बंगलादेशका पूर्व प्रधानमन्त्रीका छोरालाई मृत्युदण्डको सजाय



हाम्रो इकोनोमि

 

 बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई मत्युदण्ड फैसला सुनाएको छ ।

 

सन् २००४ मा र्‍यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई मृत्युदण्डको सजाय सुनाइएको हो । यसमा दोषी पाइएका अन्य १९ जना मानिसहरुलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ ।

 

सन् २००४ मा भएको सो बम आक्रमणमा परी २४ जना मानिसहरुको ज्यान गएको थियो । साथै थप ५ सय मानिसहरुको घाइते भएका थिए । जसमा वर्तमान प्रधानमन्त्री शेख हसिना पनि रहेकी थिइन् ।

 

बंगलादेशको अदालतले गत सेप्टेम्बरमा यो मुद्दाको सुनुवाई सकाएको थियो । सुनुवाइ सकिएसँगै बुधबार अदालतले यस्तो फैसला सुनाएको हो ।

 

अदालतको फैसला अउनुभन्दा अगाडि ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...