ने ४९ वर्षीय रवि परियार शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

 

गुल्मी धुर्कोट गाउँपालिका-७ वाग्ला घर भएका ६० वर्षीय बलबहादुर बिक इस्मा गाउँपालिका-६ स्थित बाटोको छेउमा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

 

बाग्लुङ निसीखोला गाउँपालिका-५ किनारे बस्ने ५५ वर्षीय मनबहादुर आचार्य सोही गाउँपालिकास्थित सेखाबगरको जंगलमा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

 

लम्जुङ दोर्दी गाउँपालिका-२ बस्ने २७ वर्षीय राजन गुरुङ सोही स्थानमा रहेको प्यार्दि खोलाको बगरमा शनिबार बिहान मृत अबस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यसैगरी गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बस्ने ४७ वर्षीय राजकुमार महतोको शुक्रबार दिउसो करेन्ट लागेर मृत्यु भएको छ ।

 

आफ्नै घरमा मसला पिस्ने मिलमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भुमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

उता धादिङ र हुम्लामा शुक्रबार भएका छुट्टाछुट्टै आगलागीबाट करिब १ करोड ५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

 

धादिङ गजुरी गाउँपालिका –१ गजुरी बजार बस्ने लक्ष्मण तामाङको खाजा घरमा शुक्रबार राति आगलागी हुँदा पसलभित्र रहेका सरसामान, लत्ताकपडा, भाडावर्तन र अन्य जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

 

हुम्ला सिमीकोट गाउँपालिका९१ दोजाम बस्ने संजय लामाको कच्ची घरमा शुक्रबार राति आगलागी हुँदा घर‍, लत्ताकपडा, भाडाबर्तन तथा अन्नपात समेत जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा ४ वर्षीय बालकको ठाउको ठाउ लियो चितुवाले ज्या

 

अर्घाखाँचीमा कजना ४ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।शनिबार बेलुका ६ बजे आफ्नै घरको आँगनमा खेलिरहेका भूमिकास्थान नगरपालिका वडा नम्वर ९ गौचौरका माधवप्रसाद घिमिरेका ४ वर्षीय छोरा आर्यन घिमिरेलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो ।

 

चितुवाले एक्कासि आक्रमण गर्दा घाइते भएका ४ वर्षीय बालक आर्यनलाइ अस्पताल सन्धिखर्क लगिएको थियो ।

 

तर तत्काल जिल्ला अस्पताल लगिए पनि बचाउन नसकिएको अस्पताल स्रोतलाई उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालयले बताएको छ ।प्रमुख जिल्ला अधिकारी खिमराज भुसाका अनुसार उक्त चितुवा मार्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अहिले घटनास्थालमा परिचालन गरिएको छ । सुरक्षाकर्मी परिचालन गरिए पनि नरभक्षी चितुवा भने फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुवेतबाट काठमाण्डौ आउँदा आउँदै एक नेपालीको आकाशमै मृत्यु

  कुवेतबाट काठमाण्डौ आउँदै गरेको हिमालयन एयरको उडान नम्बर H9572  विमानमा सवार एक

धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप

    नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई

यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

    नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

    २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण