रायोकाे साग खानुहाेस् , यी २० खतरनाक राेगबाट छुटकारा पाउनुहाेस्



 

सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।

 

तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

 

 

जोर्नी र हड्डी बलियो बनाउँछ

रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

 

महिनावारीमा राहत दिन्छ

रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

 

शरीरका विकार फाल्छ

रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तŒवले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

 

स्मरणशक्ति बढाउँछ

उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

 

आँखा तेजिलो बनाउँछ

रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

 

मुटु बलियो बनाउँछ

मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

 

क्यान्सरबाट जोगाउँछ

रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

 

डन्डीफोर कम गर्छ

रायोको सागमा पाइने तŒवले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

 

गर्भवतीलाई लाभ गर्छ

गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।

 

रुघाखोकीबाट जोगाउँछ

रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

 

पत्थरी हुन दिँदैन

पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

 

बाथका रोगीलाई राहत दिन्छ

रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

 

र यो पनि
खाली पेटमा किशमिश पानी खाँदा यस्तो फाईदा

एजेन्सी । किशमिशमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ । यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

 

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किशमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ ।

 

यसरी बनाउँहोस् किशमिशको पानीः

एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किशमिश हाल्नुहोस् र रातभरी छोडिदिनुहोस् । बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किशमिशलाई मज्जाले चपाएर खानुहोस् ।

 

किशमिश एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

 

किशमिशमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ ।

 

किशमिशमा एन्टिब्याक्टेरियल गुण हुन्छ । जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।
किशमिशमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।

 

यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किशमिश र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।
किशमिशमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

 

चाणक्य भन्छन्- जवान महिलाले कहिल्यै भुल्नुहुँदैन यी ६ कुरा

कहिलेकाँही हाम्रो जीवनमा यस्तो हुन्छ कि हामी जीवनमा आफ्नो लागि एकदमै खुसी हुन्छौं ।

 

खुसीको बेला हामीले धेरै कुरा भुलिरहेका हुन्छौं, जसले जीवनमा दिर्घकालीन असर पुर्‍याउँछ । चाणक्य नीतिमा यस्ता धेरै जीवनपयोगी सन्दर्भहरु उल्लेख गरिएका छन् । यहाँ भने जवान महिलाले जवानीमा कहिल्यै भुल्न नहुने कुराहरुबारे उल्लेख गरिनेछ ।

 

१. शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक स्थानमा सम्मान पाउँछ । शिक्षाले सुन्दरता र यौवनलाई नै परास्त गरिदिन्छ ।

२. आफ्नो रहस्यबारे अरु कसैलाई पनि भन्नु हुँदैन । यस्तो बानीले तपाईलाई बरबार बनाउँछ ।

 

३. हामीले विगतको बारेमा कहिल्यै पश्चात्ताप गर्नुहुँदैन । त्यसो त भविष्यको बारेमा पनि अनावश्यक चिन्ता लिएर केही हुँदैन । विवेकशील मानिसले हरसमय वर्तमानमा राम्रो गर्नुपर्छ, वर्तमानलाई आफ्नो पकडमा राख्नुपर्छ ।

 

४. कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफैंलाई तीन वटा प्रश्न गर्नुहोस्- म यो के काम गरिरहेछु वा गर्नेछु, यसको परिणाम के हुन सक्छ र म यसमा सफल हुन्छु कि हुँदिनँ ?

 

५. एकपटक कुनै काम सुरु गरेपछि मनबाट असफलताको डर निकाल्दिनुहोस् । डरलाई त्याग्नुहोस् किनकी इमान्दारिताका साथ काम गर्ने मानिस सधै‌ खुसी हुन्छ र सफल पनि ।

 

६. खराब मित्रलाई कहिल्यै विश्वास नगर्नुहोस् । असल साथीलाई आवश्यकताभन्दा बढी विश्वास नगर्नुहोस् किनकी कुनै दिन उनीहरु रिसाएको दिन सबै रहस्य खोलिदिनेछन् ।

 

अनौठो जागिर, जहाँ पोर्न फिल्म हेर्नेलाई यति दिइन्छ तलब !

विश्वमा अनेकौ खालको जागिरहरु गर्ने गरेको पाहिन्छ, कुनै राम्रा, त कुनै नराम्रा । डेनमार्कको एक पबमा पनि यस्तै एक जागिर छ जहाँ तपाईले त्यहाँ बसेर पोर्न फिल्म हेर्नुपर्छ हुन्छ । सो कम गरेवापत तपाईले २ लाख रुपैयाँ प्रति महिना तलब पाउनु हुनेछ । यस पबमा हजार भन्दा बढी कामदारको माग रहेको छ ।

 

खबरका अनुसार डेनमार्कको आरहुसमा एक हार्नस्लेथ बार छ । जहाँ पोर्न हेर्नेलाई धमाधम भर्ती गरिदैछ । बारले आफ्नो फेसबुक पेजबाट एक विज्ञापन सार्वजनिक गर्दै पोर्न हेर्नमा सौखिन मानिसहरु मागेको छ । यति मात्रै होइन् यो जागिरमा कामदारले आफूले मनपर्ने पोर्न डिभिडी पनि हेर्न पाउनेछ ।

 

यो बारमा पोर्न हेर्ने समय २० घण्टा तोकिएको छ । पब बारका मालिकलाई तपाईले किन पोर्न हेर्नका लागि मात्रै जागिर खोल्नुभयो भन्ने प्रश्नमा उनले भने– म मेरो पब बार चर्चामा आओस भन्ने चाहन्छु । यसैकारण यो तरिका अपनाए ।

 

यो जागिर खान आवेदन दिनेको उमेर १८ वर्ष कटेको हुनुपर्नेछ । यति मात्रै होइन यो जागिरमा छानिएकालाई पीजे अर्थात पोर्न व्याय भनेर बोलाइने छ । यद्यपी यो विज्ञापन पढेर आवेदनको दिनेको घुइँचो लागेको समाचारमा उल्लेख छ । चाँडै आवेदहरुको अन्तर्वार्ता लिन सुरु गरिनेछ ।

 

यी देशमा महिनावारीका बेला महिलालाई विदा दिइन्छ

महिनावारी हुनु भनेको एक प्राकृतिक प्रक्रिया हो। एक वयस्क युवती सन्तान उत्पादन क्षमता परिपक्क भयो भन्ने कुरा महिनावारी भएपछि बुझिन्छ। तर नेपालमा महिनावारी भएको बेला महिलालाई गर्ने व्यवहार सस्कार परम्परा निकै संकुचित छ ।

 

प्राकृतिक रुपमा पाएको कुरालाई परम्परा सस्कार संग जोडेर स्याहार सुसार भन्दा बढी अपहेलना घृणा तिरस्कार गर्ने चलन अझै पनि हटिसकेको छैन ।

 

यस्तो बेलामा शारीरिक रुपमामा महिला कम्जोर हुने गर्दछन् जुन बेला अन्य समयमा भन्दा बढी ख्याल गर्नु पर्ने हुन्छ । तर विश्वका केही देशहरुमा भने महिनावारीका बेला महिलालाई विदा दिइन्छ ।

 

महिनावारीका बेला हुने समस्याका कारण उनीहरुले काम गर्न असहज हुने भन्दै यस विषयमा सबैभन्दा पहिले जापानमा आवाज उठाइएको हो । त्यसपछि सन् १९४७ मा यहाँ महिलाहरुलाई महिनावारीका समयमा विदा दिने कानुन बन्यो ।

 

यहाँ महिनावारी भएका बेला महिलाले विदा लिने वा सो दिन काम गरेर विदाको दिनको थप ज्याला लिने दुईमा एक रोज्न पाउँछन् । रमाइलो कुरा यहाँका महिलाले महिनावारीका बेला विदा भने लिँदैनन् किनकि उनीहरुमा यसरी विदा लिँदा समाजले हेय दृष्टिले हेर्ने मान्यता छ ।

 

इण्डोनेसियामा पनि १९४८ मै महिलालाई महिनावारीका बेला विदा दिने कानुन बनेको हो । यहाँ महिलाले महिनावारीका बेला २ दिन विदा लिन सक्छन् । यहाँ यो कानुन पालना नगर्ने कम्पनीलाई मानसिक दुव्र्यवहारको आरोपमा कारवाही गरिन्छ ।

 

ताइवानमा २०१३ मा महिलाहरुलाई महिनावारीका बेला विदा दिने प्रचलन सुरु गरियो । यहाँ महिलाहरुले महिनावारीका बेला घरबाटै काम गर्न चाहेमा भने गर्न सक्छन् ।

 

सो वापत यहाँ ओभरटाइम दिने प्रचलन छ । दक्षिण कोरियामा २००१ मा महिलालाई महिनावारीका बेला विदा दिने प्रचलन सुरु भएको हो । यहाँका महिलाले महिनावारीका बेला १ दिन विदा पाउँछन्।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा