नेपाल आइपुग्यो रेलको इन्जिन, परीक्षण हेर्न सयौंको भीड, डेढ महिनापछि रेल चल्ने



हाम्रो इकोनोमि

 

नेपालीको रेल चढ्ने सपना र प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल गुडाउने सपना चाँडै नै साकार हुने देखिन थालेको छ ।

 

भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार रेलको इन्जिन परीक्षण गरिएको छ । बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो ।

 

रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरु भेला भएका थिए । नेपाली भूमिमा रेल भित्रिएको दृष्य सर्वसाधरणले निकै चासो दिएर हेरेरका छन् ।

 

उनीहरुले सरकारले बताउँदै आएको रेल गुडाउने आश्वासन अब व्यवहारमै पूरा हुन लागेको प्रतिक्रिया दिंदै आफूहरु आशातित बन्न थालेको बताएका छन् । यस क्षेत्रका सर्वसाधरणले आफ्नो क्षेत्रको कृषि उत्पादनको थप बजार विस्तारमा रेलमार्गले सघाउने विश्वास लिएको बताएका छन् ।

 

रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ । निर्माण कम्पनीका निर्देशक अश्विनीकुमारले अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने जानकारी दिएका छन् । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...