१ करोड भन्दा बढी भारतीयले नेपाली नागरिकता पाउने, नेपाललाई भारतमा बिलय गराउने यस्तो छ खर्तनाक खेल
संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ ।
सांसदहरू प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने चिन्ता सरकारी अधिकारीहरू प्रकट गर्छन् ।
‘सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूलका लाखौं मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरकिताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठूलो उथलपुथल आउँछ,’ कानुनसेवाका एक उच्च अधिकारीले भने, ‘संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंवैधानिक छ ।’
तर १ करोद्ध भन्दाबढी भारतीयले नेपाली नागरिकता पाउने सम्भाबना छ । यस्तो हो भने नेपाल सिक्किम हुन सक्ने बिष्लेषकहरुको दाबी छ । कालन्तरमा नेपाललाई भारमा बिलय गराउने खेल सुरु भएको जानाकारहरु बताउछन ।
संविधानको धारा १४ मा ‘सार्क बाहेकका देशमा बसोबास गरेका’ नेपाली र तिनका सन्तानलाई मात्र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ ।
संसदमा पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ को दफावार छलफलका क्रममा सांसदद्वयले ऐनबाट ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका भन्ने शब्दहरू झिक्ने’ प्रस्ताव पेस गरेका हुन् ।
प्रधानमन्त्री ओली निवास फिर्ता
छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै शुक्रबार निवास फर्कनुभएको छ ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ४ः३० बजे अस्पताल भर्ना हुनुभएको थियो ।
प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आउनुभएको र उहाँले लिनुभएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाएको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताउनुभयो । प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा सायमीसँगै डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो ।
मन्त्रालय र आन्दोलनरत कर्मचारीबीच सहमति
सङ्घीय मामिला सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ । सिंहदरबारमा शुक्रबार भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिए ।
प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको बताए ।
कांग्रेसको चियापान : सहमतीय राजनीतिको आवश्यकतामा जोड
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन् । कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलापको नीतिको हिजो जति आवश्यकता थियो आज पनि त्यतिकै आवश्यक रहेको बताए ।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले चियापान कार्यक्रम अग्रज नेता बिपीले शुरु गरेको र पार्टीका लागि ऐतिहासिक महत्वको भएको बताए ।
नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले सहकार्यको संस्कृतिलाई विकास गर्न मद्दत गर्ने बताए । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको हितका लागि मेलमिलापको संस्कृति अझ अगाडि बढेर जानुपर्ने बताउँदै नेपालको राजनीतिक र भौगोलिक परिस्थितिअनुसार मेलमिलाप सधैँ आवश्यक हुने धारणा व्यक्त गरे ।
कांग्रेस महासमिति बैठक सर्न सक्ने
नेपाली कांग्रेसका महामन्त्री डा शङ्शाक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही दिनपछि सर्ने सम्भावना रहेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राविधिक कारणले महासमितिको बैठक एक÷दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी गराए ।
कांग्रेसको महासमिति बैठक आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो । कोइरालाले कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जानुपर्ने धारणा व्यक्त गरे । साथै आफू पार्टीको नेतृत्वमा आएमा पार्टीलाई एक ढिक्का बनाउन सक्ने सामथ्र्य राख्ने उनको भनाइ थियो ।
पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्त
प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाइएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाइ भौतिक पूर्वाधार मन्त्रालय आफैसँग राखेका छन् ।
मन्त्रिपरिषद्को दोस्रो वरियतामा रहेका स्थापितमाथि जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटकपटक अपमान गरेको आरोप लागेको छ । गत बुधबारको मन्त्रिपरिषद बैठकमा पनि मु्ख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको निष्क्रियताका कारण प्रदेश सरकारले गति लिन नसकेको विचार व्यक्त गरेपछि स्थापितले अभद्र व्यवहार गरेका थिए ।
चिकित्सकविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्षीय बालिकाको जबर्जस्ती करणीसम्बन्धी घटनाको अनुसन्धानको क्रममा गलत स्वास्थ्य प्रतिवेदन बनाउने जनकपुर अञ्चल अस्पतालका चिकित्सकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
इलाका प्रहरी कार्यालय, धनुषाबाट भदौ ८ गते अनुसन्धान भएको १२ वर्षीया बालिकाको जबर्जस्ती करणी भएको घटनाको अनुसन्धानको क्रममा सो अस्पतालका डा भिके सिंह भनिने विजयकुमार सिंह र डा रम्भा गोइतले पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत प्रतिवेदन दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
चिकित्सकले संवेदनशील रुपमा गर्नुपर्ने न्यूनतम कामसमेत नगरी चरम लापर्वाही गरी अनुसन्धान कार्यलाई प्रभावित गरी स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको तथ्य पीडितको सिराहा जिल्ला अस्पतालमा पुनःगरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले प्रमाणित भएको पाइएको छ ।
नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने
नयाँशक्ति पार्टी नेपालले नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्रबारे जानकारी गराउन एक महीने पूर्वपश्चिम जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार र बिहीबार चलेको पार्टीको १५औँ सङ्घीय बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संयोजक डा बाबुराम भट्टराईले आगामी माघ १५ देखि फागुन १५ गतेसम्म पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्मको एक हजार ७६५ किलोमिटर लामो जनजागरण यात्रा गरिने बताए ।
संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधन, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, स्थानीय तहको सवलीकरण, प्रदेशको पुनःसीमाङ्कन, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनःगठन र विदेशमा बस्ने नेपालीलाई मताधिकारलगायत सवालमा बृहत् जनजागरण अभियान सञ्चालन गरिने उनले बताए । बैठकले आगामी मङ्सिर १ देखि चैत ३० गतेसम्मको ‘पाँच महीना, पाँच काम र पाँच परिणाम’ कार्ययोजना तयारसमेत गरेको छ ।
हवाई सम्झौता नवीकरण
नेपाल र थाइल्याण्डबीच ४७ वर्षअघि भएको हवाई सम्झौता नवीकरण भएको छ । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नवीकरण गरेसँगै नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका छन् ।
ग्रान्ट अफ राइट्स, को–अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डन संगठनले निर्दिष्ट गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको हो । थाइल्याण्डको बैंककमा भएको प्रारम्भिक सम्झौतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्याण्डको नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरे ।
२२ लाख ५० हजारसहित एक पक्राउ
नागढुंगा प्रहरीले २२ लाख ५० हजार नेपाली रुपैंयाँसहित मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ६४७७ नं.को यात्रुवाहक बसमा लुकाइछिपाइ ल्याएको अवस्थामा प्रहरीले चेक जाँच गर्दा सो रकम फेला परेको हो ।
प्रहरी श्रोतका अनुसार उक्त रकम काठमाडौंमा अवैध सुन खरिद गर्नका लागि ल्याइएको थियो । ोही सुचनाका आधारमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालीका ४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार रुपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेको हो ।
एएफसीको अनुदान रकममा वृद्धि
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपालको फुटबल विकासका लागि एशियाली फुटबल महासङ्घ (एएफसी)बाट पाउने अनुदान रकममा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । मलेसियामा सम्पन्न एएफसीको २८ औँ काङ्ग्रेसपछि एन्फाले अब वार्षिक रु १४ करोड अनुदान पाउने भएको हो । यसअघि वार्षिक रु नौ करोड पाउँदै आएको थियो ।
एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले नेपालले पाउने अनुदानमा एएफसीले ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । उक्त सहयोग एन्फाले पूर्वाधार निर्माण, प्रशिक्षक शिक्षा, सञ्चालन खर्च गर्दै आएको छ ।
यसबाहेक उक्त संसोधन विधेयकमा अन्य २२ वटा संशोधन प्रस्ताव पनि पेस भएका छन्, जसमा आमा वा बाबु जुनसुकैका नामबाट सन्तानले नागरिकता लिन सक्ने र त्यसरी लिँदा नागरिकतामा ‘बाबुको पहिचान नखुलेको’ भनी उल्लेख गर्न नहुने प्रावधान समावेश गर्नुपर्ने प्रस्ताव गरिएको छ ।