भारतीय माओवादीहरु तराईमा छ्यापछ्याप्ती, सीके राउतको अभियानलाई सघाउन हतियारसहित



 

सीके राउतको स्वतन्त्र मधेशको पृथकतावादी अभियानलाई सघाउन भारतीय नक्सलवादी माओवादीहरु तराईमा छ्याप्छयाप्ती भेटिन थालेका छन् ।

 

झण्डै पाँच हजारको संख्यामा धनुषादेखि सिरहा, सप्तरी  हुँदै तराईको चारकोसे झाड़ी र उदयपुरको चुरे आसपासका जंंगलमा क्याम्प राखि उनीहरुले गतिविधी गर्दै आएका छन्I स्थानीयका घर आसपासमा उनीहरु डेरा जमाएर बसिरहेको स्थानीय संचारकर्मीहरुले बताएका छन् ।

 

उनीहरुले गाउँगाउँमा नयाँ मानिस देखापर्ने बित्तिकै चेकजाँच गर्नुका साथै सवारी साधन समेत रोक्ने गरेका छन्।

 

यसअघि सशस्त्र द्धन्द्धका बेलामा देशभर माओवादीले चलाएको शैलीलाई भारतीय माओवादीले तराईमा गरिरहेको सम्झना पनि संचारकर्मीहरुले गर्ने गरेका छन् । हतियारसहित रहे पनि अहिलेसम्म स्थानीयहरुलाई भने दुःख नदिएको

 

सिके राउतको गतिविधीलाई नियालिरहेका सुनसरीका ति पत्रकारले बताए । उनले भने, ‘हतियारसहित उनीहरुको मुभमेन्ट कडा रहेको बुझ्न सकिन्छ तर उनीहरुले अहिलेसम्म स्थानियलाई दुःख भने दिएका छैनन् ।’

 

सीके राउत अहिले प्रहरी हिरासतमै छन् । तर उनको अभियान भने निकै सशक्त हुँदै गएको बुझ्न सकिन्छ ।

 

तराईमा भारतीय माओवादीका कार्यकर्ताहरुको गतिविधि बढ्दा समेत सरकारले भने चासो देखाएको पाइँदैन ।

 

तराईवासीसंग उस्तै रहनसहन र अनुहार हुने भएकाले भारतीय माओवादीलाई छुट्टाउन मुस्किल पर्छ ।

 

एक स्रोतका अनुसार उनीहरु अहिले आफ्नो शक्तिलाई फराकिलो बनाउँदै गइरहेका छन् । कुनै पनि बेला उनीहरु एक्सनमा आउन सक्छन् ।

 

कुनै समय थियो नेपालका माओवादीले भारतीय माओवादीसंग सहकार्य गरेका थिए । अहिले माओवादी नेकपाको नामबाट सरकारमा छ ।

 

माओवादी नै सरकारमा रहेका बेलामा भारतीय माओवादीले नेपालमा पृथकतावादी गतिविधिमा सहयोग बढाउँदै लैजानुलाई संयोग मात्र भन्ने वा कुनै अर्को चलखेल पनि हुन सक्छ भनेर बुझ्ने ?

 

केहि महिना अघि विप्लव नेतृत्वको नेकपाले पनि उदयपुर र सिरहाको जंगलमा लौरो तालिम भन्दै हातहतियारको तालिम दिएको थियो । अहिले भारतीय माओवादीको बिगबिगी छ ।

 

सीके राउतको हठ बढ्दो छ । संविधान दिवसको दिनमै सीके राउत र उनका समर्थकहरुले प्रदेश २ मा चर्कै विरोध गरेका थिए ।

 

प्रदेश २ का मुख्यमन्त्री लालबहाुर राउतले संविधान दिवस नै मनाएनन् । यो घटनाबारे प्रदेश २ को सरकारलाई जानकारी भयो भने कार्वाहीमा उत्रन्छ वा समर्थन गर्छ ?

 

अनि केन्द्र सरकारले गतिविधि नियालिरहेको हो भने एक्सनमा उत्रने तयारी गरिरहेको हो ? आफूलाई मन नपर्ने विषयमा विदेशमै कसैले बोल्यो भने कडा रुपमा प्रस्तुत हुन खोज्ने सरकारले मातृभूमिमा विदेशी आएर गलत गतिविधि गर्दा के गर्छ, हेर्न बाँकी छ?

 

गृहमन्त्रीले दिए ज्यान मार्ने धम्की, यस्तो छ कारण

प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् ।

 

गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै स्थानीयवासी आन्दोलित बनेका थिए । ठेकेदारलाई दवाव दिन आफूहरुले निर्माण कार्य अवरुद्ध बनाएपछि मन्त्रीले धम्की दिएको खनालको दावी छ ।

 

‘हिजो बिहान ९ः३३ बजे यसै प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्रीसमेत रहेका गौरादह नगरपालिका–३ मा बसोबास गर्ने हिक्मत कार्कीले एक्कासी फोन गरी तेरो बाउको बाटो हो ? बाटो छेक्ने अधिकार कसले दियो ? तँलाई आएर सिध्याइदिन्छु भनी ज्यान मार्ने धम्की दिएको हुँदा निजलाई कानूनको कठघरामा उभ्याइपाउँ,’ उजुरीमा निवेदकले भनेका छन् ।

 

तर, उजुरी लिएर आएका खनाललाई इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरिक्षक खड्गबहादुर खड्काले उल्टै हप्काइ दप्काई गरेका थिए । पछि प्रहरी नायव निरिक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए तर दर्ता नगरी गोजीमा हालेका छन् ।

 

यसअघि बुधबार २ देखि ३ बजेसम्म टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन व्यक्तिले खनालको घर घेरेका थिए । आफूलाई प्रदेशमन्त्री कार्कीको संरक्षण रहेको भन्दै उनीहरुले धम्की दिएको खनालले बताएका छन् ।

 

यस्तो छ विवादको चुरो

प्रदेश १ का मन्त्री कार्की गौरादह नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् । बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन विष्णु जेभीले गत जेठ महिनामा सम्झौताबमोजिम वेस ग्राभेल नगरी पिच गर्न खोजेको स्थानीयवासीको आरोप छ ।

 

उनीहरुले गिटी र ग्राभेल नहाली बाटो पिच गर्न नदिने अडान लिएपछि गौरादह नगरपालिकाका मेयर रोहित साहको रोहबरमा माटो हालेर बेस बनाइएको बाटो भत्काएर हाल गिटी हालिएको छ । स्थानीयले कात्तिक ११ गते गौरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका थिए ।

 

पिच गर्न लागेको बाटो स्थानीयको दबाबमा भत्काउनु पर्दा घाटा लाग्ने भन्दै ठेकेदारले गुनासो गरेका थिए । अहिले ठेकेदारले बाटो अलपत्र छोडेर हिँडेका छन् । ठेकेदारलाई कारवाही वा ठेक्का रद्द गर्नुपर्ने स्थानीय जनताको माग छ । तर, सडक डिभिजन कार्यालय दमकले ठेकेदारलाई कारबाही गर्न सकेको छैन ।

 

१९ महिनाअगाडि गरिएको सम्झौता बमोजिम सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न हुनु पर्ने छ । साढे सात किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न सरकारले ५ करोड ७२ लाख ४२ हजार ८ सय रुपयाँ बजेट बिनियोजन समेत गरिसकेको छ ।

 

सडक निर्माण योजना रोकिएपछि स्थानीयहरु आक्रोसित बनेको गौरादह वार्ड नं २ का टोल विकास समितिका अध्यक्ष राजन खनालले बताए ।

 

स्तरोन्नति गर्न लागिएको सो सडक अर्थमन्त्री डा. युवराज खतिवडाको गृह नगरमा पर्छ । तर, खतिवडाले भने यसमा कुनै चासो नदेखाई प्रदेश मन्त्री कार्कीकै भर परेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

 

मन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम सडक स्तरोन्नति हुने आश्वासन दिएका छन् तर, ठेकेदारको लापरवाहीको विषयमा बोलेका छैनन् । यस विवादका विषयमा मन्त्री कार्कीसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल