नेकपा फुटाउने खेल सुरु, को को छन यस्तो खेलमा, भारतको पनि हात



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र महाकाली प्रकरण दोहो¥याउने खेल सुरु भएको छ । ०५४ सालमा घटेको महाकाली प्रकरणले अन्तत : तत्कालिन एमाले विभाजित भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाचौं वरीयतामा रहेका नेता वामदेव गौतमको योजनामा महाकाली प्रकरण दोहो¥याउने खेल सुरु भएको हो ।

 

नेकपाका नेता वामदेव गौतम ०७४ मंसिरमा भएको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट करीब ८ सय मतको अन्तरले नेपाली कांग्रेसका संजय गौतमस“ग पराजित भएका थिए ।
निर्वाचनमा पराजय भोगे लगत्तै गौतमले निकटस्थहरुस“ग पार्टीकै गुप्त योजनामा आफुलाई हराइएको अभिव्यक्ति दि“दै आएका छन् ।

 

यसपछि कुनै न कुनै बहानामा उनी संसदमा छिर्ने योजनामा थिए । त्यसका लागि उनले डोल्पा, रुकुम पश्चिमलगायतमा एक दर्जन निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्न लामै कोशिश गरे । डोल्पाबाट निर्वाचित भएर गौतमकै कोटाबाट हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका धनबहादुर बुढाले गौतमका लागि ठा“उ खाली गरिदिने बचन समेत दिएका थिए ।

 

डोल्पाबाट निर्वाचन लड्ने सुरसारमा गौतमले आफ्नो विश्वास पात्र अवदेश बिष्टलाई त्यहा“को प्रहरी प्रमुखमा सरुवा समेत गरे । अन्तिममा कहि“बाट केही गड्बढी भयो । बुढा गौतमका लागि ठा“उ खाली नगर्ने मनस्थितिमा पुगे । र, एक पटक मतदाताको मनसाय बुझेर आ“उछु भनेर जिल्ला गएका उनले राजीनामा नदिने घोषणा गरे ।

 

यसपछि गौतमले रुकुम पश्चिम ताकेका थिए । जहा“बाट निर्वाचित सांसद कमला रोकालाई ठा“उ खाली गरिदिन आग्रह गरियो । त्यसका लागि रोकालाई प्रचण्डले नै गौतमका लागि ठा“उ खाली गरिदिन भनिएको थियो ।

 

रोकाले प्रचण्ड, गौतम समक्ष त अस्वीकार गरिन नै, फेसबुकमा स्टाटस् नै लेखेर सार्वजनिक रुपमै प्रतिवाद गरिन । रुकुम पश्चिममा पनि झड्का लागेपछि गौतमले बा“के, दैलेख, नवलपरासीमा नजर गा“डे । तर पार नलागेपछि नया“ ठा“उको खोजीमा थिए । त्यसका लागि ‘मुर्गा’ बन्न तयार भए, काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित रामबीर मानन्धर ।

 

असोज २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर मानन्धरले राजीनामाका लागि स्वीकृति पाउ“ भनेर पार्टी सचिवालयमा निवेदन दर्ता गराइसकेको खुलासा गरिसकेका छन् । पार्टी सचिवालयले उक्त निवेदन पारित गरेपछि गौतमका लागि काठमाडौं ७ को मैदान खुला हु“दैछ । तर, यस खेललाई नेकपाको शीर्ष नेतृत्व पक्तिबाट मात्र होईन, राजनीतिक विश्लेषकहरुले समेत ठूलै चलखेलका रुपमा लिएका छन् ।

 

०५४ साल फागुन २१ गते गौतमकै नेतृत्वमा तत्कालिन एमाले विभाजित भएको थियो । माले पार्टी चलाउन नसक्ने अवस्थामा पुगेपछि ०५८ फागुनमा पुनः एकता भएको थियो । नेपाली राजनीतिमा गौतम अस्थिर राजनीतिज्ञको रुपमा स्थापित छन् ।

 

तीन पटक उपप्रधान र गृह मन्त्री भइसकेका, श्रीमती समेत संघीय संसदमा समानुपातिक कोटाबाट सांसद रहेको अवस्थामा ७० वर्ष नाघिसकेका गौतम किन संसदमा नछिरी नछोड्ने निश्कर्षमा पुगे ? निकै ठूलो रहस्यको पहेली बन्दैछ ।

 

दुई पटक काठमाडौं १६ को वडाध्यक्ष र ०७० र ०७४ को निर्वाचनमा क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका मानन्धर विगतमा केपी ओली निकटस्थ थिए । केहीदिन अघिसम्म मानन्धरले नेपाल /खनाल/ गौतम पक्षमा रहेका नेता÷कार्यकर्ताहरुलाई त्यस क्षेत्रमा कावुमा राख्दै आएका थिए । तर, यसबेला प्रधानमन्त्री ओलीलाई समेत जानकारी नदिई मानन्धरले एकाएक गौतमका लागि ठा“उ खाली गरिदिए ।

 

उनी एकाएक किन ‘युटर्न’ भए ? खुल्दुलीको विषय बनिरहेको छ । यसका लागि उनलाई साढे तीन करोड नगद हात परेको र दुई वर्षपछि राष्ट्रिय सभामा लगिने आश्वासन दिइएको समाचारस्रोतको दावी छ ।

 

जानकारहरुका अनुसार प्रधानमन्त्रीको कुर्सीमा ओलीलाई ‘च्यालेन्च’ दिन प्रचण्डको योजनामा गौतमलाई संसदभित्र छिराउन लागिएको हो । नेपाली राजनीतिमा प्रचण्ड यस्ता खेलाडी हुन्, एकका बिरुद्ध अर्को खडा गरिहेका हुन्छन ।

 

स्रोतका भनाईमा देशी/विदेशी जुन–जुन शक्तिले नेकपाको एकता गराएको हो, त्यही शक्तिले यसबेला गौतमलाई चुनावी मैदानमा उभ्याएको छ । जसले गर्दा नेकपाभित्र अस्थिरता ल्याइरहन सकियोस् । मानन्धरले काठमाडौं ७ खाली नगरिदिउन्जेल गौतमले नेकपाको हरेक सचिवालय बैठकमा गनगन गर्ने गरेका एक जना शिर्ष नेता बताउ“छन् ।

 

ति नेताका अनुसार गौतमको गनगनबाट सबै नेताहरु आजित थिए । कतिसम्म भने उनको गनगन सुन्न नसकेर सचिवालयका सदस्यहरु बैठक कतिबेला सिध्याएर बाहिर निस्कौं भन्ने दिक्दारीमा हुन्थे ।

 

डोल्पाका बुढाले फुल मन्त्री पाएको भए सायद गौतमका लागि ठा“उ खाली गरिदिने थिए । तर, प्रधानमन्त्री ओलीले कतिसम्म चलाखी गरिदिए भने गौतम निकटकै रबिन्द्र अधिकारीलाई क्याविनेट मन्त्री बनाएर बुढालाई राज्य मन्त्रीमै थान्को लगाई दिए । बुढाले राजीनामा दिन नमान्नुको प्रमुख कारण राज्यमन्त्री मात्र हुनु हो ।

 

प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, विष्णु पौडेल कोही पनि गौतम चुनाव लडुन भन्ने पक्षमा थिएनन । बरु दुई वर्षपछि राष्ट्रिय सभामा खाली हुने स्थानमा आउनुस् भनेका थिए । तर, गौतमको ढिपी अघि कसैको केही लागेन । गौतमका पक्षमा एक्लो प्रचण्ड मात्र थिए ।

 

 

हुन पनि अवस्था कस्तो छ भने प्रचण्ड र गौतमबीच सशस्त्र द्धन्द्धकालदेखि नै सुमधुर सम्वन्ध छ । ०६९ असारमा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने अलिखित सहमति तोडिदा गौतमले सार्वजनिक रुपमै ठूलो गुनासो गरेका थिए । पछि प्रचण्ड कांग्रेसको बुई चढेर प्रधानमन्त्री बन्दै गर्दा संसदमा गौतमको नाम किटान गरेर आगामी दिनमा उनलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने बताएका थिए ।

 

पछिल्ला दिनमा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा ओली र प्रचण्डबीच प्रधानमन्त्री र अध्यक्ष आलोपालो हुने सहमति भएको गौतमले बताउदै आएका थिए । तर, एकताको अन्तिम मोडल टु¨ो लाग्दा ओली–प्रचण्ड दुवै अध्यक्ष भए ।

 

संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा विमानस्थलमा ओलीले आफु नेतृत्वको सरकार ५ वर्ष रहने बताएका थिए । स्रोतका अनुसार ओलीको यो अभिव्यक्तिबाट तरंगित हुन पुगेका प्रचण्डले त्यसलाई ‘काउन्टर’ दिन रातरात गौतम कार्ड अघि सारेका हुन् ।

 

यसबेला नेकपाभित्र प्रचण्डले सहज रुपमा खेलाउन सक्ने एक मात्र नेता गौतम हुन् ।
स्रोतका भनाईमा गौतमले बर्दियाबाट निर्वाचन जितेका हुने थिए भने प्रधानमन्त्रीको दावेदार हुने थिए । संसदीय दलमा ओलीस“ग निर्वाचन लड्ने थिए ।

 

पछिल्ला दिनमा ओली र माधव नेपालबीच बढ्दै गएको सामिप्यताले पनि प्रचण्ड/गौतम झस्किन पुगेका छन् । त्यसैले प्रचण्डले ओलीलाई ‘साइज’ मा ल्याउन गौतमलाई संसदभित्र छिराउने प्रयास थालेका जानकारहरु बताउ“छन् । केही दिनअघि प्रचण्ड आफैंले नेकपाका नेताहरु समक्ष ‘गौतमको निर्वाचन लड्ने संभावना अन्त्य भएको’ बताएका थिए ।

 

तर, साता नबित्दै तिनै प्रचण्डको योजनामा गौतम चुनावी मैदानमा खडा हुन लागेका हुन् । एकाएक यसो हुनुमा ओलीको विमानस्थल अभिव्यक्तिले काम गरेको नेकपाका एक शिर्ष नेता बताउ“छन् । उनका भनाईमा प्रचण्डकै योजनामा गौतमले ‘सरप्राइज’ दिएका हुन् ।

 

२२ गते सोमबार बसेको नेकपाको सचिवालय बैठकमा गौतमले प्रचण्ड बाहेकका अन्य सात नेतालाई आफ्ना लागि मानन्धरले ठा“उ खाली गरि दिन लागेको भनेर ‘सरप्राइज’ दिएका थिए । उनले यस्तो सरप्राइज दिएको केही समय नबित्दै मानन्धरले सचिवालयमा राजीनामा बुझाएका थिए ।

 

यसपछि त्यो राजीनामा महासचिव विष्णु पौडेलले पढेर सुनाएका थिए । जसमा मानन्धरले ‘नेता गौतमका लागि आफू पद छाड्न तयार रहेको’ उल्लेख गरेका छन् । केही समय अघिसम्म पनि गौतम र उनी निकट भनिनेहरुलाई छिछि र दुर दुर गर्ने मानन्धर कसरी एकाएक उनकै लागि राजीनामा दिने ‘मुड’ मा पुगे ? यो भने खुलिसकेको छैन ।

 

जानकारहरुका दावीमा प्रचण्ड र गौतमले मानन्धरलाई पार्टी केन्द्रीय सदस्य र मन्त्री बनाएरै छाड्ने प्रलोभन दिएका छन् । यसपछि नै उनी गौतमका लागि स्थान खाली गरिदिन राजी भएका थिए । ‘मानन्धर राजीनामा दिन तयार भएपछि प्रचण्ड/गौतमको खेलोफड्कोले प्रधानमन्त्री ओलीलाई भने नराम्रोस“ग झस्काएको छ ।

 

ओलीका लागि यो सुखद संकेत होईन ।’ किनभने गौतमले निर्वाचन जितेमा नेकपाभित्र महाकाली भाग २ दोहोरिने खतरा रहेको ती नेताको जिकिर छ । महाकाली प्रकरणमा एमाले विभाजित नभएको भए ०५६ सालमै एमालेले वहुमतको सरकार बनाउने थियो र नेपाली राजनीतिले अर्कै कोर्ष लिने सम्भावना थियो ।

प्रतिक्रिया दिनुहोस
राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ