कतार र युएईले नेपालमै कार्यालय खोलेर निःशुल्क कामदार लैजाने



 

नेपाली श्रमिक आपूर्ति गर्दै आएका दुई वटा खाडी राष्ट्र कतार र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालमा नै कार्यालय खोलेर कामदार लैजाने भएका छन्। यसरी आपूर्ति गरिने कामदारका सबै प्रक्रिया निशुल्क र सरकारीस्तरमा नै हुने बताईको छ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाका लागि सरकारीस्तरमै श्रम समझदारी (एमओयु) गरेर मात्र श्रमिक आपूर्ति गर्न जोड दिँदै आएको छ।

 

श्रममन्त्री गोर्कण विष्टले नेपाली श्रमिक आपूर्ति गदै आएका देशका कुटनीतिक नियोगका प्रतिनिधिसँग यस विषयमा छलफल गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

 

गत साता नेपालका लागि युएईका राजदूत सईद हमदम अल नाक्वीसँगको भेटमा मन्त्री विष्टले युएईमा कार्यरत नेपालीका लागि २४ घन्टे बीमा, करारबमोजिम नै न्यूनतम तलबसहित अन्य सुविधा दिन आग्रह गरेका थिए। मन्त्रीसँगको भेटमा राजदूत नाक्वीले युएई सरकारले नेपाली कामदार सरकारीस्तरबाटै लैजान चाहेको धारणा व्यक्त गरेको मन्त्रालयले जानकारी दिएको छ।

 

निश्चित मापदण्ड निर्धारण गरेर सरकारीस्तरमै फ्रि–भिसा र फ्रि–टिकटमा कामदार आपूर्ति गर्ने मन्त्री विष्टको आग्रहलाई राजदूत नाक्वीले सकारात्मक रुपमा लिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए।

 

नेपालको मागमा युएई सरकार सकारात्मक हुने भन्दै राजदूत नाक्वीले दुई देशबीचको सम्बन्धलाई उदाहरणीय बनाउन दुबै देशका सरकारको प्रयास रहनुपर्ने धारणा मन्त्री विष्टसँग राखेका थिए।

 

नेपालमै श्रम सम्बन्धी कार्यालय स्थापना गरेर कामदार आपूर्ति गर्ने पक्षमा युएई सरकार रहेको र नेपाल सरकारले तीन वर्षअघि लागू गरेको फ्रि–भिसा र फ्रि–टिकट प्रणालीमा नै श्रमिक लिने पक्षमा रहेको नाक्वीले आशय व्यक्त गरेको मन्त्रालयले बताएको छ।

 

यसैगरी, कतारले पनि नेपालमै श्रम कार्यालय खोलेर सरकारीस्तरबाट वार्षिक १ लाख श्रमिक आपूर्ति गर्ने भएको छ। कतारका सरकारी प्रतिनिधि र श्रम मन्त्रालयका उच्च अधिकारबीच यस विषयमा छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।

 

नेपाली श्रमिकको सेवा, सुविधा तथा सुरक्षाका विषयमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टबीच निरन्तर छलफल भइरहेको पनि श्रम मन्त्रालयले जनाएको छ।

 

कतारसँग कामदार आपूर्तिका लागि यसअघि नै श्रम सम्झौता भइसकेको छ। तर, उक्त श्रम सम्झौता पुनः परिर्माजन गरी सरकारी स्तरबाट कामदार पठाउने पक्षमा नेपाल सरकार रहेको श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिएका छन्।

 

कतार सरकारले नेपालबाट सरकारी स्तरमा ‘बायोमेट्रिकल एग्रिमेन्ट’ गरी कामदार लिन इच्छा देखाएको सचिव दाहालको भनाइ छ।

 

सरकारी स्तरबाट कामदार आपूर्ति गर्न नेपालमा तालिम केन्द्र र श्रम कार्यालय खोल्न कतारले चासो देखाएको छ’ उनले भनेर्, कतारमा वार्षिक एक लाख कामदार आपूर्ति गर्ने खाका र संरचना निर्माणको काम भइरहेको छ।’

 

नेपालले कतार जाने श्रमिकको सुरक्षा, २४ घन्टे बीमा र तलब सुविधाका विषयमा अध्ययन गरेर यो विषयमा निर्णय लिने कतार सरकारलाई प्रष्ट्याएको उनले बताए।

 

रोजगारीका लागि कतारमा वार्षिक १ लाखभन्दा धेरै नेपाली कामदार पुग्ने गरेका छन्। भने युएईमा वार्षिक करिब ८० हजार नेपाली रोजगारीमा जाने गरेका छन्।

 

सरकारले मलेसियासँग चाँडै सरकारीस्तरमै श्रम सम्झौता गर्दैछ। अब, वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारले तोकेको संस्थाबाट गर्ने गरी मन्त्रालयले मापदण्ड तयार गरिरहेको छ।

भारतको झारखण्डबाट गिट्टी बोकेको रेल जनकपुरमा

भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो ।

 

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो ।

 

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् ।

 

भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ ¥याक सहितको रेल्वे जनकपुर आएको हो ।

 

कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ ।

 

यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् ।

 

भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो । यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलो मिटर प्रतिघण्टाको गति थियो ।

 

ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलो मिटरको दूरी आधा घण्टामा पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ