थोरै अंक आएपछि बिद्यार्थीको ढाडमा लाठी र कुच्चोको निल डाम, बिद्यार्थीले मच्चाए हंगामा



 

बिद्यार्थीहरुको बीचमा एउटा प्ले कार्ड देखा पर्छ । ‘उत्तरपुस्तीकाको इ र कुच्चोको निल डाम दुबै चेक गरिदेउ’ । यो घटना पोखराको हो । पोखरा आसपासका विद्यालयहरुका विद्यार्थीको नतिजा गलत आएको र राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको भन्दै राष्ट्रिय परिक्षा बोर्डको पोखरास्थित कार्यालयमा प्रर्दशन सहित विरोध गरेका छन् ।

 

विद्यार्थीहरुले आफुहरुले परिक्षामा राम्रो गरेपनि बोर्डको लापरबाहीका कारण नतिजा अप्रत्याशित आएको जनाएका छन् ।

 

उनिहरुले आफुहरुको उत्तरपुस्तिका पुनः परिक्षणको माग गरेका छन् । उनिहरुले आफ्नो माग पुरा गर्न २ दिनको अल्टिमेटम दिएका छन् । विद्यार्थीहरुले बोर्डले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको, मानशिक तनाव दिएकोले यसको क्षतिपुर्तीको माग पनि गरेका छन् ।

मोरङमा घट्यो अर्को दु:खद घटना एकै परिवारका ४ सदस्यलाई आगो लगाइ हत्या

मोरङमा घट्यो अर्को दु:खद घटना एकै परिवारका ४ सदस्यलाई आगो लगाइ हत्या ! प्रहरीले छानबिन गर्न लापरबाही गर्दै सक्दो शेयर गरौ

 

के मेरो, आमा, दाजु—भाउजु र दिदी मारिनै पर्ने व्यक्ति थिए त ? हामीले न्याय कहिले पाउने ? प्रहरीले प्रभावकारी अनुसन्धान नगरेपछि गृहमन्त्रालय लाग्नु पर्दैन ? अव कहाँ गएर न्याय खोज्ने ? यी लगातार प्रस्न थियो इन्दिरा राईको । उनी संकास्पद हत्या प्रकरणमा परेकी ८६ बर्षिय गंगामाया राईकी छोरी हुन् ।

 

घट्ना करिव एक बर्ष अघि को हो । २०७४ असोज ४ गते राति करिव १२ बजे मोरङ कानेपोखरी गाउँपालिकाको हरकपुरमा एउटै परिवारका चार जना व्यक्तिको हत्या भएको थियो । त्यो घट्नामा आमा गंगामाया, बर्ष ५६ को दाजु चन्द्रकुमार राई, ४९ को पार्वता राई(चन्द्र र पार्वता(पति पत्नि) र दिदी विष्णुकुमारी राई(तामाङ)को संकास्पद हत्या भएको थियो ।

 

काठ(सखुवा)को २५ खम्बा भएको, बाँसको सेन्टरवेरा र जस्ताको छानो भएको दुई तले घर थियो । त्यो रात घरको चारैतिरबाट एक्कासी आगो लागेको छिमेकीहरूले देखे । छिमेकीहरू त्यहाँ पुग्दा आधा जाति घर जलिसकेको थियो ।

 

दमकल आइपुग्दा करिव डेढ करोडको धनपम्पति जलिसकेको थियो । सम्पति त जल्यो जल्यो चार जनाको शव आधा जलेको अवस्थामा रगताम्य भेटियो ।

 

मृतक गंगामायाको छोरा वा चन्द्रकुमारको दाई र बहिनी इन्दिरा राई काठमाडौं बस्दै आएका थिए । चन्द्रकुमारको छोरा र छोरी अध्ययनको लागि बाहिरै बस्दै थिए । गंगाको छोरी त्यही दिन आमा र दाजुभाउजु भेट्न कानेपोखरी आएका थिए । माइत आएकै दिन जल्नु र मर्नु प¥यो विष्णुकुमारी राई(तामाङ)ले पनि ।

 

घट्ना दुर्घट्ना, भाव्यतब्य वा आफै भएको मान्न तयार छैनन् गंगामायाको छोरा रामकुमार र छोरी इन्दिरा राई । पारिवारिक कलह, धनसम्पतिको लोभ लालचमा षड्यान्त्र र सुनियोजित रूपमा चार जनाको हत्या भएको पीडित परिवारको दावी छ । प्रहरीले प्रभावकारी अनुसन्धान गरे अपराधि उम्कन नसक्ने पीडित परिवारको भनाइ छ ।

 

किन परिवारैको हत्या गर्नु प¥यो ? मृतक चन्द्रकुमार राई २०५४ सालको स्थानीय निर्वाचनको वडा अध्यक्ष चलाएका व्यक्ति थिए । समाजमा नेतृत्व कर्ता नै थिए चन्द्र । घरैमा किराना व्यवसायी चन्द्रको गाउँमा प्राय सवैसँग मेलमिलाप थियो ।

 

आमा गंगामाया र बहिनी विष्णुको मात्र हत्याहुदा चन्द्रकुमारले छाड्ने थिएनन् । अपराधि उम्किन मुस्किल पर्ने हुनसक्थ्यो । त्यही भएर आमा गंगा, छोरी विष्णुसहित चन्द्र र उनको पत्निको एकसाथ हत्या भएको हुनसक्ने पीडितहरूको दावी छ ।

 

कहाँ कहाँ भयो उजुरी ? त्यो घट्ना हुदा इलाका प्रहरी कार्यालय पथरीमा इन्स्पेक्टर राजन कार्कीको नेतृत्व थियो । त्यहा उजुरीको साथै घट्ना हुनसक्ने कारणहरू र सम्भावित पात्रहरूको बारे सवै सूचनाहरू उपलब्ध गराएपनि राजनले प्रभावकारी अनुसन्धान नगरेको पीडित इन्दिरा राईले गुनासो गरे ।

 

पथरी प्रहरीमा राजनसहित तीन पटक इन्स्पेक्टर परिवर्तन भइसकेको छ । सवै प्रहरी प्रमुखलाई घट्नाका राम्रो अनुसन्धान गर्न अनुरोध गर्दै आएपनि खास वास्ता नभएको पीडित परिवारको गुनासो छ ।

 

चार—चार जनाको मृत्यु भएपनि प्रहरीले संकास्पद व्यक्तिहरूलाई प्रभावकारी अनुसन्धान नभएको रामकुमार राईको पनि गुनासो छ । इलाका प्रहरी कार्यालय त्यसवेला आवश्यक अनुसन्धान नगर्नुमा राजनीतिक साइनो र पैसाको चलखेल हुनसक्ने पीडित परिवारको संका छ ।

 

पीडित परिवारले जिल्ला प्रशासन, जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय मोरङ, संघीय प्रहरी कार्यालय सनुसरी, १ नम्बर प्रदेश गृह, नेपाल सरकारको गृह मन्त्रालय र नेपाल मानव अधिकार आयोगमा उजुरीसहित प्रभावकारी अनुसन्धानको लागि लिखित अनुरोध गरिएको पीडित रामकुमार राईले बताए । गृहमन्त्री रामबहादुर थापालाई निवासमै गएर घट्ना प्रकृति बताएपनि मन्त्रालयको आवश्यक चासो नदेखिएको इन्दिरा राईको गुनासो छ ।

 

परिवारले उजुरी मात्र दिएका छैनन् । घट्ना स्थालमै २०७४ अशोज २९ गते पत्रकार सम्मेलनको गरेर संकास्पद हत्याको बारे आम जनतालाई जानकारी गराएका थिए । करिव एक बर्षपछि बिहिबार (२०७५ अशोज १८)

 

रिर्पोर्टस क्लव काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार, नागरिक समाज, बुद्धिजिवी, गृह मन्त्रालय, मानवअधिकारवादी संगठनहरूसँग घटनाको प्रभावकारी अनुसन्धानको फेरि माग गरेका छन् ।

 

पत्रकार सम्मेलनमा ३ नम्बर प्रदेस सभासदस्य देवकी राई(श्रेष्ठ), किरात राई यायोक्खा पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गा राई, इन्दिरा राईको पति चन्द्रकुमार हतुवारी, मृतक चन्द्रकुमार राईको छोरा र छोरीलगायतको उपस्थिति थियो ।

 

एउटै परिवारको चारैजनाको हत्या गर्नुपर्ने सभ्वावित कारणहरू स्पष्टकै खुलाएर प्रहरीमा उजुरी दिइएको इन्दिरा राईले पत्रकार सम्मेलनमा सुनाए । मृतक दिदी विष्णु र भेनावीच विभिन्न कारण राम्रो सम्बन्ध थिएन । आमा गंगाको नाममा रहेको जग्गा देवर अनिलले १२ लाखमा बिक्री गरेको आमाको मृत्युपछि खुलेको बताइएको छ ।

 

परिवारको माग इन्दिरा दोहो¥याइ, तेह¥याइ भन्छिन ‘घट्ना नियोजित हत्या हो, किन प्रभावकारी अनुसन्धान हुदैन ?’ फेरि भन्छिन ‘प्रभावकारी अनुसन्धान गरी अपराधिलाई कडा कारबाही हुनुपर्ने हाम्रो माग छ ।’ अनुसन्धान राम्रो नहुदा परिवारका अन्य सदस्यहरूलाई समेत जोखिम बढ्दै गएको छ । तत्काल सम्भावित अपराधी पक्राउ गर्न सरकार वा सम्बन्धीत निकायसँग इन्दिराको माग छ ।

 

चन्द्रकुमारको दुई छोराछोरीले एकै साथ मामाबाबु गुमाएका छन् । घट्नाको छानविन गरी ती निर्दोष टुहुराहरूको लागि क्षतिपूर्तिको समेत माग गरेका छन् पीडित परिवारले । हाइ गुहार कतैबाट पनि नपाए, प्रभावकारी छानविन नभए आमरण अनसन, बन्द हड्ता जस्ता अप्रियबाटो लिन बाध्यहुने पीडित इन्दिराको चेतावनी छ ।पुर्बेली न्युज

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।