प्रधानमन्त्रीका निजी चिकित्सक भन्छिन्– थप उपचारका लागि विदेश लैजानु पर्दैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा दिब्या सिंहले उनलाई थप उपचारका लागि विदेश लानु नपर्ने बताएकी छिन् ।

 

ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र थप उपचारका लागि विदेश लैजानु पर्ने अवस्था नरहेको सोमबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

 

सिंहले प्रधानमन्त्रीको छातिमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः ३० मा त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको  बताइन् ।

 

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि एन्टीबायोटिक औषधीको डोज पुरा नहुन्जेलसम्म अस्पतालमै राखिने उनले बताइन् ।

 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टरसन्त दास सम्मिलित टोली प्रधानमन्त्रीको उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...