सावधान ! पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा एड्स र क्यान्सर
पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो तथ्य देखाएको हो । ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण देखिएको थियो ।
विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभीरएड्सको उच्च जोखिममा छ ।
अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने–‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभीरएड्स लगायतका अन्य रोग सर्न सक्छन ।’
कुनै पनि पशुले टोकेमा वा बाँदरले चिथोरेमा टिटानसको सुई लगाउने गरिन्छ । रेबिजको सुई लगाउने पनि गरेको पाइन्छ । तर, अनुसन्धानका क्रममा नेपालका बाँदरमा यो भन्दा पनि भिन्न प्रकारको उच्च जोखिम भएको भाइरस ‘हेर्पेस बी भाइरस’ फेला परेको डा. पुनले बताए ।
हेर्पेस बी भाइरसले इन्सेफ्लाइटिसको जोखिम अत्यधिक हुन्छ । यसको मृत्युदर मानिसमा ६० प्रतिशतसम्म भएको देखिएको छ । अनुसन्धानमा बाँदरको पिसाबमा अत्यधिक पाइने सिमिनियम ४० भाइरस पनि पाईएको छ ।
३९ मध्ये ३५ बाँदरमा सिमिनियम ४० भाइरस पाइएको थियो । यही भाइरसले क्यान्सर लाग्न महत्वपूर्ण भूमिका खेल्ने गरेको पाइएको छ ।
अनुसन्धानमा बाँदरले टोक्दा लाग्ने ¥याल वा चिथोर्दा सर्ने सिमिनियम फोमिग भाइरस पनि भेटिएको छ । यो भाइरस क्यान्सर र एचआइभी एड्ससँग सम्बन्धित रहेको बताईएको छ । यो भाईरस नेपाली बाँदरमा ९७ प्रतिशत देखिएको छ ।
चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या हो । त्यस्तै बाँदरले टोक्दा वा बाँदरको रगतबाट सर्ने सिमिन इमुनोदिफिसिन्सी भाइरस पनि भेटिएको छ । मानिसमा देखिँदै आएको एड्स पनि यही भाइरसको परिस्कृत रूप मानिन्छ । रेबिज भाइरस पनि नेपाली बाँदरमा देखिएको छ ।
रेबिजका कारण हालसम्म बाँदरको मृत्यु भएको तथ्यांक छैन । त्यसैले रेबिज बिरुद्धको खोप दिने गरिएको छैन । डा. पुनले भने–‘हुँदै नहुने भन्ने होइन, एकैपटक धेरै मानिसलाई टोकेको अवस्थामा खोप दिनुपर्ने हुन्छ ।’ डा. पुनले गाउँका भन्दा सहरका बाँदरबाट बढी समस्या देखिएको बताए ।
अस्पतालमा उपचार गराउन आउनेमध्ये सबैजसो पशुपति र स्वम्यभूका बाँदरले टोकेका मानिस रहेको उनले बताएका छन । यस्ता बाँदरले टोकेकोमा मानिसको स्वास्थ्यमा गम्भीर समस्या पर्ने उनको भनाइ छ ।
डा पुनले भने–‘मन्दिरका बाँदरहरू धेरै छुच्चा हुन्छन् । उनीहरूले जुनसुकै समयमा बाटोमा हिँडिरहेका मानिसलाई टोक्न सक्छन् । यस्ता बाँदरमा क्यान्सर र एचआइभी-एड्सको भाइरस रहेको पाइयो । त्यसैले बाँदरसँग जिस्कने र खानेकुरा दिनबाट टाढै बस्नुपर्छ ।’
बाँदरले टोकेका पाँचजना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन् । तीमध्ये अधिकांश स्वयम्भू र पशुपतिका बाँदरले टोकेका रहेको डा. पुनले बताए । पुनले भने–‘बाँदरको टोकाइबाट हुने यस्तो रोगबारे कसैलाई जानकारी थिएन । यो अनुसन्धानले सबैलाई सोच्न बाध्य बनाएको छ ।’
वन्यजन्तुविज्ञ डा. मुकेशकुमार चालिसेले बाँदर र मानिसमा उस्तै रोग हुने गरेको बताएका छन । चालिसेले भने–‘पशुपति र स्वम्यभूका बाँदर एकै प्रकारका हुन् । ५० बाँदरको क्षमता भएको पशुपति र स्वयम्भूमा नौ सय बाँदर हुँदा आहारको अभावमा उनीहरूले मानिसलाई आक्रमण गर्ने गरेको र त्यसबाट मानिसमा रोग सर्ने जोखिम रहेको छ ।’
मानिसमा जस्तै बाँदरलाई पनि जुका पर्ने, शरीरका विभिन्न भागमा दाद देखिने, ज्वरो आउने, निमोनिया हुने, झाडापखाला लाग्ने, क्यान्सर हुने, एचआइभी एड्सको संक्रमण हुने गर्दछ । डा. चालिसेले भने–‘धनुष्टंकार बाँदरमा पनि हुन्छ, यसले बाँदरलाई कुनै असर गर्दैन तर बाँदरबाट मानिसमा सर्न गएमा केही समयमै मानिसको मृत्यु हुन्छ ।’
पशुपति र स्वयम्भूमा छुट्टाछुट्टै बसेका बाँदरलाई समातेर परीक्षण गरिएको थियो । बाँदरको पिसाब, रगत, ¥याल परीक्षण गरिएको सरुवा रोग केन्द्रका डा. पुनले जानकारी दिएका छन । सो परीक्षणपछि मात्र बाँदरको टोकाइबाट क्यान्सर र एचआइभीरएड्सको जोखिम हुने पत्ता लागेको हो ।
नेपालका बाँदरमा क्यान्सर र एचआइभीरएड्सको भाइरस रहेकाले सचेत बन्न वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले सचेत गराएको डा.पुनले बताएका छन ।