प्रधानमन्त्रीका निजी चिकित्सक भन्छिन्– थप उपचारका लागि विदेश लैजानु पर्दैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा दिब्या सिंहले उनलाई थप उपचारका लागि विदेश लानु नपर्ने बताएकी छिन् ।

 

ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र थप उपचारका लागि विदेश लैजानु पर्ने अवस्था नरहेको सोमबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

 

सिंहले प्रधानमन्त्रीको छातिमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः ३० मा त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको  बताइन् ।

 

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि एन्टीबायोटिक औषधीको डोज पुरा नहुन्जेलसम्म अस्पतालमै राखिने उनले बताइन् ।

 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टरसन्त दास सम्मिलित टोली प्रधानमन्त्रीको उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...