भाजपा प्रदेश सचिव परिहारको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ । बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

 

अनिल र उनका भाइमाथि जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।

 

जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् ।

 

गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । तर बिजेपीको जम्मु–काश्मिर अध्यक्ष रवीन्द्र रैनाले गोली हान्ने आतंककारी भएको दाबी गरेका छन् । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...