प्रधानमन्त्रीको स्वास्थ्यमा हिजोभन्दा आज सुधार, ७२ घण्टा ‘अब्जरभेसन’मा राखिने



हाम्रो इकोनोमि

 

छातीमा संक्रमण भएपछि सोमवार विहानदेखि काठमाडौंको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सोमबार भन्दा मंगलबार बिहान सुधार भएको देखिएको चिकित्सकले बताए ।

 

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले उनको स्वास्थ्यमा केही सुधार देखिएको बताएकी छन् । स्वास्थ्य अवस्था बारेको विस्तृत विवरण भने औपचारिक रुपमा नै जारी गराउने उनले बताइन् ।

 

ओलीको स्वास्थ्य अवस्थाको पछिल्लो रिपोर्ट बिहान ९ बजेपछि आउने छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन १० बजेपछि पत्रकार सम्मेलन गर्ने तयारी छ ।

 

ओलीले सोमबार बेलुका र मंगलबार बिहान झोलिलो पदार्थ खाएका छन् । ओलीलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ । प्रधानमन्त्रीको गाला, अनुहार र छाती रातो भएको छ भने शरीर सुन्निएको छ ।

 

रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन ।

 

चिकित्सकका अनुसार स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । घ्यारघ्यारको सिकायत घटेको छ । प्रधानमन्त्रीलाई ७२ घन्टा अब्जरभेसनमा राखिने छ ।

 

प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो । दशैंको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

 

शुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...