पैसाको लोभमा महिलाको हत्या गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

शारदा नगरपालिका–८ मार्केको सिमखर्ककी ५० वर्षीया केवली नेपालीको हत्या गर्ने युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

 

चोरी गर्ने उद्देश्यले महिलाको घरमा गएर हत्या गर्ने शारदा नगरपालिका ८ सिमखर्क बस्ने १९ वर्षीय राजु भनि चिनिने बीरबहादुर बस्नेत रहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार असोज २५ गते राती ति युवकले महिलाको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।

 

श्रीमानको मृत्यु पश्चात मृतक नेपाली लामो समयदेखि तिन छोरा र दुई छोरीहरुसँग भारतमा बस्दै आएकी थिईन् । दसैँ मनाउन असोज २२ गते घर फर्किएकी थिईन् ।

 

 

भारतबाट दसैँ मनाउन आएकाले ति महिलासँग धेरै पैसा हुन सक्छ भनि चोरी गर्न गएका ति युवकले दुई सय रुपैयाँ मात्रै फेला पारेपछि महिलाको हत्या गरेको जनाइएको छ ।

 

नेपालीको घाँटीमा डोरी कसी धारिलो चक्कुले रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सल्यान प्रहरी प्रमुख डिएसपी बिरेन्द्रबहादुर शाहीले बताए ।

बलात्कारको आरोपमा पक्राउ

उदयपुर त्रियुगा नगरपालिका–१४ बस्ने ४५ वर्षीया बोल्न नसक्ने महिलालाई जंगलमा लगी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय किशोर नेपाली रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

यसैबीच तेह्रथुम छथर गाउँपालिका–१ आङदिम बस्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया बोल्न नसक्ने महिलालाई

 

विगत ३-४ महिना अगाडि जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा ५७ वर्षीय रुद्रबहादुर मगर, डम्बरबहादुर मगर र अजयकुमार मगर रहेका छन् । उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उपचार गर्ने निहुँमा निर्घात कुटपिट

स्याङ्जाको वालिङ्मा उपचार गर्ने निहुँमा एक पुजारीले युवतीलाई निर्घात कुटपिट र दुर्व्यवहार गरेका छन् ।

 

वालिङ नगरपालिका १४ डाडाँखर्क निवासी २१ वर्षीया खगीसरा कुवँरलाई आफूलाई झाँक्री बताउने रामबहादुर थापा (रितबहादुर) ले कुटपिट गरेका हुन् ।

 

कोजाग्रत पूर्णिमाका दिन भीरकोट ५ स्थित स्वरेक कालिका मन्दिरमा थापाले बिरामी भएकी २१ वर्षीया कुवँरलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेको बताइए पनि प्रहरीले भने निवेदन नदिएको जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शंकर आचार्यले पीडित पक्षले निवेदन नदिएको र यस बारेमा अनुसन्धान भइरहेको बताए ।

 

बुहारी मृत फेला, सासू बेपत्ता

बैतडीमा बुहारी घर नर्फकदा खोज्न गएकी सासू बेपत्ता भएकी छन् भने बुहारी मृत फेला परेकी छन् ।

 

बुधबार बिहान घाँस काट्न भनेर घरबाट निस्केकी दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारकी बुहारी निर्मला भट्ट साँझ पर्दा पनि नफर्केपछि सासू पार्वती भट्ट बुहारी खोज्न गएकी थिइन् ।

 

दुवैजना रातीसम्म पनि घर नफर्किएपछी घरपरवारका अन्य सदस्य खोजी गर्न जंगल गएका थिए । खोजी गर्ने क्रममा बुहारी ओडीगाउँ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

निर्मलालाई फेला पारे पनि पार्वती अहिलेसम्म फेला नपरेको प्रहरी चौकी खोचलेकका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले बताए ।

 

अहिले जिल्ला प्रहरी कार्यालय र खोचलेक प्रहरीचौकीबाट प्रहरी जंगलमा गएको जिल्ला प्रहरी कार्यलय बैतडीका डीएसपी नेत्रमणी गिरीले बताए ।घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडि बढाईएको गिरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...