प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : ज्वरो नियन्त्रणमा, सास फेर्न सहज



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

 

धानमन्त्रीको ज्वरो नियन्त्रणमा आएको छ भने सास फेर्न पनि सहज भएको छ ।चिकित्सका अनुसार अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज हुँदै गएको छ । तथापी, उनको छातीमा हल्का घ्यारघ्यार यथावत रहेको उनको स्वास्थ्य परीक्षणमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

 

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले अस्पताल भर्ना गरिएको थियो ।

 

उनलाई सोमबार विहान तीन बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।

 

भर्नापछि अस्पतालले सोमबार विहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताएको थियो । दिउँसो भने उनको अवस्थामा सुधार हुँदै गएको हो ।

 

‘अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निकै सुधार देखिएको छ । उहाँलाई ज्वरो छैन भने सास फेर्न पनि सजिलो हुँदै गएको छ, छातीको घ्यारघ्यार कम हुनुका साथै शरीरमा चिनीको मात्रा समेत नियन्त्रणमा छ’, उपचारमा संलग्न एक चिकित्सकले भने ।

 

ती चिकित्सका अनुसार उपचारमा संलग्न चिकित्सकको टोलीले अहिले चार बजे प्रधानमन्त्रीको पुन स्वास्थ्य परीक्षण गर्नेछन् । हाल प्रधानमन्त्री ओलीलाई सीसीयूमा राखेर उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...