छोराको शबलाई हेर्दै आमाले ‘बाबु मलाई पनि चाँडै लिन आउ’ भनेपछि को रोएन ?



हाम्रो इकोनोमि

 

शनिवार सडक दुर्घटनामा परि निधन भएका नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश ३का संयोजक विनोद कार्कीलाई आमा फुलकुमारीले हेर्न पनि पाएकी थिइनन। काभ्रेपलाञ्चोक नमोबुद्धबाट आमा फुलकुमारी मृतक छोराको शब हेर्न भनेर काठमाडौं अनामनगरको ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय आइपुगिन।

 

उनलाई कान्छो छोराले साथ दिएर ल्याएका थिए। बुहारी अचेत अवस्थामै पतिको पार्थिव शरीर राखेको ठाउँमा आइपुगेकी थिइन। एक छोरा र एक छोरी पनि हजुरआमाको साथमै बुबाको अन्तिम दर्शनका लागि आएका थिए।

 

नेपाली कांग्रेसका नेताहरु महामन्त्री पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, ज्ञानेन्द्र कार्की, डा शेखर कोइराला, सुरेन्द्र पाण्डे, रमेश लेखक, डीना उपाध्याय ट्रेड युनियनको बसिरहेका थकार्यालयमा कार्कीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएर बसिरहेका थिए।

 

ट्रेड युनियनका पूर्व अध्यक्ष लक्ष्मण बस्नेत खिलनाथ दाहाल र अध्यक्ष पुस्कर आचार्य सहितका कार्यसमितिका पदाधिकारीहरु र ट्रेड युनियनकर्मीहरु कार्कीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिइरहेका थिए।

 

 

कार्कीको आमा मेरो बाबु भन्दै छोराको पार्थिव शरीरमा अगाँलो हालेर रुन थालिन। छोरा घाइते मात्र भएको खबर दिइएको थियो। आमाको मन न हो अनेक कुरा खेल्न थालेपछि उनले थप सोध्न थालिन परिवारले धेरैसमय लुकाउन सकेन।

 

आखिर लुक्ने कुरा पनि थिएन क पटक त भन्नै परिहाल्थ्यो। छोराको निधनको खबर आमाले पाएपछि उनको आँखा एक क्षण पनि आँसुले नभिजेको छैन। श्रीमती पटक पटक मुर्छित भइरहेकी छिन। परिवारका अन्य सदस्यहरु पनि असीम पीडामा छन्।

 

उमेरले ८ दशक हुन थालेकी ७८ बर्षिय आमा फुलकुमारी आफ्नो आँखा अगाडी छोरा कहिल्यै नउठ्ने गरि सुतेको देखेर सहने सक्ने अवस्थामा थिइनन। उनी छोरालाई मेरो बाबु भनेर पुकार्न मात्र सक्थिन।

 

छोरा जवाफ दिने अवस्थामा थिएन। आमाले एकोहोरो बोलाइरहँदा निष्प्राण छोरो अहिल्यै आमा भन्दै उठोस जस्तो लाग्ने तर अवस्था त्यस्तो थिएन।

 

बुढेसकालका आमा बालाई आफूहरु छोराछोरीको काखमा मर्न पाए हुन्थ्यो भन्ने लाग्छ भन्छन उमेर पुगेका बा आमाहरु तर आफ्नो आँखा अगाडी अझ काखैमा आफ्ना सन्तान गुमाएको कोहि पनि बाबु आमा सहदैनन। फुलकुमारीलाई पनि आफूलाई काँध दिनुपर्ने छोरा नै दुर्घटनामा परि स्वर्गे भएपछि थोरै पीडा भएको छैन। उनको पीडा उनकै अभिव्यक्तिमा देखियो।

 

 

आमा फुलकुमारी ट्रेड युनियनको केन्द्रीय कार्यालयमा शोक प्रकट गरिरहँदा त्यहाँ रहेका सबैको आँखामा आँसु छचल्किरहेको थियो। आँसु झार्दा झार्दा थाकेका आँखा तथा रुदारुदा सुकेको स्वरबाट फुलकुमारीको एउटा पीडा मिश्रीत पुकारा आएको थियो। बाबु मलाई छोडेर तिमि एक्लै जान पाउन्नौ। मलाई लिन तिमि चाँडै आउ बाबु।

 

छोरालाई लिन आउन पुकारा गरिरहँदा ट्रेड युनियनकर्मीहरु कार्कीको दाहसंस्कारका लागि पशुपतितर्फ अघी बढेका थिए। सबैको आँसु भरिएको आँखाले क्रियाशिल ट्रेड युनियनकर्मीको अल्पायुमै भएको दुखद दुर्घटनामा श्रद्धाञ्जली अर्पण गरिरहेको थियो। अलविदा ट्रेड युनियनका नेता विनोद कार्की।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...