भक्तपुरको १८ वर्षीया युवती उषा थापा अपहरणमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर खड्का युवती अपहरणकाण्डमा पक्राउ परेका छन् । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलकी १८ वर्षीया युवती उषा थापालाई अपहरण गरेको अभियोगमा प्रहरीले नेकपाका स्थानीय नेता ईश्वर खड्कालाई हिरासतमा राखेको हो ।

 

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीका नेकपाका नेता ईश्वर खड्काले उषा थापालाई अपहरण गरेको भन्दै महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी परेको थियो । कात्तिक ५ गतेदेखि हराइरहेकी उषाका बावु माधव थापाले छोरी अपहरण गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।

 

कोही नभएको मौका छोपी घरबाट निस्किएकी उषाको अहिलेसम्म अत्तोपत्तो छैन । उषाका बुवा माधव थापाले आफ्नै साला नाता पर्ने ईश्वर खड्काले छोरीलाई अपहरण गरेको भन्दै जगाती प्रहरी वृत्तमा किटानी जाहेरी दिएपछि प्रहरीले नेकपाका नेता ईश्वर खड्कालाई हिरासतमा राखेर अनुसन्धान थालेको नायब उपरीक्षक शिशु शर्माले बताए ।

 

ईश्वर खड्का तत्कालीन नेकपा (एमाले)को खेलकुद महासंघको भक्तपुर सचिव भइसकेका व्यक्ति हुन् ।

 

युवती उषा थापा र नेकपाका नेता ईश्वर खड्काबीच फेसबुक मेसेञ्जरमा कुराकानी भएको आधारमा प्रहरीले ईश्वर खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको डिएसपी शर्माले बताए ।

 

फेसबुक मेसेञ्जरको च्याटिङमा नाताले मामा भाञ्जी पर्ने भएपनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग सहित उषा थापा र ईश्वर खड्काबीच अन्तरंग कुराकानी भएको अनुसन्धानबाट देखिएको डिएसपी शर्माले बताएका छन् ।

 

च्याटिङमा नेकपाका नेता ईश्वर खड्काले भाञ्जी उषा थापालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत फेला परेको छ । नेकपाका नेता ईश्वर खड्काले नै आफ्नी छोरी उषा थापालाई केटा लगाएर अपहरण गर्न लगाएको उषाका बुवा माधव थापाले आरोप लगाएका छन् ।

 

प्रहरीले उषा थापा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुईवटा अलग अलग चिठ्ठी बरामद गरेको छ । चिट्ठीमा मामा ९ईश्वर खड्का०को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

 

प्रहरीले हराइरहेकी उषा थापाको नयाँ फेसबुक अकाउन्ट पहिचान गरेको छ । अकाउन्टबाट उषा थापाले सिपाडोलकै आफ्नी एक साथीलाई आफू ओखलढुंगा रहेको जानकारी दिएको प्रहरीले उल्लेख गरेको छ ।

 

नेकपाका नेता समेत रहेका मामा पर्ने ईश्वर खड्कासँगको प्रेममा परेकी उषा थापा भक्तपुरको सिपाडोलकै शान्ति निकेतन माविमा कक्षा ९ पढ्दै थिइन् ।

 

आफ्नै भाञ्जी उषा थापासँग प्रेमसम्बन्धमा परेका ईश्वर खड्कालाई बचाउन सत्तारुढ नेकपा स्थानीय सांसददेखि नेता, मेयरलगायत उच्च राजनीतिक नेतृत्व सक्रिय भएर लागेको छ ।

 

नेकपाका नेताहरुको दवावका कारण प्रहरीले ईश्वर खड्कालाई उषा थापाको अपहरणको मुद्दाबाट हटाएर बचाउन साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुवा माधवले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...